संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रम (UNEP)
- पूर्ण रूप: United Nations Environment Programme (UNEP)
- स्थापना: सन् १९७२ मा संयुक्त राष्ट्र संघको महासभाको प्रस्ताव २९९७ (XXVII) मार्फत स्थापना भएको,
- स्थापनाको पृष्टभूमि: सन् १९७२ मा स्वीडेनको स्टकहोममा भएको 'मानव वातावरण सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन' (Stockholm Conference) को परिणाम स्वरूप यसको स्थापना भएको,
- मुख्यालय: नैरोबी, केन्या (यो विकासोन्मुख देशमा रहेको एकमात्र संयुक्त राष्ट्र संघीय मुख्यालय हो।)
- सदस्य राष्ट्र संख्या: १९३
- वर्तमान कार्यकारी प्रमुख (कार्यकारी निर्देशक): इङ्गर एन्डरसन (Inger Andersen)
- परिचालक निकाय: संयुक्त राष्ट्र संघीय वातावरण सभा (United Nations Environment Assembly - UNEA)
- सङ्गठनात्मक स्वरूप: यो संयुक्त राष्ट्र सङ्घको महासभा (UN General Assembly) अन्तर्गतको एक विशेष कार्यक्रम
- मुख्य उद्देश्य: विश्वव्यापी रूपमा वातावरणीय एजेन्डाहरू तय गर्ने, दिगो विकासका वातावरणीय आयामहरू कार्यान्वयन गर्ने, र वातावरण संरक्षणका लागि नेतृत्व प्रदान गर्ने,
- सन् १९७२ को जुन ५ मा UNEP को स्थापना भएको सम्झनामा हरेक वर्ष जुन ५ का दिन विश्व वातावरण दिवस मनाइन्छ (जुन सन् १९७४ देखि औपचारिक रूपमा मनाउन थालिएको,)
- सन् १९८८ मा UNEP र विश्व मौसम विज्ञान सङ्गठन (WMO) मिलेर जलवायु परिवर्तन सम्बन्धी अन्तर-सरकारी प्यानल (IPCC) को स्थापना गरिएको,