आ.व. २०८२/८३ (२०२५/२६) को बजेट
नेपाल र विश्वको बजेट इतिहास: एक झलक
| शीर्षक | विवरण / जानकारी |
| बजेटको परिभाषा | एक आर्थिक वर्षको लागि सरकारको अनुमानित आय र व्ययको विवरण वा वित्तीय योजना। |
| नेपालमा बजेटको सुरुवात | वि.सं. २००८ माघ २१ गते |
| पहिलो बजेट प्रस्तुत गर्ने अर्थमन्त्री | सुवर्णशमशेर ज.ब.रा. |
| बजेट सुरुवात हुँदाका प्रधानमन्त्री | मातृकाप्रसाद कोइराला |
| नेपालको पहिलो बजेटको आकार | ५ करोड २५ लाख रुपैयाँ |
| विश्वमा बजेटको सुरुवात | सन् १७३३ (बेलायतबाट) |
| विश्वको पहिलो बजेट पेश गर्ने व्यक्ति | रोबर्ट वालपोल (बेलायतका तत्कालीन वित्तमन्त्री) |
| संवैधानिक व्यवस्था (नेपाल) | धारा ११९ अनुसार जेठ १५ गते संघीय संसदमा बजेट पेश गर्नुपर्ने। |
आर्थिक वर्ष २०८२/८३ को बजेट र आर्थिक सूचकहरू:
- प्रस्तुत गर्ने अर्थमन्त्री: विष्णु पौडेल
- मिति: २०८२ जेठ १५
- आर्थिक वर्ष: २०८२/८३
| विवरण | जानकारी |
| गत वर्ष आर्थिक वृद्धिदर? | ४.६१% हासिल |
| चालु आर्थिक वर्ष आर्थिक वृद्धिदर? | ६% लक्ष्य |
| २०८२ वैशाख सम्म पर्यटक? | ९ लाख २३ हजार पुगेका |
| मुद्रास्फीति? | ५.५% |
| प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन? | १४९६ अमेरिकी डलर पुग्ने अनुमान |
| चालु आ.व. आयात? | १२.२% |
| चालु आ.व. निर्यात? | ६५.२% |
| विप्रेषण आप्रवाह (Remittance)? | रु. १११९१ अर्ब पुगेको छ |
नेपालको बजेट आकार:
| शिर्षक | रकम |
| बजेट विनियोजन | १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ (उक्त बजेट यस वर्षको सुरुको विनियोजनको तुलनामा ५.६ प्रतिशतले बढी र संशोधनको तुलनामा १८.२ प्रतिशतले बढी) |
| चालुगत खर्च | ११ खर्ब ८० अर्ब ५८ करोड (६०.०१ प्रतिशत) |
| पुँजीगत खर्च | ४ खर्ब ७ अर्ब ६९ करोड (२०.८ प्रतिशत) |
| वित्तीय व्यवस्थापन | ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ (१९.१ प्रतिशत) |
- यस आर्थिक वर्षमा सरकारको कुल खर्च १६ खर्ब ६२ अर्ब ३७ करोड रुपैयाँ पुग्ने संशोधित अनुमान गरिएको (कुल विनियोजनको ८९.४ प्रतिशत),
- सरकारको संशोधित अनुमान चालु खर्च विनियोजनको ८८.८ प्रतिशत, पुँजीगत खर्च विनियोजनको ६३.५ प्रतिशत र वित्तीय व्यवस्थापनमा विनियोजनको ९७.६ प्रतिशत खर्च,
आर्थिक वर्ष २०८२/८३ बजेटका उद्देश्यहरु (५ वटा):
- उच्च, दिगो एवं फराकिलो आर्थिक वृद्धि हासिल गरी गरिब निवारण गर्ने
- उद्यमशीलता विकास र सार्वजनिक तथा निजी लगानी विस्तार गरी रोजगारी सिर्जना गर्ने
- आधुनिक प्रविधिको प्रयोग बढाउँदै आर्थिक दक्षता वृद्धि गर्ने ,
- सामाजिक संरक्षण एवम् विकासका माध्यमबाट सामाजिक न्याय कायम गर्ने ,
- गुणस्तरीय सार्वजनिक सेवा र सुशासन प्रवर्द्धन गर्ने।
आर्थिक वर्ष २०८२/८३ बजेटका प्राथमिकताहरु (५ वटा):
- उद्यमशीलता, रोजगारी, उत्पादन तथा उत्पादकत्व अभिवृद्धि,
- प्रतिफलमुखी गुणस्तरीय भौतिक पूर्वाधारमा लगानी विस्तार,
- सामाजिक क्षेत्रका गुणात्मक सुधार,
- सन्तुलित विकास र सामाजिक सुरक्षाको सुनिश्चितता,
- नागरिकमैत्री सेवा, भ्रष्टाचार नियन्त्रण र शासकीय सुधार।
२०८२/०८३ को बजेटका केहि प्रमुख पक्षको सारांश:
१. कर, वित्त र डिजिटल अर्थतन्त्र:
- डिजिटल पेमेन्ट: डिजिटल भुक्तानीमा लाग्ने मूल्य अभिवृद्धि कर (VAT) पूर्ण रूपमा खारेज गरिएको छ।
- स्टार्टअप प्रोत्साहन: स्टार्टअप कर्जाका लागि रू. ७३ करोड विनियोजन गरिएको छ र १० करोडसम्म कारोबार गर्ने स्टार्टअपलाई ५ वर्षसम्म आयकर लाग्ने छैन।
- IT निर्यात: सूचना प्रविधि सेवा निर्यातबाट प्राप्त हुने आयमा ७५ प्रतिशत कर छुट दिइनेछ।
- विद्युतीय सवारी: विद्युतीय सवारी आयातमा लाग्ने कर तथा महसुललाई यथावत् राखिएको छ।
- निजी लगानी: व्यवसायीहरूले कुल निर्यातको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न पाउने र 'स्वेट सेयर' लाई कानुनी मान्यता दिइएको छ।
२. स्वास्थ्य र सामाजिक सुरक्षा:
- जलन उपचार: सबै प्रदेशका एक/एक सरकारी अस्पतालमा विशिष्टीकृत जलन (Burn) उपचार विभाग स्थापना गरिनेछ।
- बाल स्वास्थ्य: १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको उपचार निःशुल्क गरिनेछ।
- बजेट विनियोजन: स्वास्थ्य क्षेत्रका लागि रू. ९५ अर्ब ८१ करोड र निःशुल्क स्यानिटरी प्याडका लागि रू. १ अर्ब २९ करोड विनियोजन गरिएको छ।
- वृद्धभत्ता: सामाजिक सुरक्षा अन्तर्गत वृद्धभत्ता पाउने उमेर ७० वर्ष कायम गरिएको छ।
- महँगी भत्ता: सरकारी कर्मचारीको तलब वृद्धि नगरे पनि महँगी भत्ता मासिक रू. ५,००० पुर्याइएको छ।
३. कृषि, भूमि र वातावरण:
- कृषि बजेट: कृषि तथा पशुपन्छी मन्त्रालयका लागि रू. ५७ अर्ब ४८ करोड र रासायनिक मल खरिदका लागि रू. २८ अर्ब विनियोजन गरिएको छ।
- भूमि बैंक: आगामी वर्ष १०० वटा स्थानीय तहमा भूमि बैंक स्थापना गरिनेछ र ५ लाख सुकुम्बासी परिवारलाई जग्गाधनी पूर्जा वितरण गरिनेछ।
- आत्मनिर्भरता: २ वर्षभित्र चामलमा आत्मनिर्भर हुन २२ जिल्लामा चैते धान प्रवर्द्धन गरिनेछ।
- प्लास्टिक प्रतिबन्ध: ४० माइक्रोन भन्दा पातला प्लास्टिकलाई आगामी मंसिर १ गतेदेखि प्रतिबन्ध लगाइनेछ।
४. पूर्वाधार, ऊर्जा र सञ्चार:
- यातायात: भौतिक पूर्वाधार मन्त्रालयका लागि रू. १ खर्ब ५२ अर्ब विनियोजन गरिएको छ। नागढुंगा र सिद्धबाबा सुरुङमार्ग आगामी वर्ष सम्पन्न गरिनेछ।
- ऊर्जा: थप ९०० मेगावाट बिजुली थपिने र कुल जडित क्षमता ४,८०० मेगावाट पुर्याइनेछ। बुढीगण्डकी आयोजना PPP मोडलमा बनाइनेछ।
- टेलिकम: नेपाल टेलिकमको ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री (विनिवेश) गरिनेछ।
- फाइभजी (5G): काठमाडौँ उपत्यका र ठूला सहरहरूमा फाइभजी सेवाको सुरुवात गरिनेछ।
५. शिक्षा र प्रविधि:
- डिजिटल शिक्षा: विद्यालय तहमा भर्चुअल सिकाईका लागि 'डिजिटल सिकाइ पोर्टल' विकास गरिनेछ।
- एआई (AI): नेपालमा पहिलो पटक एआई सेन्टर स्थापना गर्ने र स्वास्थ्य सेवामा रोबोटिक प्रविधिको उपयोग गर्ने लक्ष्य लिइएको छ।
- शिक्षक बैंक: सामुदायिक विद्यालयमा शिक्षक अभाव हटाउन 'शिक्षक बैंक' स्थापना गरिनेछ।
६. पर्यटन र अन्य नीतिहरू:
- विमानस्थल: त्रिभुवन विमानस्थललाई 'बुटिक विमानस्थल' बनाउन रू. ४ अर्ब १५ करोड विनियोजन गरिएको छ।
- अध्यागमन: अनलाइन भिसा र अनलाइन पेमेन्ट सिस्टम लागू गरी अध्यागमनलाई चुस्त बनाइनेछ।
- रोजगार: राष्ट्रिय रोजगार प्रवर्द्धनका लागि रू. १ अर्ब ९९ करोड विनियोजन गरिएको छ।