Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

राष्ट्रपति र उपराष्ट्रपतिको संवैधानिक व्यवस्था

  • Ajnabee Khadka
  • October 01, 2026
  • 343

राष्ट्रपति र उपराष्ट्रपतिको संवैधानिक व्यवस्था

Constitutional arrangement of the President and Vice President
  • नेपालको संविधानको भाग ६ मा राष्ट्रपति र उपराष्ट्रपतिको संवैधानिक व्यवस्था गरिएको,

राष्ट्रपति (धारा ६१–६६):

  • नेपालको संविधान अनुसार नेपालको राष्ट्रपतिको प्रकृति मुख्यतया आलंकारिक (Ceremonial) र संवैधानिक (Constitutional) रहेको,
  • राष्ट्रपतिलाई संविधानको अन्तिम अभिभावकका रूपमा उभ्याएको,
  • राष्ट्रपति कुनै निश्चित राजनीतिक दलको प्रतिनिधि नभई सिंगो राष्ट्रको एकताको सूत्रधारका रूपमा रहने प्रकृति संविधानले परिकल्पना गरेको,
  • राष्ट्रपति कार्यकारी प्रमुख नभई राज्यको प्रमुख मात्र,

नेपालको संविधानमा राष्ट्रपतिको सम्बन्धिमा गरिएको व्यवस्थाहरु:

धारा नं विषय विवरण र व्यवस्था
६१  राष्ट्रपति
  • नेपालमा एक राष्ट्रपति रहने व्यवस्था संविधानले गरेको,
  • राष्ट्रपति मुलुकको राष्ट्राध्यक्ष (Head of state) हुने,
  • राष्ट्रपतिको प्रमुख कर्तव्य संविधानको पालन र संरक्षण गर्नु तथा नेपाली राष्ट्रिय एकताको प्रवर्द्धन गर्नु,
६२ राष्ट्रपतिको निर्वाचन
  • राष्ट्रपतिको निर्वाचन संघीय संसदका सदस्य र प्रदेश सभाका सदस्यहरू मतदाता रहेको निर्वाचक मण्डल (Electoral College) बाट हुने,
  • संघीय सांसद र प्रदेश सभा सदस्यको मतभार संघीय कानून बमोजिम फरक हुने,
  • निर्वाचक मण्डलको तत्काल कायम रहेको कुल मतको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपति निर्वाचित हुने,
  • यदि पहिलो चरणमा कसैले बहुमत नल्याएमा सबैभन्दा बढी मत पाउने दुई उम्मेदवारबीच पुनः मतदान हुने,
६३ पदावधि 
  • राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने,
  • नयाँ निर्वाचित राष्ट्रपतिले पदभार नसम्हालेसम्म पादवधि सकिएको राष्ट्रपतिले संविधान बमोजिम कार्यभार सम्हाल्ने,
६४ योग्यता
  • संघीय संसदको सदस्य हुन योग्य भएको,
  • कम्तीमा ४५ वर्ष उमेर पूरा भएको,
  • कुनै कानूनले अयोग्य नठहरिएको,
  • दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति पुनः उम्मेदवार हुन नपाउने,
६५ पद रिक्त हुने अवस्था
  • उपराष्ट्रपति समक्ष लिखित राजीनामा दिएमा,
  • धारा १०१ बमोजिम महाभियोग पारित भएमा,
  • पदावधि समाप्त भएमा वा मृत्यु भएमा,
६६ काम, कर्तव्य र अधिकार
  • संविधान र संघीय कानून बमोजिम प्राप्त अधिकारको प्रयोग र कर्तव्यको पालन गर्ने,
  • संविधानमा स्पष्ट रूपमा कुनै निकाय वा पदाधिकारीको सिफारिसमा हुने भनी उल्लेख भएका कार्य बाहेक अन्य सबै कार्यहरू मन्त्रिपरिषदको सिफारिस र सम्मतिबाट हुने (यो वाक्यांशले राष्ट्रपतिले आफ्नो स्वविवेकले (आफैं निर्णय गरेर) कुनै पनि शासकीय कार्य गर्न पाउँदैनन् भन्ने स्पष्ट पार्छ,)

उपराष्ट्रपति (धारा ६७–६९):

धारा नं विषय विवरण र व्यवस्था
६७ उपराष्ट्रपति
  • नेपालमा एक उपराष्ट्रपति रहने व्यवस्था संविधानले गरेको,
  • राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्यहरू उपराष्ट्रपतिले सम्पादन गर्ने प्रावधान,
  • निर्वाचन (Election), मनोनयन (Nomination) वा नियुक्ति (Appointment) हुने कुनै राजनीतिक पदमा बहाल रहेको व्यक्ति उपराष्ट्रपति पदमा निर्वाचित भएमा निजको त्यस्तो पद स्वतः रिक्त (Vacant) हुने (यो व्यवस्थाले "एक व्यक्ति, एक पद" को सिद्धान्तलाई उपराष्ट्रपति पदको हकमा कडाइका साथ लागू गरेको छ, ताकि कुनै पनि व्यक्तिले उपराष्ट्रपतिको गरिमा चलाउँदा अर्को कुनै राजनीतिक लाभ वा शक्ति केन्द्रको पद ओगटेर बस्न नसकोस्,)
६८ पद रिक्त हुने अवस्था
  • राष्ट्रपति समक्ष लिखित राजीनामा दिएमा,
  • महाभियोग पारित भएमा,
  • पदावधि समाप्त भएमा वा मृत्यु भएमा,
६९ अन्य व्यवस्था
  • उपराष्ट्रपतिको योग्यता, निर्वाचन प्रक्रिया र पदावधि राष्ट्रपतिको सरह नै हुने व्यवस्था,

राष्ट्रपति र उपराष्ट्रपति सम्बन्धी साझा प्रावधानहरू:

धारा नं विषय विवरण र व्यवस्था
७० फरक लिंग वा समुदायको हुनुपर्ने
  • राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्दा फरक-फरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नुपर्ने व्यवस्था,
७१  शपथ
  • राष्ट्रपतिले प्रधानन्यायाधीश समक्ष र उपराष्ट्रपतिले राष्ट्रपति समक्ष आफ्नो कार्यभार सम्हाल्नु अघि पद तथा गोपनीयताको शपथ लिनुपर्ने,
७२ पारिश्रमिक तथा सुविधा
  • राष्ट्रपति र उपराष्ट्रपति दुवैको पारिश्रमिक र अन्य सुविधा संघीय ऐन बमोजिम हुने, र ऐन नबनेसम्म नेपाल सरकारले तोके बमोजिम हुने,
७३ कार्यालय
  • राष्ट्रपति र उपराष्ट्रपतिको कार्य सम्पादनका लागि छुट्टाछुट्टै कार्यालय रहने,
  • राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयहरूको कार्य सञ्चालनका लागि आवश्यक कर्मचारी र अन्य व्यवस्था नेपाल सरकारले गर्ने,

जानी राखौं!:

  • नेपालको पहिलो राष्ट्रपति: डा. रामवरण यादव
  • नेपालको वर्तमान राष्ट्रपति (तेस्रो): रामचन्द्र पौडेल
  • नेपालको पहिलो महिला राष्ट्रपति: विद्यादेवी भण्डारी 
  • नेपालको पहिलो उपराष्ट्रपति: परमानन्द झा
  • नेपालको वर्तमान उपराष्ट्रपति (तेस्रो): रामसहाय प्रसाद यादव

Categories

  • Current Affairs 839
  • Gorkhapatra 350
  • Others 1197
  • Vacancy 1
  • Past Questions 153
  • Nepal Police 10

Latest Blogs

Constitutional provisions regarding the Prime Minister in the Constitution of Nepal
Others

नेपालको संविधानमा प्रधानमन्त्री सम्बन्धी संवैधानिक व्यवस्थाहरू (संशिप्तमा)

  • Oct 20, 2026
  • 180
Nepal's position in various international indices in 2026
Current Affairs

सन् २०२६ मा विभिन्न अन्तर्राष्ट्रिय सूचकांकहरूमा नेपालले हासिल गरेको स्थान

  • Oct 20, 2026
  • 228
Main national and international contemporary events that occurred in the month of Asoj, 2083 BS
Current Affairs

वि.सं. २०८३ असोज महिनामा घटेका मुख्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समसामयिक घटनाक्रमहरू

  • Oct 20, 2026
  • 219
Positions required to complete the parliamentary hearing process
Others

संसदीय सुनुवाईको प्रक्रिया पूरा गर्न आवश्यक पर्ने पदहरु

  • Oct 19, 2026
  • 399
Historical and record-breaking facts about the constitutions of the world
Others

विश्वका संविधानका ऐतिहासिक तथा कीर्तिमानी तथ्यहरू

  • Oct 19, 2026
  • 196
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA