विश्वकै पहिलो व्यावसायिक "Brain Chip (मस्तिष्क चिप)" स्वीकृति
- विश्वकै पहिलो व्यावसायिक "Brain Chip (मस्तिष्क चिप)" स्वीकृत गर्ने देश: चीन
- उपकरणको नाम: नियो (NEO)
- प्रविधिको प्रकार: Invasive – यसमा चिपलाई शल्यक्रियामार्फत मस्तिष्कभित्रै जडान गरिन्छ,

- विकासकर्ता कम्पनी: न्युराकल मेडिकल टेक्नोलोजी (Neuracle Medical Technology)
- स्वीकृति मिति: सन् २०२६ मार्च १३
- स्वीकृति दिने निकाय: नेसनल मेडिकल प्रोडक्ट्स एडमिनिस्ट्रेसन (National Medical Products Administration (NMPA)), चीन
- BCI के हो?: यो यस्तो प्रविधि हो जसले मस्तिष्कमा उत्पन्न हुने विद्युतीय सङ्केतहरूलाई (Electrical Signals) वास्तविक समयमा पढेर सिधै कम्प्युटर वा मेकानिकल उपकरणहरू (जस्तै: रोबोटिक हात) नियन्त्रण गर्न सक्छ,
- AI को भूमिका: आर्टिफिसियल इन्टेलिजेन्सले मस्तिष्कका हजारौँ न्युरोनबाट निस्कने जटिल सङ्केतहरूलाई तत्काल विश्लेषण गरी कार्यमा उतार्न सम्भव बनाएको,
- उद्देश्य: यो चिप विशेषगरी पक्षघात (paralysis) भएका बिरामीहरूका लागि बनाइएको हो, जसले उनीहरूलाई आफ्नो सोचाइको भरमा हात चलाउन वा वस्तुहरू समात्न मद्दत गर्छ,