Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको संवैधानिक इतिहासमा मौलिक हकको विकासक्रम

  • Ajnabee Khadka
  • March 13, 2026
  • 486

नेपालको संवैधानिक इतिहासमा मौलिक हकको विकासक्रम

Development of Fundamental Rights in Nepal's Constitutional History
संविधान व्यवस्था
नेपाल सरकार वैधानिक कानून, २००४
  • नेपालको यो पहिलो संविधानले नागरिकका आधारभूत स्वतन्त्रताहरूलाई पहिलो पटक संवैधानिक रूपमा स्वीकार गरेको,
  • यस संविधानले जोलिगत स्वतन्त्रता, वाक् स्वतन्त्रता, प्रकाशन स्वतन्त्रता, सभा वा संघ स्वतन्त्रता, धार्मिक स्वतन्त्रता र व्यक्तिगत स्वतन्त्रताको व्यवस्थाको व्यवस्था गरेको,
  • नागरिकहरूलाई कानूनी पूर्ण समानता, छिटो र सुलभ न्याय, अनिवार्य निःशुल्क प्राथमिक शिक्षा र समान मताधिकार जस्ता हकहरू प्रदान गरिएको,
  • यसमा व्यक्तिगत सम्पत्तिको संरक्षणको हकलाई पनि मौलिक हकको रूपमा राखिएको,
नेपालको अन्तरिम शासन विधान, २००७
  • यस संविधानले प्रजातन्त्रको स्थापनासँगै नागरिक अधिकारलाई थप स्पष्ट पारेको, 
  • यसले कानूनको दृष्टिमा समानता र कानूनको समान संरक्षणको सुनिश्चितता गरेको, 
  • धर्म, जाति, वर्ण वा लिंगका आधारमा भेदभाव नगरिने र सरकारी सेवामा समान अवसर दिने व्यवस्था गरिएको,
  • वाक् तथा प्रकाशन स्वतन्त्रता, शान्तिपूर्ण भेला हुने, संघ संस्था खोल्ने, र नेपालभरि आवतजावत गर्ने स्वतन्त्रता प्रदान गरिएको,
  • यसले पहिलो पटक जबरजस्ती काम लगाउन नपाइने र बालबालिकालाई जोखिमपूर्ण काममा लगाउन नहुने (exploitation) विरुद्धको हक समावेश गरेको,
नेपाल अधिराज्यको संविधान, २०१५
  • यस संविधानले मौलिक हकलाई छुट्टै भागमा व्यवस्थित गरेको,
  • यसमा व्यक्तिगत स्वतन्त्रता अन्तर्गत कानून बमोजिम बाहेक कसैको ज्यान वा व्यक्तिगत स्वतन्त्रता अपहरण नहुने व्यवस्था गरिएको, 
  • पक्राउ परेका व्यक्तिलाई २४ घण्टाभित्र अधिकारी समक्ष उपस्थित गराउनुपर्ने र आफूले रोजेको कानून व्यवसायीसँग सल्लाह लिन पाउने अधिकार रहेको,
  • धर्म, सम्पत्ति र राजनीतिक स्वतन्त्रता (वाक्, प्रकाशन, संघसंस्था) लाई यसले निरन्तरता दिएको,
नेपालको संविधान, २०१९
  • पञ्चायती व्यवस्था अन्तर्गतको यस संविधानमा हकका साथै कर्तव्यलाई पनि जोड दिइएको,
  • यसमा पहिलो पटक मौलिक कर्तव्य र हक भनी नामकरण गरियो, जहाँ नागरिकले राज्यप्रति वफादार रहनुपर्ने कर्तव्य तोकिएको,
  • समानताको हक, स्वतन्त्रताको हक र देश निकाला विरुद्धको हक यसमा प्रमुख रहेका;  तर, दलगत राजनीतिमा प्रतिबन्ध लगाइएको हुनाले राजनीतिक दल खोल्ने स्वतन्त्रतालाई यसले संकुचित बनाएको,
नेपाल अधिराज्यको संविधान, २०४७
  • प्रजातन्त्रको पुनस्र्थापना पछि बनेको यो संविधान मौलिक हकका दृष्टिले निकै प्रगतिशील मानिएको,
  • यसमा समानताको हक, स्वतन्त्रताको हक, छापाखाना र प्रकाशन सम्बन्धी हक लाई शक्तिशाली बनाइएको,
  • पहिलो पटक सूचनाको हक (धारा १६) र गोपनीयताको हक (धारा २२) लाई मौलिक हकको रूपमा संवैधानिक मान्यता दिइएको,
  • यसले छुआछूत विरुद्धको हक लाई स्पष्ट रूपमा परिभाषित गर्दै जातीय भेदभावलाई दण्डनीय बनाएको,
  • संविधान संशोधनको माध्यमबाट समेत हटाउन नमिल्ने गरी मौलिक हकको संरक्षण गरिएको,
नेपालको अन्तरिम संविधान, २०६३
  • यस संविधानले राज्यको स्वरूप बदल्दै मौलिक हकको दायरामा ठूलो फड्को मारेको,
  • यसमा महिलाको हक (पैतृक सम्पत्तिमा समान हक सहित), बालबालिकाको हक, र सामाजिक न्यायको हक लाई व्यापक बनाइएको,
  • वातावरण तथा स्वास्थ्य सम्बन्धी हक र शिक्षा तथा संस्कृति सम्बन्धी हक थप गरिएको,
  • पिछडिएका वर्ग र समुदायलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यको संरचनामा सहभागी हुने हक मौलिक हककै रूपमा राखिएको,
  • अधिकार उल्लंघन भएमा उपचारका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई संवैधानिक हैसियत प्रदान गरिएको,
नेपालको संविधान (२०७२) - वर्तमान व्यवस्था
  • हालको संविधानमा मौलिक हकको सूचीलाई विश्वकै उत्कृष्ट मध्येको एक मानिन्छ, जसमा ३१ वटा हकहरू रहेका,
  • अपराध पीडितको हक, खाद्य सम्बन्धी हक, आवासको हक, उपभोक्ताको हक र दलितको हक जस्ता नयाँ र विशिष्टीकृत हकहरू थपिएका,
  • महिलालाई प्रजनन स्वास्थ्यको हक र सम्पत्ति तथा पारिवारिक मामिलामा समान हक सुनिश्चित गरिएको,
  • आर्थिक रूपले विपन्न खस आर्यदेखि लिएर लोपोन्मुख समुदायसम्मलाई सामाजिक न्यायको हक अन्तर्गत आरक्षण र सकारात्मक विभेदको व्यवस्था गरिएको,
  • धारा ४६ बमोजिम मौलिक हकको कार्यान्वयनका लागि सर्वोच्च अदालतमा संवैधानिक इजलास र असाधारण अधिकार क्षेत्रको व्यवस्था गरिएको,

 

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 45
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 38
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 38
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 42
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 114
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA