अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवस, २०२६
- दिवस मनाइने मिति: प्रत्येक वर्षको अक्टोबर १३ का दिन— सुरुमा अक्टोबर महिनाको दोस्रो बुधबार मनाइने गरेकोमा सन् २००९ देखि औपचारिक रूपमा अक्टोबर १३ लाई तय गरिएको,
- सन् २०२६ को अन्तर्राष्ट्रिय नारा: "Resilience Starts at Home"
- संयुक्त राष्ट्रसङ्घ (UN) को महासभाले सन् १९८९ देखि यो दिवस मनाउन सुरु गरेको,
- मुख्य उद्देश्य: विपद्को जोखिम न्यूनीकरण गर्ने, पूर्वसूचना प्रणालीको विकास गर्ने र समुदायको उत्थानशीलता (Resilience) बढाउने,
- विपद् जोखिम न्यूनीकरणका लागि हाल सेन्डाई खाका (Sendai Framework: २०१५–२०३०) कार्यान्वयनमा रहेको,
- नेपालको संविधानको अनुसूची ९ बमोजिम विपद् व्यवस्थापनलाई सङ्घ, प्रदेश र स्थानीय तहको साझा अधिकारको सूचीमा राखिएको,
- विपद् व्यवस्थापनका लागि नेपालमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ क्रियाशील
- प्रमुख राष्ट्रिय निकाय: प्रधानमन्त्रीको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद र गृह मन्त्रालय मातहत कार्यकारी प्राधिकरण रहने व्यवस्था,