Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

असार २०८३ का समसामयिक घटनाक्रमहरू

  • Ajnabee Khadka
  • August 14, 2026
  • 690

असार २०८३ का समसामयिक घटनाक्रमहरू

Current affair events of Asar 2083
मिति (वि.सं.)
घटनाको एकदम संक्षिप्त विवरण (लोकसेवा सान्दर्भिक तथ्यहरू)
असार १
सातै प्रदेशद्वारा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत: सबैभन्दा ठूलो बजेट बागमती प्रदेश (रु. ६६ अर्ब ९३ करोड ३३ लाख) र सबैभन्दा सानो बजेट गण्डकी प्रदेश (रु. ३२ अर्ब ९९ करोड ९९ लाख) को रहेको,
 
लोक सेवा आयोगको ७६औँ स्थापना दिवस: वि.सं. २००८ असार १ मा "नेपाल पब्लिक सर्भिस कमिसन" को रूपमा स्थापना भएको,
 
विश्व ज्येष्ठ नागरिक दुर्व्यवहार विरुद्धको चेतना दिवस, २०२६:"Beyond Awareness: Making Elder Abuse Prevention Work" 
असार १–३
५२औँ G-7 शिखर सम्मेलन: फ्रान्सको एभियान-लेस-बेंसमा आयोजना भएको यस सम्मेलनको अध्यक्षता फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले गरेका,
असार २
१२औँ चुरे संरक्षण दिवस, २०८३:"चुरेको माटो चुरेलाई, सफापानी सबैलाई" 
 
अन्तर्राष्ट्रिय पारिवारिक विप्रेषण दिवस, २०२६: "Beyond Transfers: Turning Remittances into Rural Resilience, Entrepreneurship and Employment" 
असार ३
विश्व खडेरी विरुद्ध संघर्ष दिवस, २०२६:"Rangelands: Recognize. Respect. Restore."
असार ४
दिगो गैस्ट्रोनोमी दिवस, २०२६:"Celebrating Food Heritage" 
असार ५
द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस, २०२६: नारा: "Conflict-Related Sexual Violence Against Children: Safeguarding Futures and Empowering Caregivers" रहेको छ।
 
राष्ट्रिय चलचित्र पुरस्कार, २०८२: 'ऊनको स्वीटर' उत्कृष्ट चलचित्र घोषित भएको र वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई 'चलचित्र दीर्घ साधना सम्मान' प्रदान गरिएको,
असार ७
अन्तर्राष्ट्रिय योग दिवस, २०२६:"Yoga for Healthy Ageing" 
 
अन्तर्राष्ट्रिय बुवा दिवस, २०२६:"Fathers: Guiding Strength and Building Futures" 
असार ९
अन्तर्राष्ट्रिय एकल महिला दिवस, २०२६: “Justice, Dignity and Economic Empowerment for Widows”  र “Invisible Women, Invisible Problems” 
 
नेपालको पहिलो इजाजतप्राप्त OTT प्लाटफर्म: डिसहोम डिजिटल अन्तर्गतको 'डिगो' (Digo) ले सूचना तथा प्रसारण विभागबाट औपचारिक रूपमा नेपालकै पहिलो इजाजतपत्र प्राप्त गरेको,
असार ९–१०
बालबालिकाविरुद्ध हुने हिंसा अन्त्य सम्बन्धी दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलन (SAMC-EVAC): श्रीलंकाको कोलम्बोमा सम्पन्न भएको यस सम्मेलनमा नेपाली टोलीको नेतृत्व सचिव राधिका अर्यालले गरेकी,
असार १२
लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस, २०२६: "The World Drug Problem: Persisting Issues, New Challenges, Innovative Responses" 
असार १५
२३औँ राष्ट्रिय धान दिवस:"जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" 
 
नेपालकै पहिलो पोषणमैत्री गाउँपालिका घोषणा: बागलुङ जिल्लाको बडिगाड गाउँपालिका पोषणका तोकिएका ३४ वटै सूचक पूरा गरी देशकै पहिलो पोषणमैत्री गाउँपालिका घोषित भएको,
असार १६
अनलाइन कर्मचारी सरुवा सुरुवात: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा भौतिक निवेदन पूर्णतः निषेध गर्दै पहिलोपटक 'अनलाइन कर्मचारी सरुवा व्यवस्थापन प्रणाली' कार्यान्वयनमा ल्याइएको,
असार १७
शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकार नियुक्ति: शैलेन्द्र झा सल्लाहकार पदमा नियुक्त भएका,
 
त्रि.वि. सेवा आयोगमा नियुक्ति: अध्यक्षमा पहिलो पटक विश्वविद्यालय बाहिरका प्रशासनिक विज्ञ किशोर थापा र सदस्यमा प्रा. डा. रेजिना मास्के नियुक्त भएका,
 
विश्व जनसंख्या दिवस, २०२६:"Realizing the hopes and aspirations of young people: today and for the future"
असार १८
गोरखापत्रको महाप्रबन्धक नियुक्ति: गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मत बहादुर रावल नियुक्त भएका,
असार १९
विश्वविद्यालयहरूमा उपकुलपति नियुक्ति: दलीय भागबण्डा अन्त्य गर्दै पूर्ण खुला प्रतिस्पर्धाबाट त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा सहित ७ वटा विश्वविद्यालयमा उपकुलपतिहरू नियुक्त भएका,
असार २०
१०४औँ अन्तर्राष्ट्रिय सहकारी दिवस:"Cooperatives for a Peaceful World" र
 
संयुक्त राज्य अमेरिकाको २५०औँ वर्षगाँठ: "अमेरिका२५० (America250)" उत्सवका साथ अमेरिकाले आफ्नो २५०औँ स्वतन्त्रता दिवस भव्य रूपमा मनाएको,
असार २१
डायमनशमशेर साहित्यिक पुरस्कार वितरण: उपन्यासकार डायमनशमशेर राणाको १०९औँ जन्मजयन्तीको अवसरमा डा. टीकाराम पोखरेल, डा. माधव वियोगी, र उपप्रा. डा. विष्णु न्यौपानेलाई पुरस्कार प्रदान गरिएको,
असार २१–२२
१०औँ आइसीसी महिला टि-२० विश्वकप: इङ्गल्याण्ड र वेल्समा सम्पन्न प्रतियोगितामा आयोजक इङ्गल्याण्डलाई ७ विकेटले पराजित गर्दै अस्ट्रेलियाले कीर्तिमान ७औँ पटक उपाधि जितेको,
असार २२
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास: ३४ वर्षको उमेरमा ब्राजिलका फुटबलर नेयमारले सन्यासको घोषणा गरेका,
असार २३
मौद्रिक नीति २०८३/०८४ जारी: नेपाल राष्ट्र बैंकद्वारा २५औँ मौद्रिक नीति सार्वजनिक गरिएको छ, जसले आर्थिक वृद्धिको लक्ष्य ७.०% र मुद्रास्फीति सीमा ५.५% प्रक्षेपण गरेको,
असार २३–२४
३६औँ नेटो (NATO) शिखर सम्मेलन: टर्कीको अंकारामा सम्पन्न भएको यस सम्मेलनमा सदस्य राष्ट्रहरूले सन् २०३५ सम्ममा आफ्नो GDP को ५% रक्षा क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जनाएका,
असार २३–२४
पाँचौँ संयुक्त राष्ट्रसङ्घीय प्रहरी प्रमुख शिखर सम्मेलन (UNCOPS 2026): न्युयोर्कमा सम्पन्न सम्मेलनमा नेपाल प्रहरीका आइजीपी दान बहादुर कार्कीको नेतृत्वमा सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल सहितको नेपाली टोली सहभागी भएको,
असार २४
नेपाल सरकारको ३०औँ मुख्यसचिव नियुक्ति: नेपाल सरकारको मुख्यसचिव पदमा गोविन्दबहादुर कार्की नियुक्त भएका,
असार २६
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त: चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (NAMS) को उपकुलपतिमा डा. विवेक आचार्यसहित ६ वटा प्रतिष्ठानमा खुला र प्रतिस्पर्धात्मक पद्धतिबाट नयाँ उपकुलपति नियुक्त भएका,
 
आठौँ रेडियो कान्तिपुर राष्ट्रिय संगीत अवार्ड–२०८२: द प्लाजामा सम्पन्न यस कार्यक्रममा नीर शाहलाई 'लाइफ टाइम एचिभमेन्ट अवार्ड' प्रदान गरिएको,
असार २८
कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधन: ७४ वर्षको उमेरमा निधन भएका थानी "आधुनिक कतारका निर्माता" मानिन्छन्; यिनकै पालामा सन् २००६ मा नेपाल र कतारबीच ऐतिहासिक श्रम सम्झौता भएको,
 
समुद्री जीवको नामकरण 'अल्डिसा भोजिन्हा': केप भर्डेका फुटबल गोलरक्षक 'भोजिन्हा' को सम्मानमा क्यारेबियन सागरमा फेला परेको नयाँ प्रजातिको समुद्री चिप्लेकीरा (Sea Slug) को वैज्ञानिक नामकरण गरिएको,
असार २९
२१३औँ भानु जयन्ती र आदिकवि भानुभक्त पुरस्कार, २०८३: २१३औँ भानु जयन्तीको अवसरमा साहित्यकार भुवनहरि सिग्देललाई 'आदिकवि भानुभक्त पुरस्कार, २०८३' (राशी: रु. १ लाख २५ हजार) प्रदान गरिएको,
असार ३१
विश्व युवा दक्षता दिवस, २०२६:"Skills for a Shared Future"
 
आईसीसी (ICC) को नयाँ सदस्य: मौरिसस आईसीसीको १११औँ समग्र सदस्य तथा ९९औँ सह-सदस्य (अफ्रिकाको २३औँ राष्ट्र) बनेको,

Categories

  • Current Affairs 826
  • Gorkhapatra 348
  • Others 1192
  • Vacancy 1
  • Past Questions 153
  • Nepal Police 9

Latest Blogs

Various types of bills under the Constitution of Nepal
Others

नेपालको संविधान बमोजिमका विभिन्न प्रकारका विधेयकहरू

  • Oct 12, 2026
  • 144
Funds as per the Constitution of Nepal
Others

नेपालको संविधान बमोजिमका कोषहरू

  • Oct 12, 2026
  • 119
International and World Days (Celebrated from the month of Baisakh to the month of Asoj, 2083 BS)
Current Affairs

अन्तर्राष्ट्रिय तथा विश्व दिवसहरू (वि.सं. २०८३ को वैशाख महिनादेखि असोज महिनासम्म मनाइएका)

  • Oct 12, 2026
  • 170
Constitutional provisions regarding oath-taking
Others

शपथ ग्रहण सम्बन्धी संवैधानिक व्यवस्था

  • Oct 11, 2026
  • 295
Tenure of various Assemblies
Others

विभिन्न सभाहरूको कार्यकाल

  • Oct 11, 2026
  • 314
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA