नेपालको संविधान (२०७२) निर्माण प्रक्रियामा संविधान मस्यौदा समिति
गठन र कानुनी आधार
- गठन: दोस्रो संविधान सभा नियमावली, २०७० को नियम ६७ बमोजिम यो समिति गठन गरिएको,
- मुख्य जिम्मेवारी: संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिबाट प्राप्त भएका सहमतिहरू र संविधान सभाले गरेका निर्णयहरूलाई आधार मानी संविधानको एकीकृत मस्यौदा तयार गर्नु यसको मुख्य कार्य,
नेतृत्व र संरचना
- सभापति: कृष्णप्रसाद सिटौला
- सदस्य संख्या: यस समितिमा कुल ७३ जना सदस्यहरू रहेका,
- मस्यौदा लेखन कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन समिति अन्तर्गत ५ वटा उपसमिति र एउटा एकीकृत कार्यदल गठन गरिएको;
- प्रस्तावना र परिभाषा उपसमिति: जितेन्द्र नारायण देव (संयोजक)
- मौलिक हक, राज्यका निर्देशक सिद्धान्त र आयोगहरू सम्बन्धी उपसमिति: इन्द्र सुन्दर नेम्वाङ (संयोजक)
- न्यायपालिका उपसमिति: रमेश लेखक (संयोजक)
- व्यवस्थापिका उपसमिति: भरतमोहन अधिकारी (संयोजक)
- कार्यपालिका उपसमिति: हितराज पाण्डे (संयोजक)
- संविधान मस्यौदा एकीकृत कार्यदल: कृष्णप्रसाद सिटौला (संयोजक)
प्रमुख कोशेढुङ्गा र कार्य प्रगति
- पहिलो मस्यौदा प्रस्तुतीकरण: सभापति कृष्णप्रसाद सिटौलाले २०७२ असार १५ गते संविधान सभाको बैठकमा "नेपालको संविधानको पहिलो मस्यौदा" पेस गरेका,
- जनताको राय सुझाव: मस्यौदामाथि देशभरबाट संकलन गरिएका सुझावहरूलाई नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले २०७२ साउन ११ गते सभामा पेस गरेको,
- परिमार्जित विधेयक: प्राप्त राय सुझावहरू र दलहरूबीच भएको १६ बुँदे राजनीतिक सहमति समेतलाई समेटेर समितिले २०७२ भदौ ४ गते "नेपालको संविधानको परिमार्जित विधेयक" सभामा प्रस्तुत,
मस्यौदाको स्वरूप र परिमार्जन
- प्रारम्भिक स्वरूप: समितिले तयार पारेको सुरुको मस्यौदामा ३७ भाग, ३०२ धारा र ९ अनुसूची रहेका,
- अन्तिम स्वरूप: परिमार्जन र दफावार छलफलपछि संविधान सभाले पारित गर्दा संविधानमा ३५ भाग, ३०८ धारा र ९ अनुसूची कायम,
ऐतिहासिक उपलब्धि: समितिले तयार पारेको अन्तिम विधेयकलाई संविधान सभाका ५३२ सदस्यमध्ये ५०७ जनाले (दुई-तिहाइभन्दा बढी) समर्थन गरेपछि २०७२ असोज ३ गते ऐतिहासिक रूपमा नेपालको संविधान जारी,