Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

बाइसी राज्यहरू

  • Ajnabee Khadka
  • June 04, 2026
  • 350

बाइसी राज्यहरू

Baisi Rajya
  • बाइसी राज्य भन्नाले नेपालको मध्यकालमा कर्णाली-भेरी क्षेत्रमा रहेका २२ वटा स-साना स्वतन्त्र खस राज्यहरूको समूहलाई बुझिन्छ,
  • स्थापना काल: १३औँ शताब्दीतिर विशाल खस-मल्ल साम्राज्य (राजधानी सिंजा) को पतन भएपछि यी राज्यहरू अस्तित्वमा आएका,
  • प्रवर्तक: राजा मलै बम्मलाई बाइसी राज्यका प्रवर्तक मानिन्छ, जसले आफ्नो विशाल राज्य आफ्ना सन्तानहरूलाई अंशबन्डा गरिदिँदा बाइसी राज्यहरूको सिर्जना भएको,
  • भौगोलिक क्षेत्र: राप्ती नदीदेखि पश्चिम र महाकाली नदीदेखि पूर्वको पहाडी भू-भाग
  • भौगोलिक विस्तार: कुनै समय यी राज्यहरू पश्चिममा कुमाउँको चम्पावतीसम्म फैलिएका,
  • बाइसी नामाकरणका सम्बन्धमा विभिन्न तर्कहरू रहेका छन्:
    • भौगोलिक: जुम्ला राज्यभित्रका ११ पर्वतका दुई-दुई पाखा गरी जम्मा २२ पाखा भएका,
    • जनसंख्या: जुम्लाको कुल आवादी वा घरधुरी २२ हजार भएका,
    • सांस्कृतिक: यस क्षेत्रमा पूजा गरिने मुख्य देवी-देवताहरू (बाह्र भाइ मष्ट र नौ बहिनी भवानी आदि) को संख्या २२ भएका,
    • जातीय: खस मल्ल साम्राज्यको पतनपछि बनेका २२ थरी खसहरू बसोबास गर्ने क्षेत्र भएका,
  • बाइसी राज्यहरूमध्ये जुम्ला सबैभन्दा शक्तिशाली रहेको,
  • नेपाल एकीकरणको क्रममा गोर्खाली फौजले यी राज्यहरूलाई विशाल नेपालमा गाभेको (कतिपय राज्यहरूले (जस्तै: बझाङ, जाजरकोट, सल्यान) गोर्खाको अधिनता स्वीकार गरी 'आश्रित राज्य (Dependent State)' का रूपमा रहेका,)

बाइसी राज्यहरू, तिनका संस्थापक र स्थापना कालको विवरण:

क्रम.
राज्यको नाम
संस्थापक राजा
स्थापना (वि.सं.)
१
जुम्ला
बलिराज
१४५०
२
बझाङ
शक्तिसिंह
१५०३
३
थलहरा
झक्तिसिंह
१५०३
४
अछाम
जगती वर्मा
१५४३
५
दैलेख
मलय वर्मा
१५४३
६
दुल्लु
मलय वर्मा
१५४३
७
बाजुरा
डुङ्गरसिंह
१६५०
८
दर्ना
उदय वर्मा
१५७५
९
सल्यान
सुमेरु वर्मा
१५७५
१०
रुकुम
नरी बम
१५७५
११
जहारी
माधव बम
१५७५
१२
पल्लो मुसिकोट
जतु वर्मा
१५७५
१३
बाँफीकोट
जगदीश बम
१५७५
१४
जाजरकोट
मेदिनी वर्मा
१४६१
१५
डोटी
निरयपाल
१४०९
१६
धुलीकोट
प्रभात राय
१६२५
१७
गजुल
जुधसिंह
१५५०
१८
खुम्री
इन्द्रपाल सेन
१६२३
१९
मालनेटा
मदनराज
१७००
२०
दाङ
दलीसिंह
१४८०
२१
छिल्लीकोट
मेघनाथ शाह
१७०३

नोट: इतिहासकारहरूका अनुसार बाइसी राज्यहरूको सङ्ख्या समयक्रममा फुट्ने र जुट्ने प्रक्रियाका कारण कहिले १८ त कहिले ३० सम्म पुग्ने गरेको; माथिको सूची ऐतिहासिक रूपमा सबैभन्दा बढी मान्यता प्राप्त बाइसी राज्यहरूको रहेको,

Categories

  • Current Affairs 722
  • Gorkhapatra 327
  • Others 1121
  • Vacancy 1
  • Past Questions 103
  • Nepal Police 8

Latest Blogs

Gandaki Province, Mechanical Supervisor (Fifth Level) - 2083/04/07
Past Questions

गण्डकी प्रदेश, मेकानिकल सुपरभाइजर (पाँचौं तह) - २०८३/०४/०७

  • Jul 26, 2026
  • 2
44th Chinnalata Song Awards and Honors
Current Affairs

४४औँ छिन्नलता गीत पुरस्कार एवम् सम्मान

  • Jul 26, 2026
  • 26
Economic Survey 2082/083: Consolidated Table of Key Figures
Current Affairs

आर्थिक सर्वेक्षण २०८२/०८३: मुख्य तथ्याङ्कहरूको एकीकृत तालिका

  • Jul 26, 2026
  • 65
Various tropical cyclones of the world and their regional names
Others

विश्वका विभिन्न उष्णदेशीय चक्रवात आँधीहरू (Tropical Cyclones) र तिनका क्षेत्रीय नाम

  • Jul 24, 2026
  • 99
Gandaki Province, Lab Technician (Fifth Level), 2083/04/05
Past Questions

गण्डकी प्रदेश, ल्याब प्राविधिक (पाँचौँ तह), २०८३/०४/०५

  • Jul 24, 2026
  • 90
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA