बैंकिङ सम्बन्धी महत्वपूर्ण तथ्याङ्क र जानकारीहरू
| विषय / कार्यक्रम | विवरण / मिति / अवधि |
| मौद्रिक नीति (Monetary Policy) जारी गर्न सुरुवात | आ.व. २०५९/६० (२०५९/०३/३२) देखि नेपाल राष्ट्र बैंकले औपचारिक रूपमा नेपालमा मौद्रिक नीति जारी गर्न सुरु गरेको, |
| मौद्रिक नीति (Monetary Policy) को अर्धवार्षिक समीक्षा | आ.व. २०६१/६२ बाट |
| मौद्रिक नीति (Monetary Policy) को त्रैमासिक समीक्षा | आ.व. २०७३/७४ बाट |
| वित्तीय क्षेत्र सुधार कार्यक्रम | वि.सं. २०५७ (सन् २०००) मा नेपाल सरकारले वित्तीय क्षेत्र सुधार रणनीति नीतिगत रूपमा अघि सारेको र वि.सं. २०५९ (सन् २००२) बाट पूर्ण रूपमा यो परियोजना लागू भएको, |
| प्राथमिकता क्षेत्र कर्जा कार्यक्रम (Priority Sector Credit) | नेपाल राष्ट्र बैंकले व्यावसायिक बैंकहरूलाई आफ्नो कुल कर्जाको निश्चित प्रतिशत प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था वि.सं. २०३१ (सन् १९७४) देखि अनिवार्य गरेको, |
| ग्रामीण महिलाका लागि उत्पादन ऋण कार्यक्रम (PCRW) | औपचारिक रूपमा वि.सं. २०३९ (सन् १९८२) बाट नेपाल सरकार (तत्कालीन पञ्चायत तथा स्थानीय विकास मन्त्रालय), नेपाल राष्ट्र बैंक र युनिसेफ (UNICEF) को संयुक्त प्रयासमा सुरु भएको, |
| सघन बैंकिङ कार्यक्रम (Intensive Banking Programme) को सञ्चालन | नेपाल राष्ट्र बैंकको निर्देशनमा वि.सं. २०३८ (सन् १९८१) बाट यो कार्यक्रम व्यावसायिक बैंकहरू मार्फत सुरु गरिएको, |
| नेपालमा ग्रामीण कर्जा कार्यक्रमको सञ्चालन | एसियाली विकास बैंक (ADB) को प्राविधिक तथा वित्तीय सहयोगमा वि.सं. २०४९ (सन् १९९२) मा पूर्वाञ्चल ग्रामीण विकास बैंकको स्थापनासँगै यो कार्यक्रम सुरु भएको, |
| बैंकिङ क्षेत्रमा उदारीकरणको प्रारम्भ | नेपालमा वित्तीय तथा बैंकिङ उदारीकरणको औपचारिक सुरुवात आ.व. २०४१/४२ (सन् १९८४) मा नेपाल अरब बैंक (हालको नबिल बैंक) को स्थापना र विदेशी संयुक्त लगानीका बैंक खोल्न अनुमति दिएर भएको, |
| बैंकिङ प्रवर्द्धन समितिको स्थापना (Banking Promotion Committee) | नेपाल राष्ट्र बैंक अन्तर्गत वि.सं. २०२३ मा |
| राष्ट्र बैंकको प्रथम गभर्नर | हिमालय शमसेर ज.ब.रा (वि.सं. २०१३ वैशाख १४ देखि २०१७ माघ २५ सम्म) |
| राष्ट्र बैंकको वर्तमान गभर्नर | डा.विश्वनाथ पौडेल (राष्ट्र बैंकको १८ औं गभर्नर) |
| नेपाल सरकारको आधिकारिक राष्ट्रिय मर्यादाक्रम अनुसार नेपाल राष्ट्र बैंकको गभर्नरको स्थान | १२ औं |
| नेपाल राष्ट्र बैंकको स्थापना | वि.सं. २०१३ वैशाख १४ गते, नेपाल राष्ट्र बैंक ऐन, २०१२ अन्तर्गत भएको, |
| नेपाल राष्ट्र बैंकको चुक्ता पुँजी | रु ५ अर्ब |
| राष्ट्रिय वाणिज्य बैंकको स्थापना | वि.सं. २०२२ माघ १० गते राष्ट्रिय वाणिज्य बैंक ऐन, २०२१ अन्तर्गत भएको, |
| कृषि विकास बैंक लि.को स्थापना | वि.सं. २०२४ माघ ७ गते कृषि विकास बैंक ऐन, २०२४ अन्तर्गत भएको, |
| कृषि विकास बैंक कम्पनीको रूपमा दर्ता | वि.सं. २०६२ असार ३१ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको, |
| कृषि विकास बैंकले 'क' वर्गको इजाजत प्राप्त | नेपाल राष्ट्र बैंकबाट वि.सं. २०६२ चैत ३ गते 'क' वर्गको वाणिज्य बैंकको रूपमा इजाजत प्राप्त गरेको, |
| नेपाल पूर्वाधार विकास बैंक (NIFRA) स्थापना | २०७५/०२/२५ मा कम्पनीको रूपमा स्थापित भएको, २०७५/१०/२८ मा राष्ट्र बैंकबाट इजाजत पाएको र २०७५ फागुन २२ गते देखि वित्तीय कारोबार सञ्चालन |
| स्वदेशी र विदेशी संयुक्त लगानीमा स्थापित पहिलो बैंक | हालको नबिल बैंक (साविकको नेपाल अरब बैंक लिमिटेड) को स्थापना वि.सं. २०४१ असार २९ गते भएको, |
| नेपालको पहिलो विकास बैंक | नेपाल औद्योगिक विकास निगम (NIDC) (स्थापना: वि.सं. २०१६ असार १ गते भएको,) |
| सहकारी बैंकको स्थापना | वि.सं. २०२० भदौ २८ गते (पछि वि.सं. २०२४ मा यसैलाई कृषि विकास बैंकमा परिणत गरिएको,) |
| नेपालको पहिलो क्षेत्रीय वाणिज्य बैंक र नेपाली निजी क्षेत्रको लगानीमा स्थापित पहिलो वाणिज्य बैंक | नेपाल श्रीलंका मर्चन्ट बैंक |
| नेपाली निजी क्षेत्रको मात्र (विदेशी साझेदारी विना) लगानी भएको पहिलो वाणिज्य बैंक |
लुम्बिनी बैंक लिमिटेड (स्थापना: वि.सं. २०५५) |
| नेपालको पहिलो ग्रामीण विकास बैंक | पूर्वाञ्चल ग्रामिण विकास बैंक (स्थापना: वि.सं. २०४९) |
| नेपालको पहिलो वित्त कम्पनी | वि.सं. २०४९ साउन ११ गते स्थापित नेपाल आवास वित्त कम्पनी (Nepal Housing Development Finance Co.) |
| नेपालको पहिलो सहकारी संस्थान | बखान ऋण सहकारी संस्था, चितवन (स्थापना: वि.सं.२०१३ साल चैत २०) |
| राष्ट्रिय सहकारी दिवस | चैत्र २० |
| Internet Banking सेवाको सुरुवात | कुमारी बैंक लिमिटेडले सन् २००२ मा नेपालमा पहिलो पटक इन्टरनेट बैंकिङ (E-Banking) सेवा सुरु गरेको, |
| Credit Card को सुरुवात | नेपालमा पहिलो पटक नबिल बैंक लिमिटेड (साविकको नेपाल अरब बैंक) ले सन् १९९० (वि.सं. २०४७) को दशकको सुरुवातमै क्रेडिट कार्ड भित्र्याएको, |
| Visa Debit Card को सुरुवात | नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (NIBL) |
| ATM Card को सुरुवात | हिमालयन बैंक लिमिटेडले सन् १९९५ (वि.सं. २०५२) मा पहिलो पटक एटीएम (ATM) मेसिन प्रचलनमा ल्याएको, |
| Tele or Telephone Banking को सुरुवात | हिमालयन बैंक लि. |
| SMS or Mobile Banking को सुरुवात | लक्ष्मी बैंक लिमिटेड (सन् २००४ मा ) |
| ABBS (Any Branch Banking Service) को सुरुवात अर्थात् नेपालमा एक शाखाको चेक अर्को शाखाबाट साट्न मिल्ने सेवा | एभरेष्ट बैंक लिमिटेड |
| BLB (Branchless Banking - शाखारहित बैंकिङ) को सुरुवात | एभरेष्ट बैंक लिमिटेड |
| बैंकमा डिजिटल असिस्टेन्टका रूपमा रोबोटको प्रयोग गर्ने पहिलो नेपाली बैंक | नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो दरबारमार्ग शाखामा नेपालमै बनेको 'परी' नामक ह्युमनाइड रोबोटलाई डिजिटल असिस्टेन्टका रूपमा राखेर यो सेवा सुरु गरेको; वि.सं. २०७४ असार २३ गते |
| विश्वमा कागजी नोटको सुरुवात | चीनबाट (९ औं शताब्दीको ताङ राजवंशको समयमा, पछि साङ राजवंशको पालामा 'ज्याओजी' नामबाट व्यापक प्रचलनमा आएको) भएको, |
| चल्ती खाता (Current Account) प्रचलनमा ल्याउने पहिलो राष्ट्र | बेलायत |
| विश्वमा बैंकिङ प्रणालीको सुरुवात | इटाली (थाहा छ!? 'बैंक' शब्द पनि इटालीको 'बान्को' (Banco) बाट आएको,) |
| आधुनिक बैंकिङ प्रणालीको सुरुवात | बेलायत |
| विश्वको पहिलो बैंक | बैंक अफ वेनिस (Bank of Venice); सन् ११५७ मा इटालीमा |
| विश्वको पहिलो केन्द्रीय बैंक | स्विडेनको रिस्कबैंक (Sveriges Riksbank); सन् १६६८ मा स्थापना, |
| आधुनिक केन्द्रीय बैंकिङ प्रणालीको जननी (Mother of Central Banks) | बैंक अफ इङ्ल्यान्ड (Bank of England) |