Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

आ.व. २०८२/८३ (२०२५/२६) को बजेट

  • Ajnabee Khadka
  • January 22, 2026
  • 956

आ.व. २०८२/८३ (२०२५/२६) को बजेट

Budget as of Fiscal Year 2082/83 (2025/26)

नेपाल र विश्वको बजेट इतिहास: एक झलक

शीर्षक विवरण / जानकारी
बजेटको परिभाषा एक आर्थिक वर्षको लागि सरकारको अनुमानित आय र व्ययको विवरण वा वित्तीय योजना।
नेपालमा बजेटको सुरुवात वि.सं. २००८ माघ २१ गते
पहिलो बजेट प्रस्तुत गर्ने अर्थमन्त्री सुवर्णशमशेर ज.ब.रा.
बजेट सुरुवात हुँदाका प्रधानमन्त्री मातृकाप्रसाद कोइराला
नेपालको पहिलो बजेटको आकार ५ करोड २५ लाख रुपैयाँ
विश्वमा बजेटको सुरुवात सन् १७३३ (बेलायतबाट)
विश्वको पहिलो बजेट पेश गर्ने व्यक्ति रोबर्ट वालपोल (बेलायतका तत्कालीन वित्तमन्त्री)
संवैधानिक व्यवस्था (नेपाल) धारा ११९ अनुसार जेठ १५ गते संघीय संसदमा बजेट पेश गर्नुपर्ने।

आर्थिक वर्ष २०८२/८३ को बजेट र आर्थिक सूचकहरू:

  • प्रस्तुत गर्ने अर्थमन्त्री: विष्णु पौडेल
  • मिति: २०८२ जेठ १५
  • आर्थिक वर्ष: २०८२/८३
विवरण जानकारी
गत वर्ष आर्थिक वृद्धिदर? ४.६१% हासिल
चालु आर्थिक वर्ष आर्थिक वृद्धिदर? ६% लक्ष्य
२०८२ वैशाख सम्म पर्यटक? ९ लाख २३ हजार पुगेका
मुद्रास्फीति? ५.५%
प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन? १४९६ अमेरिकी डलर पुग्ने अनुमान
चालु आ.व. आयात? १२.२%
चालु आ.व. निर्यात? ६५.२%
विप्रेषण आप्रवाह (Remittance)? रु. १११९१ अर्ब पुगेको छ

नेपालको बजेट आकार:

शिर्षक रकम
बजेट विनियोजन १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ (उक्त बजेट यस वर्षको सुरुको विनियोजनको तुलनामा ५.६ प्रतिशतले बढी र संशोधनको तुलनामा १८.२ प्रतिशतले बढी)
चालुगत खर्च  ११ खर्ब ८० अर्ब ५८ करोड (६०.०१ प्रतिशत)
पुँजीगत खर्च ४ खर्ब ७ अर्ब ६९ करोड (२०.८ प्रतिशत)
वित्तीय व्यवस्थापन ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ (१९.१ प्रतिशत)
  • यस आर्थिक वर्षमा सरकारको कुल खर्च १६ खर्ब ६२ अर्ब ३७ करोड रुपैयाँ पुग्ने संशोधित अनुमान गरिएको (कुल विनियोजनको ८९.४ प्रतिशत),
  • सरकारको संशोधित अनुमान चालु खर्च विनियोजनको ८८.८ प्रतिशत, पुँजीगत खर्च विनियोजनको ६३.५ प्रतिशत र वित्तीय व्यवस्थापनमा विनियोजनको ९७.६ प्रतिशत खर्च,

आर्थिक वर्ष २०८२/८३ बजेटका उद्देश्यहरु (५ वटा):

  • उच्च, दिगो एवं फराकिलो आर्थिक वृद्धि हासिल गरी गरिब निवारण गर्ने
  • उद्यमशीलता विकास र सार्वजनिक तथा निजी लगानी विस्तार गरी रोजगारी सिर्जना गर्ने
  • आधुनिक प्रविधिको प्रयोग बढाउँदै आर्थिक दक्षता वृद्धि गर्ने ,
  • सामाजिक संरक्षण एवम् विकासका माध्यमबाट सामाजिक न्याय कायम गर्ने ,
  • गुणस्तरीय सार्वजनिक सेवा र सुशासन प्रवर्द्धन गर्ने।

आर्थिक वर्ष २०८२/८३ बजेटका प्राथमिकताहरु (५ वटा):

  • उद्यमशीलता, रोजगारी, उत्पादन तथा उत्पादकत्व अभिवृद्धि,
  • प्रतिफलमुखी गुणस्तरीय भौतिक पूर्वाधारमा लगानी विस्तार,
  • सामाजिक क्षेत्रका गुणात्मक सुधार,
  • सन्तुलित विकास र सामाजिक सुरक्षाको सुनिश्चितता,
  • नागरिकमैत्री सेवा, भ्रष्टाचार नियन्त्रण र शासकीय सुधार।

२०८२/०८३ को बजेटका केहि प्रमुख पक्षको सारांश:

१. कर, वित्त र डिजिटल अर्थतन्त्र:

  • डिजिटल पेमेन्ट: डिजिटल भुक्तानीमा लाग्ने मूल्य अभिवृद्धि कर (VAT) पूर्ण रूपमा खारेज गरिएको छ।
  • स्टार्टअप प्रोत्साहन: स्टार्टअप कर्जाका लागि रू. ७३ करोड विनियोजन गरिएको छ र १० करोडसम्म कारोबार गर्ने स्टार्टअपलाई ५ वर्षसम्म आयकर लाग्ने छैन।
  • IT निर्यात: सूचना प्रविधि सेवा निर्यातबाट प्राप्त हुने आयमा ७५ प्रतिशत कर छुट दिइनेछ।
  • विद्युतीय सवारी: विद्युतीय सवारी आयातमा लाग्ने कर तथा महसुललाई यथावत् राखिएको छ।
  • निजी लगानी: व्यवसायीहरूले कुल निर्यातको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न पाउने र 'स्वेट सेयर' लाई कानुनी मान्यता दिइएको छ।

२. स्वास्थ्य र सामाजिक सुरक्षा:

  • जलन उपचार: सबै प्रदेशका एक/एक सरकारी अस्पतालमा विशिष्टीकृत जलन (Burn) उपचार विभाग स्थापना गरिनेछ।
  • बाल स्वास्थ्य: १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको उपचार निःशुल्क गरिनेछ।
  • बजेट विनियोजन: स्वास्थ्य क्षेत्रका लागि रू. ९५ अर्ब ८१ करोड र निःशुल्क स्यानिटरी प्याडका लागि रू. १ अर्ब २९ करोड विनियोजन गरिएको छ।
  • वृद्धभत्ता: सामाजिक सुरक्षा अन्तर्गत वृद्धभत्ता पाउने उमेर ७० वर्ष कायम गरिएको छ।
  • महँगी भत्ता: सरकारी कर्मचारीको तलब वृद्धि नगरे पनि महँगी भत्ता मासिक रू. ५,००० पुर्‍याइएको छ।

३. कृषि, भूमि र वातावरण:

  • कृषि बजेट: कृषि तथा पशुपन्छी मन्त्रालयका लागि रू. ५७ अर्ब ४८ करोड र रासायनिक मल खरिदका लागि रू. २८ अर्ब विनियोजन गरिएको छ।
  • भूमि बैंक: आगामी वर्ष १०० वटा स्थानीय तहमा भूमि बैंक स्थापना गरिनेछ र ५ लाख सुकुम्बासी परिवारलाई जग्गाधनी पूर्जा वितरण गरिनेछ।
  • आत्मनिर्भरता: २ वर्षभित्र चामलमा आत्मनिर्भर हुन २२ जिल्लामा चैते धान प्रवर्द्धन गरिनेछ।
  • प्लास्टिक प्रतिबन्ध: ४० माइक्रोन भन्दा पातला प्लास्टिकलाई आगामी मंसिर १ गतेदेखि प्रतिबन्ध लगाइनेछ।

४. पूर्वाधार, ऊर्जा र सञ्चार:

  • यातायात: भौतिक पूर्वाधार मन्त्रालयका लागि रू. १ खर्ब ५२ अर्ब विनियोजन गरिएको छ। नागढुंगा र सिद्धबाबा सुरुङमार्ग आगामी वर्ष सम्पन्न गरिनेछ।
  • ऊर्जा: थप ९०० मेगावाट बिजुली थपिने र कुल जडित क्षमता ४,८०० मेगावाट पुर्‍याइनेछ। बुढीगण्डकी आयोजना PPP मोडलमा बनाइनेछ।
  • टेलिकम: नेपाल टेलिकमको ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री (विनिवेश) गरिनेछ।
  • फाइभजी (5G): काठमाडौँ उपत्यका र ठूला सहरहरूमा फाइभजी सेवाको सुरुवात गरिनेछ।

५. शिक्षा र प्रविधि:

  • डिजिटल शिक्षा: विद्यालय तहमा भर्चुअल सिकाईका लागि 'डिजिटल सिकाइ पोर्टल' विकास गरिनेछ।
  • एआई (AI): नेपालमा पहिलो पटक एआई सेन्टर स्थापना गर्ने र स्वास्थ्य सेवामा रोबोटिक प्रविधिको उपयोग गर्ने लक्ष्य लिइएको छ।
  • शिक्षक बैंक: सामुदायिक विद्यालयमा शिक्षक अभाव हटाउन 'शिक्षक बैंक' स्थापना गरिनेछ।

६. पर्यटन र अन्य नीतिहरू:

  • विमानस्थल: त्रिभुवन विमानस्थललाई 'बुटिक विमानस्थल' बनाउन रू. ४ अर्ब १५ करोड विनियोजन गरिएको छ।
  • अध्यागमन: अनलाइन भिसा र अनलाइन पेमेन्ट सिस्टम लागू गरी अध्यागमनलाई चुस्त बनाइनेछ।
  • रोजगार: राष्ट्रिय रोजगार प्रवर्द्धनका लागि रू. १ अर्ब ९९ करोड विनियोजन गरिएको छ।

Categories

  • Current Affairs 671
  • Gorkhapatra 314
  • Others 1056
  • Vacancy 1
  • Past Questions 79
  • Nepal Police 4

Latest Blogs

17th DCine Awards
Current Affairs

१७ औँ डी सिने अवार्ड

  • Jun 10, 2026
  • 25
Public Finance and Administration in FY 2082/083
Current Affairs

आ.व. २०८२/०८३ मा सार्वजनिक वित्त र प्रशासन

  • Jun 10, 2026
  • 117
Sectoral contribution to GDP (based on data from Economic Survey 2082/83)
Current Affairs

कुल गार्हस्थ्य उत्पादनमा क्षेत्रगत योगदान (आर्थिक सर्वेक्षण २०८२/८३ को तथ्याङ्कका आधारमा)

  • Jun 10, 2026
  • 104
Asian Games Men's T20 Qualifiers, 2026
Current Affairs

एसियन गेम्स पुरुष टी–२० छनोट प्रतियोगिता, २०२६

  • Jun 10, 2026
  • 96
Method of presenting and passing the Finance Bill: Topical Q&A (27 Jestha 2083, Wednesday)
Gorkhapatra

अर्थ विधेयक प्रस्तुत र पारित गर्ने विधि : विषयगत प्रश्नोत्तर (२७ जेठ २०८३, बुधबार)

  • Jun 10, 2026
  • 26
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA