Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

खानेपानी तथा सरसफाइ

  • Bikash Shrestha
  • August 12, 2025
  • 455

खानेपानी तथा सरसफाइ

Water supply and sanitation

राष्ट्रिय योजना आयोगका अनुसार नेपाल सरकारले “दिगो विकासका लक्ष्यहरू २०१५–२०३०” अनुरूप सन् २०३० सम्म ९९ प्रतिशत जनसङ्ख्यालाई आधारभूत स्तरको खानेपानी र सरसफाइ सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ। यो लक्ष्य सरकारी प्रयास मात्रले हासिल गर्न कठिन हुने भएकाले स्थानीय तह, समुदाय, उपभोक्ता, गैरसरकारी सङ्घ–संस्था लगायतका निकायहरूले एकीकृत र समन्वयात्मक रूपमा काम गर्न आवश्यक छ। साथै, खानेपानी र सरसफाइका कार्यक्रमहरूलाई आपसमा सम्बद्ध गर्दै कार्यान्वयनमा लैजानुपर्ने देखिन्छ।आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार, २०८० फागुनसम्म आधारभूत खानेपानी पहुँच ९६.७५ प्रतिशत जनसङ्ख्यामा पुगेको छ भने उच्च मध्यमस्तरको खानेपानी पहुँच २७.७६ प्रतिशत जनसङ्ख्यामा मात्र पुगेको छ। आधारभूत सरसफाइको पहुँच भने ९५.५० प्रतिशत जनसङ्ख्यामा पुगेको छ। खानेपानी क्षेत्रमा विभिन्न निकाय सक्रिय रहेका छन्। खानेपानीको गुणस्तर र सेवा स्तर वृद्धि गर्न शहरी तथा अर्धशहरी क्षेत्रमा उपभोक्ताको सहकार्यमा आयोजना कार्यान्वयन भइरहेका छन्। सरोकारवालासँगको सहकार्य र सहभागितामा पूर्ण सरसफाइ कार्यक्रम सञ्चालन गरी खुला दिशामुक्त क्षेत्रको विकास गर्ने प्रयास भइरहेको छ। यसै सन्दर्भमा बागमती नदी सफाइलाई ‘महाअभियान’का रूपमा सञ्चालन गरी, देशभरका नदी–नाला सफा राख्ने सन्देश फैलाइएको देखिन्छ।

Categories

  • Current Affairs 733
  • Gorkhapatra 329
  • Others 1130
  • Vacancy 1
  • Past Questions 114
  • Nepal Police 8

Latest Blogs

10 longest rivers in the world
Others

विश्वका १० सबैभन्दा लामा नदीहरू

  • Aug 03, 2026
  • 52
Major country borders separated by rivers
Others

नदीद्वारा छुट्टाइएको प्रमुख देशको सिमानाहरू

  • Aug 03, 2026
  • 56
Environmental Performance Index (EPI), 2026
Current Affairs

पर्यावरण प्रदर्शन सूचकांक (EPI), २०२६

  • Aug 03, 2026
  • 60
Gandaki Province, Dentistry (Dental Hygienist), 2083/04/14
Past Questions

गण्डकी प्रदेश, डेन्टिष्ट्री (डेन्टल हाइजिनिष्ट), २०८३/०४/१४

  • Aug 02, 2026
  • 87
Gandaki Province, Pharmacy Supervisor, 2083/04/17
Past Questions

गण्डकी प्रदेश, फार्मेसी सुपरभाइजर, २०८३/०४/१७

  • Aug 02, 2026
  • 148
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA