नेपालमा आदिवासी जनजातिहरूको वर्गीकरण
- आदिवासी जनजाति भन्नाले आफ्नै मातृभाषा, परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, छुट्टै सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएका जाति वा समुदायलाई बुझिन्छ।
- राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा आदिवासी जनजातिहरू कुल जनसङ्ख्या: १,०१,६८,८४४ (नेपालको कुल जनसङ्ख्याको ३४.८७ प्रतिशत)
- जनसङ्ख्याका आधारमा सबैभन्दा ठूलो जाति मगर (२०,२३,३२५) हो भने सबैभन्दा कम जनसङ्ख्या भएको जाति कुसुन्डा (२५३)
- आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार हाल नेपालमा सूचीकृत आदिवासी जनजातिहरू: ६० वटा (वि.सं. २०७७ जेष्ठ ५ मा 'राना थारु' थपिएपछि हाल कायम रहेको संख्या ६० पुगेको,)
नेपालका आदिवासी जनजातिको वर्गीकरण:
- नेपालका आदिवासी जनजातिहरूलाई उनीहरूको सामाजिक, आर्थिक र शैक्षिक अवस्था तथा साक्षरता दर, आवासको प्रकृति, भूमिको स्वामित्व, र रोजगारी जस्ता मानव विकासका सूचकहरूको आधारमा पाँचवटा समूहमा वर्गीकरण गरिएको,
| समूह | जनजातिहरू |
| लोपोन्मुख समूह (Endangered Group): | कुसुन्डा, वनकरिया, राउटे, सुरेल, हायु, राजी, किसान, लेप्चा, मेचे र कुशवाडिया (१० जनजाति) |
| अति सिमान्तकृत समूह (Highly Marginalized Group): | माझी, सियार, ल्होमी, थुदाम, धानुक, चेपाङ, सतार, झाँगड, थामी, बोटे, दनुवार र बरामो (१२ जनजाति) |
| सिमान्तकृत समूह (Marginalized Group): | सुनुवार, थारु, रानाथारु, तामाङ, भुजेल, कुमाल, कोचे (राजवंशी), गन्गाई, धिमाल, भोटे, दराई, ताजपुरिया, पहरी, तोप्केगोला, डोल्पो, फ्री, मुगाली, लार्के, ल्होपा, दुरा र वालुङ (२१ जनजाति) |
| सुविधा वञ्चित समूह (Disadvantaged Group): | गुरुङ, मगर, राई, लिम्बु, छैरोतन, ताङ्वे, तीनगाउँले, बाह्रगाउँले, मार्फाली, शेर्पा, याक्खा, छन्त्याल, जिरेल, व्यासी र ह्योल्मो (१५ जनजाति) |
| उन्नत समूह (Advanced Group): | नेवार र थकाली (२ जनजाति) |