Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

एसिया महादेश

  • Ajnabee Khadka
  • July 28, 2026
  • 52

एसिया महादेश

Asia
विषयवस्तु
विस्तृत विवरण र तथ्यहरू
कुल क्षेत्रफल (अन्तर्राष्ट्रिय मानक)
  • ४,४५,७९,००० वर्ग किलोमिटर (लगभग १,७२,१२,००० वर्ग माइल) — एसिया क्षेत्रफलको आधारमा विश्वको सबैभन्दा ठूलो महादेश
  • पृथ्वीको कुल स्थल भू-भागमा एसिया महादेशले ओगटेको हिस्सा: लगभग २९.९% देखि ३०% क्षेत्र ओगटेको,
  • पृथ्वीको कुल क्षेत्रफलमा एसिया महादेशले ओगटेको हिस्सा: करिब ८.७%
कुल क्षेत्रफल (बृहत गणना)
४,५३,८१,३०० वर्ग किलोमिटर (रसिया, टर्की लगायतका अन्तर-महाद्विपीय क्षेत्र समेट्दा) 
भौगोलिक अवस्थिति
  • अक्षांशीय विस्तार (Latitude): १०° दक्षिणी अक्षांश देखि ७८° उत्तरी अक्षांश सम्म
  • देशान्तरीय विस्तार (Longitude): २५° पूर्वी देशान्तर देखि १७०° पश्चिमी देशान्तर सम्म
जनसंख्या
एसियाको जनसंख्याले विश्वको कुल जनसंख्याको करिब ५८.५९% (लगभग ५९ प्रतिशत) हिस्सा ओगटेको — एसिया जनसंख्याको आधारमा विश्वको सबैभन्दा ठूलो महादेश
चार सिमाना
  • पूर्व: प्रशान्त महासागर (Pacific Ocean)
  • पश्चिम: युरोप महादेश 
  • उत्तर: सुमेरु महासागर (Arctic Ocean)
  • दक्षिण: हिन्द महासागर (Indian Ocean)
अन्य महादेशहरूसँगको सिमाना
  • युरोप (Europe) सँगको सिमाना: 
    • पर्वत: युराल पर्वत (Ural Mountains) र ककेशस पर्वत (Caucasus Mountains)
    • नदी: युराल नदी (Ural River)
    • सागरहरू: क्यास्पियन सागर, कालो सागर (Black Sea), मार्मरा सागर र भूमध्य सागर
    • जलडमरूमध्य: बोस्फोरस र डार्डनेल्स जलडमरूमध्य (Bosphorus and Dardanelles Straits)
  • अफ्रिका (Africa) सँगको सिमाना: एसिया र अफ्रिका महादेशलाई सुवेज नहर (Suez Canal), लाल सागर (Red Sea) र बाब-एल-मन्डेब जलडमरूमध्य (Bab-el-Mandeb Strait) ले छुट्ट्याउँछन्,
  • उत्तर अमेरिका (North America) सँगको सिमाना: उत्तर-पूर्वमा एसिया (रसिया) र उत्तर अमेरिका (संयुक्त राज्य अमेरिकाको अलास्का राज्य) लाई बेरिङ जलडमरूमध्य (Bering Strait) ले छुट्ट्याउँछ,
  • अस्ट्रेलिया / ओशिनिया (Australia / Oceania) सँगको सिमाना: दक्षिण-पूर्वमा इन्डोनेसियाली द्वीपसमूहहरू (आराफुरा सागर, टिमोर सागर) ले एसिया र अस्ट्रेलिया महादेशलाई विभाजन गर्छन्,
देशहरुको संख्या (संयुक्त राष्ट्र संघद्वारा अधिकारिक रुपमा मान्यता प्राप्त सार्वभौम देशहरु)
४८ वटा
अन्तर-महाद्विपीय (Transcontinental) देशहरु
रसिया, टर्की, काजाकिस्तान, अजरबैजान र जर्जिया
भूपरिवेष्ठित (Landlocked) देशहरु
  • कुल देशहरु: १२ वटा (नेपाल, भुटान, अफगानिस्तान, मङ्गोलिया, काजकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, तुर्कमेनिस्तान, उज्बेकिस्तान, लाओस, आर्मेनिया, अजरबैजान)
  • विश्वकै सबैभन्दा ठूलो भूपरिवेष्ठित देश: काजाकिस्तान 
  • एसिया महादेशको सबैभन्दा सानो भूपरिवेष्ठित देश: अर्मेनिया
  • एसिया महादेशको एकमात्र दोहोरो भूपरिवेष्ठित देश (Doubly Landlocked): उज्बेकिस्तान
एसिया महादेशको क्षेत्रगत विभाजन (Regional Division of Asia) र प्रमुख देशहरू
१.) दक्षिण एसिया (South Asia): नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, भुटान, माल्दिभ्स, अफगानिस्तान
२.) पूर्वी एसिया (East Asia): चीन, जापान, उत्तर कोरिया, दक्षिण कोरिया, मङ्गोलिया
३.) दक्षिण-पूर्वी एसिया (Southeast Asia): इन्डोनेसिया, मलेसिया, थाइल्याण्ड, भियतनाम, फिलिपिन्स, सिंगापुर, म्यान्मार, कम्बोडिया, लाओस, ब्रुनाई, पूर्वी टिमोर
४.) पश्चिमी एसिया / मध्य पूर्व (West Asia / Middle East): साउदी अरब, कतार, यु.ए.ई, कुवेत, इराक, इरान, इजरायल, जोर्डन, लेबनान, ओमान, यमन, सिरिया, टर्की, अर्मेनिया, अजरबैजान, जर्जिया, साइप्रस
५.) मध्य एसिया (Central Asia): काजाकिस्तान, उज्बेकिस्तान, तुर्कमेनिस्तान, किर्गिस्तान, ताजिकिस्तान
क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो देश
  • पूर्ण रूपमा एसियामा पर्ने आधारमा: चीन (China)
  • अन्तर-महाद्विपीय (Transcontinental) आधारमा: रुस (Russia) — रुसको करिब ७७ प्रतिशत भाग एसियामा महादेशमा र करिब २३ प्रतिशत भाग युरोप महादेशमा रहेको,
क्षेत्रफलको आधारमा सबैभन्दा सानो देश

 माल्दिभ्स (Maldives) 

सबैभन्दा उच्चतम विन्दु (विश्वकै)
अधिकांश रुपमा नेपालमा अवस्थित सगरमाथा (Mount Everest) — समुद्र सतहबाट ८,८४८.८६ मिटर (२९,०३१.७ फिट) 
सबैभन्दा उच्चतम विन्दु (विश्वकै)
एसिया महादेशका राष्ट्रहरु; इजरायल र जोर्डनको सिमानामा अवस्थित मृत सागर (Dead Sea) — समुद्र सतहबाट ४२७ मिटर (१,४०१ फिट)
प्रमुख नदीहरु
  •  याङ्ग्त्से नदी (Yangtze River), हवाङहो नदी (Huang He / Yellow River), मेकोङ नदी (Mekong River), सिन्धु नदी (Indus River), गङ्गा नदी (Ganges River), ब्रह्मपुत्र नदी (Brahmaputra River), युफ्रेटस नदी (Euphrates River), टाइग्रिस नदी (Tigris River) आदि
  • एसिया महादेशको सबैभन्दा लामो नदी: चीनमा अवस्थित ६,३०१ कि.मी. (३,९१५ माइल) लामो याङ्ग्त्से नदी
प्रमुख मरुभूमिहरु
  • गोबी मरुभूमि (Gobi Desert), अरबको मरुभूमि (Arabian Desert), थार मरुभूमि (Thar Desert), तकलामकान मरुभूमि (Taklamakan Desert), रब अल खाली मरुभूमि (Rub' al Khali Desert), दश्त-ए-लुत र दश्त-ए-कभिर मरुभूमि (Dasht-e-Lut & Dasht-e-Kavir Desert) आदि
  • एसिया महादेशको सबैभन्दा ठुलो मरुभूमि: चीन र मङ्गोलियामा फैलिएको गोबी मरुभूमि 
प्रमुख पर्वत शृंखलाहरु
  • हिमालय पर्वत श्रृंखला (The Himalayas), काराकोरम श्रृंखला (Karakoram Range), हिन्दुकुश पर्वत श्रृंखला (Hindu Kush Mountain Range) आदि
  • विश्वकै सबैभन्दा अग्लो पर्वतमाला: हिमालय पर्वत श्रृंखला (The Himalayas)
प्रमुख सागरहरु
  • दक्षिण चीन सागर (South China Sea), अरब सागर (Arabian Sea), क्यास्पियन सागर (Caspian Sea), जापान सागर (Sea of ​​Japan), मृत सागर (Dead Sea), बङ्गलको खाडी (Bay of Bengal) आदि
  • एसियाको सबैभन्दा ठुलो सागर: दक्षिण चीन सागर
  • विश्वकै सबैभन्दा ठूलो आन्तरिक सागर तर प्राविधिक रुपमा ताल: क्यास्पियन सागर
  • विश्वको सबैभन्दा होचो विन्दु (Lowest Elevation Point on earth): मृत सागर
  • क्षेत्रफलको आधारमा विश्वकै सबैभन्दा ठुलो खाडी: बङ्गलको खाडी
जनसंख्याको आधारमा सबैभन्दा ठुलो देश (विश्वकै)
भारत (India) — भारतले सन् २०२३ मा चीनलाई पछि पार्दै एसिया र विश्वकै सबैभन्दा बढी जनसंख्या भएको देशको कीर्तिमान बनाएको,
जनसंख्याको आधारमा सबैभन्दा सानो देश
मालदिभ्स (Maldives)
जनसंख्याको हिसाबले सबैभन्दा ठूलो धार्मिक समूह 
इस्लाम (Islam)
प्रमुख भाषाहरू
मन्दारिन (चिनियाँ), हिन्दी, उर्दु, अरबी, बंगाली, रुसी आदि
 प्रमुख जलवायु (Major Climates) 
मनसुनी जलवायु (Monsoon Climate), भूमध्यसागरीय जलवायु (Mediterranean Climate), मरुदितीय / उष्ण मरुभूमि जलवायु (Desert/Arid Climate), टुण्ड्रा तथा ध्रुवीय जलवायु (Tundra & Polar Climate), महाद्वीपीय जलवायु (Continental Climate), उष्णकटिबन्धीय वर्षा वन जलवायु (Tropical Rainforest Climate), उच्च पहाडी / अल्पाइन जलवायु (Alpine/Mountain Climate) आदि
अतिरिक्त किर्तिमान
  • भौगर्भिक रूपले (Geologically) एसिया महादेशको दक्षिणी भाग (विशेष गरी हिमालय पर्वत श्रृंखला (The Himalayas)) पृथ्वीको सबैभन्दा कान्छो पर्वतीय क्षेत्र हो,
  • विश्वका प्रमुख धर्महरू (हिन्दू, बौद्ध, इस्लाम, इसाई, यहूदी, सिख, ताओ आदि) को उत्पत्ति एसिया महादेशमै भएको,
  • विश्वकै सबैभन्दा ठूलो ताल: एसिया र युरोपको सिमानामा रहेका ५ वटा देशहरू (तुर्कमेनिस्तान (Turkmenistan), अजरबैजान (Azerbaijan), रूस (Russia), इरान (Iran) र कजाकिस्तान (Kazakhstan)) बीच साझा रूपमा अवस्थित क्यास्पियन सागर (Caspian Sea) — यो ताल कुनैपनि महासागरसँग सीधा नजोडिएको संसारकै ठूलो अन्तर्देशीय जलराशि (Inland Body of Water) र चारैतिरबाट जमिनले घेरिएको हुनाले यो प्राविधिक रूपमा विश्वको सबैभन्दा ठूलो ताल (World's Largest Lake) पनि हो,
  • विश्वकै सबैभन्दा गहिरो ताल: एसिया महादेश अन्तर्गत रूसको साइबेरिया क्षेत्रमा अवस्थित करिब १,६४२ मिटर (५,३८७ फिट) गहिरो बैकाल ताल (Lake Baikal) — यो ताल आयतन (पानीको मात्रा) का आधारमा विश्वको सबैभन्दा ठूलो ताजा पानीको ताल पनि हो,
  • विश्वकै सबैभन्दा होचो उपत्यका अरुण उपत्यका एसिया महादेशको नेपालमा अवस्थित,
  • विशिष्ट भौगोलिक, सांस्कृतिक, र वातावरणीय विविधताका कारण "विषमताको महादेश (Continent of Contrasts)" भनेर पनि चिनिने,
  • कालीगण्डकी नदीले बनाएको अन्धा गल्छी भनेर चिनेने विश्वको सबैभन्दा गहिरो गल्छी (Gorge) एसिया महादेशमा अवस्थित,
  • 'विश्वको छानो (Roof of the World)' भनेर चिनिने पामिर पठार (Pamir Plateau) एसिया महादेशमा अवस्थित,
  • विश्वको सबैभन्दा अग्लो पठार तिब्बती पठार (Tibetean Plateau) एसिया महादेशमा अवस्थित,
  • विश्वको सबैभन्दा लामो मानव निर्मित संरचना, चीनको विशाल पर्खाल (The Great wall of China) एसिया महादेशमा रहेको — लम्बाई: करिब २१,१९६ किलोमिटर
  • क्षेत्रफलको हिसाबले विश्वको सबैभन्दा ठूलो प्रायद्वीप (Peninsula) अरबको प्रायद्वीप एसिया महादेशमा अवस्थित,
  • विश्वको सबैभन्दा ठूलो द्वीपसमूह (Archipelago) इन्डोनेसिया (Indonesia) एसिया महादेशमा अवस्थित,
  • विश्वको सबैभन्दा बढी वर्षा हुने स्थान एसिया महादेश अन्तर्गतको देश भारतको मेघालय राज्यमा अवस्थित मौसिनग्राम (Mawsynram) अवस्थित,
  • विश्वको सबैभन्दा लामो रेलमार्ग ट्रान्स-साइबेरियन रेलमार्ग (Trans-Siberian Railway) को अधिकांश प्रणाली एसिया महादेश अन्तर्गत रहेको,
  • विश्वकै सबैभन्दा ठूलो नदी द्वीप (River Island) माजुली (Majuli) एसिया महादेशमा अन्तर्गत भारतको ब्रह्मपुत्र नदीमा अवस्थित,
  • विश्वकै सबैभन्दा लामो मानव निर्मित समुद्री पर्खाल / बाँध (Longest man-made sea dam), साएमान्गुम (Saemangeum) समुद्री पर्खाल एसिया महादेश अन्तर्गत दक्षिण कोरियामा अवस्थित,
  • विश्वकै सबैभन्दा ठूलो धार्मिक स्मारक / मन्दिर, अङ्कोर वाट (Angkor Wat) एसिया महादेश अन्तर्गत कम्बोडियामा रहेको,
  • विश्वको सबैभन्दा चिसो मानव बसोबास भएको स्थान (Coldest inhabited place in the world), ओइमयाकोन (Oymyakon) र भर्खोयान्स्क (Verkhoyansk) एसिया महादेश अन्तर्गत रुसको साइबेरिया क्षेत्रमा अवस्थित,

Categories

  • Current Affairs 724
  • Gorkhapatra 327
  • Others 1123
  • Vacancy 1
  • Past Questions 108
  • Nepal Police 8

Latest Blogs

Asia
Others

एसिया महादेश

  • Jul 28, 2026
  • 51
World Hepatitis Day, 2026
Current Affairs

विश्व हेपाटाइटिस दिवस, २०२६

  • Jul 28, 2026
  • 65
Major grasslands of the world and their locations
Others

विश्वका प्रमुख घाँसेमैदानहरू र अवस्थिति

  • Jul 27, 2026
  • 56
Gandaki Province, 5th Level Sub-Engineer (Civil/Sanitary/Irrigation) - 2083/03/29
Past Questions

गण्डकी प्रदेश, ५औँ तह सब-इन्जिनियर (सिभिल/स्यानिटरी/इरिगेशन) - २०८३/०३/२९

  • Jul 27, 2026
  • 105
Gandaki Province, Sub-Engineer (B.Arch) Examination - 2083/04/04
Past Questions

गण्डकी प्रदेश, सब-इन्जिनियर (B.Arch) परीक्षा - २०८३/०४/०४

  • Jul 27, 2026
  • 45
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA