Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालमा खनिज पदार्थ पाइने स्थानहरु

  • Bijeta Kunwar
  • April 28, 2023
  • 1680

नेपालमा खनिज पदार्थ पाइने स्थानहरु

नेपालमा खनिज पदार्थ पाइने स्थानहरु

खनिज

खनिज सम्पदा प्राकृतिक स्रोतमध्ये एउटा महत्वपूर्ण स्रोत हो । पृथ्वीभित्र रहेका तामा, कोइला, चुनढुङ्गा, पेट्रोलियम पदार्थ, ग्याँस, खरी, गेरू, शिशा, म्याग्नेसाइट, स्लेट आदिलाई खनिज भनिन्छ । नेपाल प्राकृतिक स्रोत र साधनले सम्पन्न मुलुक हो । आर्थिक वर्ष २०६५/२०६६ मा यस क्षेत्रको कूल ग्राहस्थ उत्पादनमा ०.५४ प्रतिशत योगदान रहेको छ । नेपालमा खनिजको उत्खननका लागि गरिएको प्रयासको इतिहास त्यति लामो छैन । खनिज पदार्थको उत्खननलाई अझ प्रभावकारी बनाउनका लागि वि.स. २०२४ मा भौगर्भिक विभागको स्थापना गरियो । यद्यपि, देशको भूगर्भमा रहेका खनिज पदार्थलाई उपयोग गर्न सकिएको छैन ।

नेपालमा खनिज साधनका सम्भाव्य क्षेत्र

क्र.सं.खनिजउपलब्ध खनिज पाइने स्थानहरू
१फलामफूलचोकी, ठोसे, चितवन, कूलेखानी, भैँसे, प्युठान, बझाङ, डोटी, जन्तर, लब्धी, फर्पिङ
२तामातामाखानी, सीमाखानी, कूलेखानी, बुद्धखोला, वाप्सा, बाह्रबिसे, मार्फा, बन्दीपुर, ओखलढुङ्गा, इलामडाँडा, म्याग्दी ।
३अभ्रकभोजपुर, डोटी, चैनपुर, सिन्धुलीगढी, ज्यामिरे, निबुवा गाँउ, रसुवा, बझाङ, लमजुङ, गोसाईकुण्ड, सुन्दरीजल
४चुनढुङ्गाचोभार, भैंसे, धनकुटा, मोरङ, चितवन, मकवानपुर, पाल्पा, गोदावरी, सुर्खेत
५सीसागणेशहिमाल, फूलचोकी, मकवानपुर, बाग्लुङ, मार्फु, गल्कोट, तिप्लीङ, वैतडी
६जस्तागणेशहिमाल, फुलचोकी, माजेर खोला, नाम्पा
७गन्धकचिसापानी गढी, गोसाइकुण्ड, बराहक्षेत्र
८खरीसिन्धुपाल्चोक, खोटाङ, भोजपुर
९स्लेटबन्दीपुर, बाग्मती, लुम्बिनी, गण्डकी, जनकपुर
१०मार्वलगोदावारी, महाभारत पर्वत शृङ्खला
११गेरूसिन्धुपाल्चोक, चौतारा
१२कोइलादाङ, सल्यान, चौतारा, चितवन, मकवानपुर, काठमाडौं उपत्यका
१३पेट्रोलियमकोइलाबास, नेपालगञ्ज, धनगढी, मुक्तिनाथ, दैलेख, प्युठान, दाङ र तराई, चुरे पहाड, महाभारतको विस्तृत क्षेत्रफलमा पाइने सम्भावना निकै रहेको ।
१४ग्याँसतराईको विस्तृत भू– भाग, मुस्ताङ्ग क्षेत्र र काठमाडौं उपत्यका
१५सुनसुनकोशी, बुढीगण्डकी, रिउ खोला, कालीगण्डकीको बगर, बेरिङ, कोशी नदीमा प्लेसर सुन पाइएको छ ।
१६चाँदीचिसापानी गढी, बाग्लुङ, फुलचोकी
१७कोवाल्टपाल्पा, गुल्मी, अर्घाखाची, धनकुटा
१८सोडासल्यान, डोटी
१९सिधेनून,वीरेनूनरसुवा, स्याप्रुवेसी
२०निओवेरस(दुर्लभ धातु)गोरखा, डडेल्धुरा, जाजरकोट
२१निकेलखोकलिङ, नाम्पा, टुङथाङ, भोर्ले
२२म्याग्नेसाइटदोलखाको खरिढुङ्गा, उदयपुरको कम्युघाट, मुस्ताङको नूनखानी

Categories

  • Current Affairs 839
  • Gorkhapatra 350
  • Others 1197
  • Vacancy 1
  • Past Questions 153
  • Nepal Police 10

Latest Blogs

Constitutional provisions regarding the Prime Minister in the Constitution of Nepal
Others

नेपालको संविधानमा प्रधानमन्त्री सम्बन्धी संवैधानिक व्यवस्थाहरू (संशिप्तमा)

  • Oct 20, 2026
  • 138
Nepal's position in various international indices in 2026
Current Affairs

सन् २०२६ मा विभिन्न अन्तर्राष्ट्रिय सूचकांकहरूमा नेपालले हासिल गरेको स्थान

  • Oct 20, 2026
  • 176
Main national and international contemporary events that occurred in the month of Asoj, 2083 BS
Current Affairs

वि.सं. २०८३ असोज महिनामा घटेका मुख्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समसामयिक घटनाक्रमहरू

  • Oct 20, 2026
  • 182
Positions required to complete the parliamentary hearing process
Others

संसदीय सुनुवाईको प्रक्रिया पूरा गर्न आवश्यक पर्ने पदहरु

  • Oct 19, 2026
  • 378
Historical and record-breaking facts about the constitutions of the world
Others

विश्वका संविधानका ऐतिहासिक तथा कीर्तिमानी तथ्यहरू

  • Oct 19, 2026
  • 170
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA