Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

प्रथम संविधानसभा निर्वाचन, २०६४

  • Ajnabee Khadka
  • March 22, 2026
  • 330

प्रथम संविधानसभा निर्वाचन, २०६४

First Constituent Assembly Election, 2064

निर्वाचनको सामान्य जानकारी:

  • मतदानको मिति: २०६४ साल चैत २८ गते (सन् २००८ अप्रिल १०)
  • निर्वाचन प्रणाली: मिश्रित निर्वाचन प्रणाली (parallel mixed system) — प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने/First-past-the-post) र समानुपातिक (Proportional representation (PR)
  • कुल सदस्य सङ्ख्या: ६०१
    • प्रत्यक्ष तर्फ: २४० सदस्य 
    • समानुपातिक तर्फ: ३३५ सदस्य 
    • मन्त्रिपरिषद्बाट मनोनीत: २६ सदस्य 
  • निर्वाचनमा सहभागी दलहरूको सङ्ख्या: निर्वाचनमा भाग लिनका लागि प्रत्यक्ष र समानुपातिक तर्फ कुल ७४ वटा राजनीतिक दलहरू निर्वाचन आयोगमा दर्ता भएका

मतदाता र सहभागिता तथ्याङ्क:

विवरण तथ्याङ्क प्रतिशत / कैफियत
कुल मतदाता सङ्ख्या १,७६,११,८३२ -
खसेको कुल मत १,०८,६६,१३१ ६१.७०%
सदर मत (प्रत्यक्ष) १,०३,०६,१२० ९४.८५%
बदर मत (प्रत्यक्ष) ५,६०,०११ ५.१५%
सबैभन्दा बढी मतदान भएको जिल्ला डोल्पा ७९.७८%
सबैभन्दा कम मतदान भएको जिल्ला मनाङ ४०.११%

निर्वाचन व्यवस्थापन र खर्चको विवरण:

  • निर्वाचन आयोगको नेतृत्व: भोजराज पोखरेल (प्रमुख निर्वाचन आयुक्त)
  • अन्य आयुक्तहरू: उषा नेपाल, नीलकण्ठ उप्रेती, दोलख बहादुर गुरुङ र डा. अयोधीप्रसाद यादव
विवरण रकम (नेपाली रुपैयाँमा) कैफियत
कुल निर्वाचन खर्च २,८०,८५,२१,८३७ करिब २ अर्ब ८० करोड ८५ लाख
निर्वाचन खर्च सीमा (प्रत्यक्ष) ४,५९,५०० प्रति उम्मेदवार अधिकतम सीमा
निर्वाचन खर्च सीमा (समानुपातिक) ५०,००० प्रति उम्मेदवार अधिकतम सीमा

निर्वाचन परिणाम: राजनीतिक दलहरूको विस्तृत तालिका:

  • यस निर्वाचनमा प्रत्यक्षतर्फ ९ वटा दल र २ स्वतन्त्र उम्मेदवार विजयी भएका थिए भने समानुपातिकतर्फ २५ वटा दलले सिट प्राप्त गरेका,
क्र.सं.
राजनीतिक दलको नाम
प्रत्यक्ष (FPTP) सिट
समानुपातिक (PR) सिट
जम्मा निर्वाचित सिट
१
नेपाल कम्युनिस्ट पार्टी (माओवादी)
१२०
१००
२२०
२
नेपाली कांग्रेस
३७
७३
११०
३
नेपाल कम्युनिस्ट पार्टी (एमाले)
३३
७०
१०३
४
मधेसी जनअधिकार फोरम, नेपाल
३०
२२
५२
५
तराई मधेस लोकतान्त्रिक पार्टी
९
११
२०
६
सद्भावना पार्टी
४
५
९
७
जनमोर्चा नेपाल
२
५
७
८
नेपाल कम्युनिस्ट पार्टी (माले)
०
८
८
९
राष्ट्रिय प्रजातन्त्र पार्टी
०
८
८
१०
नेपाल मजदुर किसान पार्टी
२
३
५
११
नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)
०
५
५
१२
राष्ट्रिय जनमोर्चा
१
३
४
१३
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
०
४
४
१४
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
०
२
२
१५
नेपाल सद्भावना पार्टी (आनन्दीदेवी)
०
२
२
१६
राष्ट्रिय जनमुक्ति पार्टी
०
२
२
१७
नेपाली जनता दल
०
२
२
१८
जनता दल युनाइटेड
०
२
२
१९
दलित जनजाति पार्टी
०
१
१
२०
नेपाः राष्ट्रिय पार्टी
०
१
१
२१
नेपाल परिवार दल
०
१
१
२२
नेपाल लोकतान्त्रिक समाजवादी दल
०
१
१
२३
चुरेभावर राष्ट्रिय एकता पार्टी
०
१
१
२४
समाजवादी जनता पार्टी
०
१
१
२५
नेपाल जनता पार्टी
०
१
१
२६
स्वतन्त्र
२
-
२
 
जम्मा निर्वाचित सिट
२४०
३३५
५७५

द्रष्टव्य: बाँकी २६ सदस्यहरू मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने व्यवस्था

  • ठुलो दल: नेकपा (माओवादी) ले प्रत्यक्षतर्फ १२० र समानुपातिकतर्फ १०० गरी कुल २२० निर्वाचित सिट जितेर सबैभन्दा ठुलो दल बनेको; यस दलले कुल ३१,४५,५१९ मत (३०.५२%) प्राप्त गरेको,
  • महिला प्रतिनिधित्व: प्रत्यक्ष निर्वाचन प्रणालीबाट ३० जना महिला निर्वाचित भएका (माओवादीबाट २५, कांग्रेसबाट २, फोरमबाट २ र एमालेबाट १ जना); समानुपातिक प्रणालीमा भने ५०% महिला अनिवार्य गरिएको,
  • सबैभन्दा बढी मतदान डोल्पा जिल्लामा (७९.७८%) र सबैभन्दा कम मनाङ जिल्लामा (४०.११%) भएको,
  • नेपालको इतिहासमा पहिलो पटक काठमाडौँ क्षेत्र नं. १ मा विद्युतीय मतदान उपकरण (Electronic Voting Machine (EVM)) प्रयोग गरिएको,
  • खर्च: यस निर्वाचन सम्पन्न गर्न कुल २ अर्ब ८० करोड ८५ लाख २१ हजार ८३७ रुपैयाँ खर्च भएको,

समावेशिता र महिला प्रतिनिधित्व:

१.) महिला प्रतिनिधित्व र दलगत विवरण (प्रत्यक्ष तर्फ):

विवरण संख्या / विवरण
कुल महिला निर्वाचित (प्रत्यक्ष) ३० जना
नेकपा (माओवादी) २५ जना
नेपाली कांग्रेस २ जना
मधेसी जनअधिकार फोरम २ जना
नेकपा (एमाले) १ जना

२.) समानुपातिक कोटा र उम्मेदवारी व्यवस्था:

समूह / क्षेत्र निर्धारित कोटा / व्यवस्था
जनजाति ३७.८%
मधेसी ३१.२%
अन्य ३०.२%
दलित १३%
पिछडिएको क्षेत्र ४%
महिला उम्मेदवारी (समानुपातिक) ५०% (अनिवार्य)
 
विशेष विशेषताहरू:
  • विद्युतीय मतदान (Electronic Voting Machine (EVM)): नेपालको इतिहासमा पहिलो पटक काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नं. १ मा विद्युतीय मतदान उपकरणको प्रयोग गरिएको,
  • अन्तर्राष्ट्रिय पर्यवेक्षण: कार्टर सेन्टर, युरोपियन युनियन, एशियन नेटवर्क फर फ्री इलेक्सन (ANFREL) लगायतका अन्तर्राष्ट्रिय र राष्ट्रिय संस्थाहरूले निर्वाचनको पर्यवेक्षण गरेका,
  • शान्ति प्रक्रियाको कडी: यो निर्वाचन विस्तृत शान्ति सम्झौता र हतियार तथा सेना व्यवस्थापनको अनुगमन सम्झौतापछि भएको,

Categories

  • Current Affairs 640
  • Gorkhapatra 310
  • Others 1031
  • Vacancy 1
  • Past Questions 78
  • GK Loksewa Past Question Collection 0
  • Nepal Police 4

Latest Blogs

Nepal's Provincial Gross Domestic Product Estimates, 2082/83
Current Affairs

नेपालको प्रादेशिक कुल गार्हस्थ उत्पादन अनुमान, २०८२/८३

  • May 27, 2026
  • 102
Major records set during the spring Everest climbing season of 2083 BS
Current Affairs

वि.सं. २०८३ को वसन्तकालीन सगरमाथा आरोहण सिजनमा कायम भएका प्रमुख कीर्तिमानहरू

  • May 27, 2026
  • 129
The concept of a common national market: thematic questions and answers (13 Jestha 2083, Wednesday)
Gorkhapatra

साझा राष्ट्रिय बजारको अवधारणा : विषयगत प्रश्नोत्तर (१३ जेठ २०८३, बुधबार)

  • May 27, 2026
  • 17
Public Service Preparation Special: Objective Questions and Answers (13 Jestha 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१३ जेठ २०८३, बुधबार)

  • May 27, 2026
  • 106
Development of Constitutional Bodies in Nepal's Constitutional History
Others

नेपालको संवैधानिक इतिहासमा संवैधानिक निकायहरूको विकास

  • May 26, 2026
  • 74
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA