Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

महानगरपालिका, उप-महानगरपालिका र नगरपालिकाको वर्गीकरण

  • Ajnabee Khadka
  • March 23, 2026
  • 465

महानगरपालिका, उप-महानगरपालिका र नगरपालिकाको वर्गीकरण

Classification of metropolitan cities, sub-metropolitan cities and municipalities
  • स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८ ले नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका घोषणा गर्नका लागि आवश्यक पर्ने जनसंख्या, आयस्रोत र पूर्वाधार सम्बन्धी मापदण्डहरूको विस्तृत व्यवस्था गरेको,

१.) नगरपालिका (Municipality):

नगरपालिका घोषणा हुनका लागि देहायका शर्त र सुविधाहरू पूरा भएको हुनुपर्दछ:
  • स्थायी बासिन्दा (जनसंख्या):
    • हिमाली जिल्लाको हिमाली क्षेत्रमा: कम्तीमा १० हजार
    • हिमाली जिल्लाको पहाडी क्षेत्र र पहाडी जिल्लामा: कम्तीमा ४० हजार
    • भित्री मधेशका जिल्लामा: कम्तीमा ५० हजार
    • तराईका जिल्लामा: कम्तीमा ७५ हजार
    • काठमाडौं उपत्यकाका जिल्लामा: कम्तीमा १ लाख
  • आन्तरिक आय: पछिल्लो ५ वर्षको औसत वार्षिक आन्तरिक आय हिमाली क्षेत्रको भए कम्तीमा १ करोड रुपैयाँ र अन्य जिल्लाको भए कम्तीमा ३ करोड रुपैयाँ भएको हुनुपर्ने,
  • पूर्वाधार र शहरी सुविधा:
    • सडक, सडक पेटी, विद्युत, खानेपानी र सञ्चारको न्यूनतम सुविधा,
    • फोहोरमैला व्यवस्थापन र ल्याण्डफिल साइटको उचित प्रबन्ध,
    • प्रत्येक वडामा खुला क्षेत्र तथा पार्क वा उद्यान भएको,
    • कम्तीमा २५ शय्याको अस्पताल सुविधा,
    • यात्रु विश्रामस्थल र सार्वजनिक शौचालय सहितको बसपार्क,
    • बैंक तथा वित्तीय संस्थाको सेवा र सामुदायिक भवन तथा सभाहल,
    • बजार क्षेत्र, पशु वधशाला, शवदाह स्थल र खेलमैदान भएको,
    • नगर गुरुयोजना तयार भएको हुनुपर्ने,

२.) उपमहानगरपालिका (Sub-Metropolitan City):

 

उपमहानगरपालिका घोषणाका लागि देहायका मापदण्ड आवश्यक पर्दछन्:
  • स्थायी बासिन्दा: कम्तीमा २ लाख स्थायी बासिन्दा भएको,
  • आन्तरिक आय: पछिल्लो ५ वर्षको औसत वार्षिक आन्तरिक आय कम्तीमा २५ करोड रुपैयाँ भएको,
  • पूर्वाधार र शहरी सुविधा:
    • कम्तीमा १०० शय्याको एक अस्पताल सहित कुल २०० शय्याको अस्पताल सुविधा,
    • नगरभित्रका प्रमुख सडकहरू पक्की भएको,
    • राष्ट्रिय स्तरको रङ्गशाला, व्यायामशाला र कभर्ड हल भएको,
    • उच्चस्तरीय शिक्षा तथा प्राविधिक शिक्षाको सुविधा भएको,
    • फोहोरमैला प्रशोधन तथा व्यवस्थापन प्रणाली र सार्वजनिक उद्यान,
    • आधुनिक पशु वधशाला र व्यवस्थित शवदाह स्थल,
    • सार्वजनिक प्रयोगका स्थल र भवनहरू अपाङ्गतामैत्री भएको,
    • पर्यटकीय स्तरको होटल, मोटल तथा रिसोर्ट भएको,

३.) महानगरपालिका (Metropolitan City):

महानगरपालिकाका लागि सबैभन्दा उच्च मापदण्डहरू तोकिएका छन्:

  • स्थायी बासिन्दा: कम्तीमा ५ लाख स्थायी बासिन्दा भएको,
  • आन्तरिक आय: पछिल्लो ५ वर्षको औसत वार्षिक आन्तरिक आय कम्तीमा १ अर्ब रुपैयाँ भएको,
  • पूर्वाधार र शहरी सुविधा:
    • सडक: कुल सडक लम्बाइको कम्तीमा ७५ प्रतिशत सडकहरू पक्की भएको,
    • यातायात: टर्मिनल सहितको बसपार्क, पार्किङ सुविधा, सब-वे, सडक पेटी र अपाङ्गतामैत्री शहरी सार्वजनिक परिवहन सेवा,
    • स्वास्थ्य: विशेषज्ञ सेवा सहितको अस्पताल, १०० शय्याको कम्तीमा एक साधारण अस्पताल सहित कुल ५०० शय्याको अस्पताल सुविधा,
    • शिक्षा: स्नातकोत्तर तहसम्मको अध्ययन संस्था र प्राविधिक शिक्षालय भएको,
    • खेलकुद र बजार: अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला र अन्तर्राष्ट्रिय स्तरको व्यापारिक प्रदर्शनी स्थल तथा सभाहल,
    • पर्यटन र संस्कृति: अन्तर्राष्ट्रिय स्तरको होटल सुविधा, संग्रहालय, नाचघर र सिर्जना ग्यालेरीहरू,
    • अन्य: अन्तर्राष्ट्रिय विमानस्थलसँगको आवागमनमा सहज पहुँच, सपिङ मलहरू, व्यवस्थित तरकारी तथा फलफूल बिक्री केन्द्र, पर्याप्त मनोरञ्जन स्थल, बाल उद्यान र ज्येष्ठ नागरिक मनोरञ्जन स्थल भएको,
    • आफ्नो क्षेत्रभित्र रहेका विशेष महत्त्वका सम्पदाहरूको संरक्षण र शहरी हरियाली तथा सौन्दर्य भएको हुनुपर्ने,

Categories

  • Current Affairs 634
  • Gorkhapatra 308
  • Others 1031
  • Vacancy 1
  • Past Questions 78
  • GK Loksewa Past Question Collection 0
  • Nepal Police 4

Latest Blogs

Detailed chronological table of educational history during the Rana period
Others

राणाकालीन शैक्षिक इतिहासको विस्तृत कालक्रमिक तालिका

  • May 26, 2026
  • 2664
The Fourth Five-Year Plan in the History of Nepal's Planned Development
Others

नेपालको योजनावद्ध विकासको इतिहासमा चौथो पञ्चवर्षीय योजना

  • May 26, 2026
  • 85
Historical development of the establishment of the United Nations
Others

संयुक्त राष्ट्र संघको स्थापनाको ऐतिहासिक विकासक्रम

  • May 26, 2026
  • 71
Titles of creators in the fields of Nepali literature, art, and music
Others

नेपाली साहित्य, कला र सङ्गीत क्षेत्रका स्रष्टाहरूका उपाधि

  • May 26, 2026
  • 2002
What is the Police Act, 2012? (Police Public Service Blog #3)
Nepal Police Others

के हो प्रहरी ऐन, २०१२? (प्रहरी लोकसेवा blog #3)

  • May 25, 2026
  • 59
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA