विश्वव्यापी बहुआयामी गरिबी सूचकांक २०२६ (Global MPI 2026)
अवधारणा र सूचकांक संरचना (Concept & Methodology)
- प्रकाशन संस्था: संयुक्त राष्ट्र विकास कार्यक्रम (United Nations Development Programme - UNDP) को मानव विकास प्रतिवेदन कार्यालय र अक्सफर्ड गरिबी तथा मानव विकास पहल (OPHI)
- आयाम र सूचक: कुल ३ वटा आयाम (स्वास्थ्य, शिक्षा, जीवनस्तर) र १० वटा सूचकहरू
- बहुआयामी गरिबी (Multilateral Poverty) के हो? शिक्षा, स्वास्थ्य र जीवनस्तर जस्ता आधारभूत आवश्यकताहरूबाट एकैसाथ वञ्चित हुनु नै बहुआयामी गरिबी— भारित सूचकहरूमा कम्तीमा १/३ (३३.३३%) वा सोभन्दा बढी वञ्चित (Deprived) व्यक्ति बहुआयामी गरिब मानिने,
- MPI गणना सूत्र: गरिबीको दर (Incidence - H) * गरिबीको तीव्रता (Intensity - A)
वैश्विक प्रमुख परिदृश्य र तथ्याङ्क (Global Key Facts & Statistics)
- विश्वका १०८ देशहरु र ६.३ अर्ब जनसंख्या अध्ययनमा समेटिएको,
- कुल बहुआयामी गरिब संख्या (विश्वभर): १.२ अर्ब मानिस (अध्ययान गरिएको जनसंख्याको १८.९%)
- कडा बहुआयामी गरिबी (Severe Poverty): कुल गरिबमध्ये ४४.६% (५३ करोड ४० लाख)
- गरिबीको जोखिम (Vulnerable Population): विश्वका ९५ करोड २० लाख मानिस
- बाल गरिबीको भार: कुल गरिब मानिसमध्ये ५१.५% (६१ करोड ७० लाख) १८ वर्षमुनिका बालबालिका रहेका,
- ग्रामीण बनाम सहरी गरिबी: कुल गरिबको ८३.३% (९९ करोड ८० लाख) ग्रामीण क्षेत्रमा र १६.७% (२० करोड) सहरी क्षेत्रमा बस्ने,
- आय समूह अनुसार गरिबी: कुल गरिब मानिसको ६५.१% (७७ करोड ९० लाख) मध्यम आय भएका देशहरू (Middle Income Countries) मा बसोबास गर्ने,
- क्षेत्रीय गरिबी भार: सबैभन्दा बढी गरिबी सब-सहारा अफ्रिका (६१ करोड ६० लाख) मा र दोस्रोमा दक्षिण एशिया (३९ करोड ३० लाख) मा रहेको,
- उच्चतम र न्यूनतम गरिबी भएका देश: सबैभन्दा बढी गरिबी चाड (Chad - ८४.२%) मा र सबैभन्दा कम सर्बिया (Serbia - ०.१%) मा रहेको,
- द्रुत गतिमा गरिबी घटाउने देश: चीनले मात्र ४ वर्ष (२०१०–२०१४) मा गरिबी दर ९.५% बाट ४.२% मा झारेर बहुआयामी गरिबी आधा घटाएको,
गरिबीको दर (Incidence/Headcount Ratio) को आधारमा सबैभन्दा बढी गरिबी भएका शीर्ष ५ राष्ट्रहरू:
|
क्र.सं.
|
राष्ट्र
|
क्षेत्र
|
बहुआयामी गरिबीको दर (Headcount Ratio - H)
|
|---|---|---|---|
|
१
|
चाड (Chad)
|
सब-सहारा अफ्रिका
|
८४.२%
|
|
२
|
मध्य अफ्रिकी गणतन्त्र (CAR)
|
सब-सहारा अफ्रिका
|
८०.४%
|
|
३
|
नाइजर (Niger)
|
सब-सहारा अफ्रिका
|
७९.९%
|
|
४
|
बुरुन्डी (Burundi)
|
सब-सहारा अफ्रिका
|
७५.१%
|
|
५
|
इथियोपिया (Ethiopia)
|
सब-सहारा अफ्रिका
|
६८.७%
|
नेपाल सम्बन्धी विशेष तथ्यहरू (Nepal Specific Facts)
- नेपालको तथ्याङ्क स्रोत: बहुसूचक क्लस्टर सर्वेक्षण (MICS 2024/2025)
- नेपालको MPI मूल्य (MPI Value): ०.०५६
- नेपालमा बहुआयामी गरिबीको दर (Headcount Ratio - H): १३.९ प्रतिशत (कुल ४१ लाख ११ हजार मानिस)— दक्षिण एसियाका ८ देशहरूमध्ये गरिबीको दर उच्चबाट निम्न क्रममा हेर्दा नेपाल ५ औँ स्थानमा
- नेपालमा गरिबीको तीव्रता (Intensity of Deprivation - A): ४०.२ प्रतिशत
- नेपालमा कडा बहुआयामी गरिबी (Severe Poverty): २.८ प्रतिशत
- नेपालमा गरिबीको जोखिममा रहेको जनसंख्या (Vulnerable): १५.५ प्रतिशत
- गरीबीमा आयामगत योगदान: नेपालमा गरिबी सिर्जनामा जीवनस्तरको योगदान ४२.८%, शिक्षाको ३५.८% र स्वास्थ्यको २१.४% रहेको,
- नेपालको ऐतिहासिक प्रगति: नेपालले १०.५ वर्षको अवधिमा बहुआयामी गरिबी सूचकांक (MPI) मूल्य ०.१३३ बाट ०.०५६ मा र गरिबी दर ३०.१% बाट १३.९% मा झारेर गरिबी आधाभन्दा बढी घटाएको,
दक्षिण एसियाली राष्ट्रहरू (SAARC) मा बहुआयामी गरिबीको दर (Headcount Ratio - H) को आधारमा उच्चदेखि निम्न गरिबी सम्मको वरियता तालिका:
|
क्षेत्रीय वरियता
|
देश
|
सर्वेक्षण वर्ष
|
गरिबीको दर (Headcount Ratio - H)
|
|---|---|---|---|
|
१
|
अफगानिस्तान
|
२०२२/२०२३
|
६४.९%
|
|
२
|
पाकिस्तान
|
२०१७/२०१८
|
३८.३%
|
|
३
|
भारत
|
२०१९/२०२१
|
१६.४%
|
|
४
|
बंगलादेश
|
२०२२
|
१४.९%
|
|
५
|
नेपाल
|
२०२४/२०२५
|
१३.९%
|
|
६
|
भुटान
|
२०२२
|
९.८%
|
|
७
|
श्रीलंका
|
२०१६
|
२.९%
|
|
८
|
माल्दिभ्स
|
२०१६/२०१७
|
०.८%
|