Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको संविधान (२०७२) मा नागरिकता सम्बन्धी प्रावधानहरू

  • Ajnabee Khadka
  • March 19, 2026
  • 513

नेपालको संविधान (२०७२) मा नागरिकता सम्बन्धी प्रावधानहरू

Citizenship provisions in the Constitution of Nepal (2072)
  • नेपालको संविधानको भाग २ अन्तर्गत धारा १० देखि १५ सम्म नागरिकता सम्बन्धी प्रावधानहरू रहेका,
  • नेपालको संविधानमा मुख्यतया ४ प्रकारका नागरिकताको व्यवस्था गरिएको,

नेपालको संविधानमा व्यवस्था गरिएको ४ प्रकारका नागरिकताहरु:

क्रम नागरिकताको प्रकार व्यवस्था र विवरण
१.) वंशजको आधारमा नागरिकता (Citizenship by descent)
  • कुनै व्यक्तिको जन्म हुँदाका बखत निजको बाबु वा आमा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने,
  • नेपालभित्र फेला परेको र बाबु-आमाको ठेगान नभएको प्रत्येक नाबालकलाई पनि वंशजको नागरिक मानिने व्यवस्था,
  • नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजको नागरिकता पाउने,
२.) अङ्गीकृत नागरिकता (Naturalized citizenship)
  • नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा संघीय कानून बमोजिम अङ्गीकृत नागरिकता लिन सक्ने,
  • नेपाली महिला नागरिक र विदेशी बाबुबाट जन्मेको सन्तान नेपालमा नै स्थायी बसोबास गरेको र निजले विदेशी मुलुकको नागरिकता प्राप्त गरेको रहेनछ भने निजले अङ्गीकृत नागरिकता पाउने,
  • नेपाल सरकारले संघीय कानून बमोजिम अन्य विदेशीलाई पनि अङ्गीकृत नागरिकता प्रदान गर्न सक्ने,
३.) सम्मानार्थ नागरिकता (Honorary citizenship)
  • नेपाल सरकारले अन्तर्राष्ट्रिय स्तरमा विशिष्ट योगदान पुर्‍याई ख्याति प्राप्त गरेका विदेशी व्यक्तिलाई संघीय कानून बमोजिम नेपालको सम्मानार्थ नागरिकता प्रदान गर्न सक्ने,
४.) गैरआवासीय नेपाली नागरिकता (Non-Resident Nepali Citizenship)
  • दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्र बाहेकका देशको नागरिकता प्राप्त गरेको र साविकमा वंशजको वा जन्मको आधारमा आफू वा बाबु-आमा, बाजे-बज्यै नेपालको नागरिक रही पछि विदेशी नागरिकता लिएका व्यक्तिलाई यो नागरिकता दिइने,
  • यस्तो नागरिकता प्राप्त व्यक्तिले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोग गर्न पाउनेछन् तर राजनीतिक अधिकार नपाउने,
   

नेपालको संविधान (२०७२) मा नागरिकता समबन्धी गरिएको अन्य महत्वपूर्ण संवैधानिक प्रावधानहरू:

  • नागरिकताबाट वञ्चित नगरिने: कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन भनी संवैधानिक ग्यारेन्टी गरिएको,
  • लैंगिक पहिचान र बाबु/आमाको नाम: वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिले निजको आमा वा बाबुको नामबाट लैंगिक पहिचान सहितको नागरिकताको प्रमाणपत्र पाउन सक्ने हक सुनिश्चित गरिएको,
  • बाबु-आमा फेला नपरेका नाबालक: नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको प्रत्येक नाबालक निजको बाबु वा आमा फेला नपरेसम्म वंशजको आधारमा नेपालको नागरिक मानिने व्यवस्था,
  • बाबुको पहिचान हुन नसकेको सन्तान: नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजको आधारमा नागरिकता दिइने, तर, पछि बाबु विदेशी नागरिक भएको ठहरेमा त्यस्तो व्यक्तिको नागरिकता संघीय कानून बमोजिम अङ्गीकृत नागरिकतामा परिणत हुने प्रावधान,
  • क्षेत्र गाभिएका कारण हुने नागरिकता : नेपालको सिमानाभित्र गाभिने गरी कुनै नयाँ क्षेत्र प्राप्त भएमा त्यस्तो क्षेत्रभित्र बसोबास गर्ने व्यक्तिहरू संघीय कानूनको अधीनमा रही नेपालको नागरिक हुने,
  • गैरआवासीय नेपाली नागरिकताको अधिकार : गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउनेछन् तर राजनीतिक अधिकार भने नपाउने,
  • संघीय कानून बमोजिम हुने : नागरिकताको प्राप्ति, पुनः प्राप्ति र समाप्ति सम्बन्धी अन्य व्यवस्थाहरू तथा नागरिकताको प्रमाणपत्र सम्बन्धी अन्य विवरणहरू संघीय कानून बमोजिम हुने गरी अधिकार प्रत्यायोजन गरिएको,

 

Categories

  • Current Affairs 622
  • Gorkhapatra 306
  • Others 1005
  • Vacancy 1
  • Past Questions 76

Latest Blogs

List of major political ideologies, theories, and exponents
Others

प्रमुख राजनीतिक विचारधारा, सिद्धान्त र प्रतिपादकहरूको सूची

  • May 19, 2026
  • 69
Hot and dry winds blowing in different parts of the world
Others

विश्वका विभिन्न स्थानमा चल्ने तातो र सुक्खा हावाहरू

  • May 19, 2026
  • 78
Traditional wedding rituals of different Nepali castes
Others

विभिन्न नेपाली जातिको परम्परागत विवाह संस्कार

  • May 18, 2026
  • 69
Federal provincial structure of Nepal
Others

नेपालको संघीय प्रादेशिक स्वरूप

  • May 18, 2026
  • 74
Sandeep Lamichhane takes fastest 150 wickets in world cricket history
Current Affairs

सन्दीप लामिछानेद्वारा विश्व क्रिकेट इतिहासमै सबैभन्दा छिटो १५० विकेट

  • May 18, 2026
  • 50
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA