Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको संवैधानिक इतिहासमा नेपाल सरकार वैधानिक कानून, २००४

  • Ajnabee Khadka
  • March 15, 2026
  • 774

नेपालको संवैधानिक इतिहासमा नेपाल सरकार वैधानिक कानून, २००४

Government of Nepal Statutory Laws in the Constitutional History of Nepal, 2004
  • नेपालको इतिहासमा पहिलो लिखित संविधान,
  • घोषणा: वि.सं. २००४ साल माघ १३ गते राणा प्रधानमन्त्री पद्म शमशेरबाट जारी गरिएको (सिंह शमशेर ज.ब.रा.को अध्यक्षता तथा सदस्य सचिव सुवर्ण शमशेर ज.व.रा. तथा सल्लाहकार कुलनाथ लोहनीले तयार पारेको मस्यौदा २००४ माघ १३ गते २००५ बैशाख १ गतेबाट कानुन लागु हुने तथा सम्पूर्ण दफाहरू २००५ मसान्तसम्म क्रियाशील हुने घोषणा गरिएको,)
  • नेपाल सरकार वैधानिक कानुन २००४ को निमार्णमा भारतबाट श्रीप्रकाश गुप्तको नेतृत्वमा रघुनाथ सिंह र डा. रामउघ्र सिहं आएका थिए भने नेपालकोतर्फबाट कृष्ण शमसेर, गुन्जमान सिहं, रूद्र शम्शेर सम्मिलित रहेका,
  • प्रारम्भ: वि.सं. २००५ साल वैशाख १ गतेदेखि लागू हुने गरी घोषणा गरिएको,
  • संरचना: ६ भाग ६८ धारा १ अनुसूची
  • उद्देश्य: नेपाललाई सामाजिक, आर्थिक र राजनीतिक रूपमा विश्वका अन्य राष्ट्रहरूको पङ्क्तिमा पुर्‍याउने र पञ्चायत प्रणालीमार्फत शासनमा जनतालाई सहभागी गराउने,
  • तत्कालीन राजनीतिक परिस्थितिका कारण यो संविधान पूर्ण रूपमा कार्यान्वयन हुन सकेन,

यो संविधानका केहि प्रमुख व्यवस्थाहरू र विशेषताहरू:

प्रमुख विषय व्यवस्थाको विवरण
नागरिकका मौलिक हक र कर्तव्य (भाग २)

यस संविधानले पहिलो पटक नागरिकका आधारभूत अधिकारहरूलाई औपचारिक रूपमा स्वीकार गरेको;

  • स्वतन्त्रताहरू: व्यक्तिगत स्वतन्त्रता, वाक् स्वतन्त्रता, प्रकाशन स्वतन्त्रता, सभा वा संघ स्वतन्त्रता र धार्मिक स्वतन्त्रताको व्यवस्था गरिएको,
  • समानता: कानूनको दृष्टिमा पूर्ण समानता, समान मताधिकार र व्यक्तिगत सम्पत्तिको संरक्षणको हक प्रदान गरिएको,
  • सामाजिक अधिकार: अनिवार्य र निःशुल्क प्राथमिक शिक्षाको व्यवस्थालाई मौलिक हकको रूपमा समावेश गरिएको,
  • कर्तव्य: नागरिकहरूले राज्यप्रति वफादार हुनुपर्ने, कानून मान्नुपर्ने र राज्यलाई आवश्यक पर्दा सेवा गर्नुपर्ने कर्तव्यहरू तोकिएका,
कार्यकारिणी अधिकार (भाग ३)
  • श्री ३ को स्थान: मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने कार्यकारिणी अधिकार श्री ३ महाराजमा निहित,
  • मन्त्रिपरिषद्: श्री ३ लाई सहायता र सल्लाह दिन एउटा मन्त्रिपरिषद्को व्यवस्था थियो, जसमा कम्तीमा ५ जना सदस्य रहने प्रावधान,
  • मन्त्रीहरूको छनोट: मन्त्रीहरू केन्द्रीय सभाका सदस्यहरूमध्येबाट श्री ३ बाट नियुक्त हुने र उनीहरूको कार्यकाल ४ वर्ष हुने व्यवस्था,
व्यवस्थापिका (केन्द्रीय सभा)

यस संविधानले दुई सदनात्मक व्यवस्थापिका (राष्ट्र सभा र भारदारी सभा) को व्यवस्था गरेको;

  • राष्ट्र सभा: यसमा ६० देखि ७० जनासम्म सदस्य रहने व्यवस्था थियो, जसमा चुनिएका र सरकारबाट मनोनित दुवै सदस्यहरू,
  • भारदारी सभा: यसमा २० देखि ३० जनासम्म सदस्य रहने र उनीहरू सबै श्री ३ बाट मनोनित,
  • कार्यकाल: राष्ट्र सभाका करिब एक चौथाइ सदस्यहरूले प्रत्येक वर्ष पद त्याग गर्ने र नयाँ निर्वाचन हुने व्यवस्था,
स्थानीय शासन (पञ्चायत)

समावेशीकरणको प्रारम्भिक स्वरूपका रूपमा यसले तीन तहको पञ्चायतको व्यवस्था गरेको;

  • ग्राम पञ्चायत: ५ देखि १५ जना सदस्य रहने र उनीहरू जनताको भोटबाट निर्वाचित,
  • नगर पञ्चायत: १० देखि ५० जनासम्म निर्वाचित सदस्यहरू रहने व्यवस्था,
  • जिल्ला पञ्चायत: ग्राम र नगर पञ्चायतका सभापतिहरू मिलेर जिल्ला पञ्चायत गठन हुने प्रावधान,
न्याय व्यवस्था
  • प्रधान न्यायालय: न्याय प्रशासनका लागि एक 'प्रधान न्यायालय' को व्यवस्था,
  • न्यायाधीश: यसमा एक प्रधान न्यायाधीश र अन्य बढीमा १२ जना न्यायाधीशहरू रहने प्रावधान थियो र उनीहरूको पदावधि ६५ वर्षको उमेरसम्म,
  • विशेष अधिकार: श्री ३ लाई अपराधीको सजाय माफी दिने वा घटाउने अधिकार कायमै राखिएको,
संवैधानिक निकायहरू
  • दरखास्त परिषद्: सरकारी सेवामा योग्य कर्मचारीहरू भर्ना गर्न सिफारिस गर्ने निकायका रूपमा यसको व्यवस्था गरिएको थियो, जुन हालको लोक सेवा आयोगको प्रारम्भिक रूप,
  • प्रधान जाँचकी: मुलुकको आम्दानी र खर्चको हिसाब जाँच गर्नका लागि एक 'प्रधान जाँचकी' को व्यवस्था गरिएको थियो, जुन हालको महालेखा परीक्षकको स्वरूप,

 

Categories

  • Current Affairs 739
  • Gorkhapatra 331
  • Others 1136
  • Vacancy 1
  • Past Questions 122
  • Nepal Police 8

Latest Blogs

N.P.S. (Veterinary/Poultry) - 2083/04/24
Past Questions

ना.प्रा.स. (भेटेरिनरी/पोल्ट्री) - २०८३/०४/२४

  • Aug 09, 2026
  • 33
National Soil Conservation Day, 2083
Current Affairs

राष्ट्रिय भू-संरक्षण दिवस, २०८३

  • Aug 09, 2026
  • 45
International Day of the World's Indigenous Peoples, 2026
Current Affairs

अन्तर्राष्ट्रिय आदिवासी दिवस, २०२६

  • Aug 09, 2026
  • 134
Nepal Netra Jyoti Sangh receives WHO Public Health Champions Award 2026
Current Affairs

नेपाल नेत्र ज्योति सङ्घलाई WHO Public Health Champions Award 2026

  • Aug 09, 2026
  • 167
All International Days and their slogans in 2026 (BS 2083) so far
Current Affairs

सन् २०२६ (वि.सं. २०८३) मा हालसम्म भएका सबै अन्तर्राष्ट्रिय दिवसहरू (International Days) र तिनका नाराहरू

  • Aug 08, 2026
  • 70
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA