नेपालमा पहिलो पटक CAR-T सेल थेरापी सुरुवात
- नेपालमा पहिलो पटक क्यान्सर बिरामीको उपचारका लागि अत्याधुनिक CAR-T सेल थेरापी सेवा सफलतापूर्वक सुरु गरिएको,
- यो प्रविधि मार्फत पहिलो बिरामीको उपचार वि.सं. २०८३ असोज ११ (तद्नुसार २७ सेप्टेम्बर २०२६) मा गरिएको— रक्त क्यान्सर (Acute Lymphoblastic Leukaemia - ALL) बाट ग्रसित एक २० वर्षीया युवतीमा यो प्रविधि पहिलो पटक प्रयोग गरिएको,
- उपचार गरिएको अस्पताल: काठमाडौंको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (त्रि.वि. शिक्षण अस्पताल)
- नेपाली प्रविधि र उत्पादन: यस उपचारमा प्रयोग गरिएको CAR-T सेल्स (कोषिका) नेपालमै पहिलो पटक स्वदेशी प्रयोगशालामा उत्पादन र परिमार्जन गरिएको,
- उत्पादन गर्ने संस्था: काठमाडौंस्थित नेपाल पुनरुत्पादक चिकित्सा केन्द्र (Centre for Regenrative Medicine Nepal) ले यो प्रविधि विकास र कोषिका परिमार्जन गरेको,
- औषधि व्यवस्था विभागको स्वीकृति: नेपालको औषधि व्यवस्था विभाग (Dept. of Drug Administration) ले सन् २०२६ मार्च (वि.सं. २०८२ चैत) मा यस स्वदेशी 'CD19 CAR T-cell' उत्पादनलाई क्लिनिकल प्रयोगका लागि स्वीकृति दिएको,
- नेतृत्वकर्ता चिकित्सकहरू (क्लिनिकल टोलीको नेतृत्व): रक्त तथा अर्बुद रोग विशेषज्ञ डा. अञ्जन श्रेष्ठ र डा. प्रशुन उपाध्याय
- मुख्य वैज्ञानिक तथा प्रविधि हस्तान्तरण (अनुसन्धान र स्थानीय उत्पादन प्लेटफर्मको नेतृत्व): संयुक्त राज्य अमेरिकामा कार्यरत नेपाली प्रतिरक्षा प्रणाली विशेषज्ञ डा. सञ्जीवन गौतम
- सेवाको प्रकृति: यसलाई चिकित्सा विज्ञानमा 'लाइभ ड्रग (Live Drug)' वा इम्युनोथेरापी भनिन्छ, जसमा बिरामीकै शरीरको प्रतिरक्षा प्रणाली (T-cells) लाई प्रयोगशालामा क्यान्सरसँग लड्न शक्तिशाली बनाएर पुनः शरीरमा पठाइन्छ,
- लागत र महत्त्व: विकसित मुलुक र भारतको तुलनामा ९० प्रतिशतसम्म सस्तो मूल्यमा यो सेवा उपलब्ध गराई जटिल रक्त क्यान्सरका लागि विदेश जानुपर्ने बाध्यता अन्त्य गर्ने यसको मुख्य लक्ष्य रहेको,
- पूरा रूप: Chimeric Antigen Receptor T-cell (काइमेरिक एन्टिजेन रिसेप्टर टी-सेल)
- कार्यविधि: यो विधिको प्रयोग विशेषगरी केमोथेरापी असफल भएका वा पुनः क्यान्सर बल्झिएका (Relapsed/Refractory) बिरामीहरूमा गरिन्छ,