Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा आयोग तयारीका लागि बस्तुगत प्रश्नोत्तर (७ जेठ २०८२, बुधबार)

  • Ajnabee Khadka
  • May 21, 2025
  • 949

लोक सेवा आयोग तयारीका लागि बस्तुगत प्रश्नोत्तर (७ जेठ २०८२, बुधबार)

Subject-based questions and answers for Public Service Commission preparation (7 Jestha 2082, Wednesday)

१. सगरमाथा संवाद २०२५ कहिले सम्पन्न भएको हो ?

➤ वि.सं. २०८२ जेठ २–४

  • नेपाल सरकारले पहिलो पटक आयोजना गरेको सगरमाथा संवाद २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सम्पन्न भएको । 
  • परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाद्वारा सो घोषणापत्र सार्वजनिक गर्दै विश्व समुदायलाई जलवायु सङ्कटविरुद्ध एकजुट भई कदम चाल्न आह्वान । 
  • घोषणापत्रमा १.५ डिग्री सेल्सियसको तापक्रम सीमा कायम राख्न आवश्यक उपायहरू प्रस्तुत गरिएको साथै विकासोन्मुख देशहरूलाई सहयोगको आवश्यकता औँल्याइएको । 
  • सगरमाथा संवादमार्फत हिमाल मात्र नभई समुद्र सतहसम्म प्रभावित हुने मुलुकहरूको सरोकार उजागर गर्न खोजिएको । 

२. एसियाका ठुला अर्थतन्त्रबिच डलरमाथिको निर्भरता घटाउने उद्देश्यका साथ नयाँ सहमति कहिले कायम भएको हो ? 

➤ सन् २०२५ मे ११ 

  • चीन, जापान, दक्षिण कोरिया र आसियान राष्टबिच डलरमाथिको निर्भरता घटाउन नयाँ सहमति भएको जनाइएको । 
  • यी देशहरूले पहिलो चिनियाँ युआनसहित क्षेत्रीय मुद्राहरू प्रयोग गर्ने गरी एउटा नयाँ तीव्र वित्तीय सहायता प्रणाली स्वीकृत गरेका । 
  • नयाँ तीव्र वित्तीय सहायता प्रणाली ‘चियाङमाइ इनिसिएटिभ मल्टिल्याटरलिजम (सिएमआइएम)’ नामक योजना अन्तर्गतको एक हिस्सा हो । जुन १० सदस्यीय आसियान राष्ट्रहरू र चीन, जापान तथा दक्षिण कोरियाबिचको मुद्रा सटही व्यवस्था हो । 
  • सिएमआइएमको उत्पत्ति सन् १९९० को दशकको एसियाली वित्तीय सङ्कटपछि भएको हो । आपत्कालीन अवस्थामा भुक्तानी सन्तुलन र अल्पकालीन नगद प्रवाहको समस्यामा परेका देशहरूलाई छिटो सहयोग पु¥याउने उद्देश्यले यो पहल गरिएको थियो । 
  • ११ मे, २०२५ का दिन इटालीको मिलानमा आयोजित आसियान प्लस तीन राष्ट्रका अर्थमन्त्री र केन्द्रीय बैङ्क गभर्नरहरूको बैठकमा आकस्मिक भुक्तानी सन्तुलन समस्यामा परेका अर्थतन्त्रहरूलाई छिटो वित्तीय सहयोग उपलब्ध गराउने नयाँ संयन्त्र ‘सिएमआइएम र्यापिड फाइनान्सिङ फेसिलिटी’ स्वीकृत गरिएको । 
  • अघिल्ला संयन्त्र अमेरिकी डलरमा निर्भर थिए तर नयाँ संयन्त्रले चिनियाँ युआन र अन्य क्षेत्रीय मुद्रा प्रयोग गर्ने छ । 

 

३. विश्वमा चिया उत्पादनमा नेपाल कति औँ स्थानमा रहेको छ ? 

➤ १४ औँ (पहिलो: चीन, दोस्रो: भारत र तेस्रो: केन्या)

चिया उत्पादनका हिसाबले प्रमुख १० राष्ट्रव्रmसंराष्ट्रउत्पादन (मेट)विश्वमा स्थान

१. चीन  १,६०,१३,२५० पहिलो

२. भारत  ६३,४३,१६५ दोस्रो

३. केन्या २५,७७,८०० तेस्रो

४. श्रीलङ्का १४,३३,५४३ चौथो

५. टर्की १३,५६,५५६ पाँचाँै

६. भियतनाम ११,२५,०६५ छैटौँ

७. इन्डोनेसिया ६,४७,००० सातौँ

८. बङ्गलादेश ४,०६,००० आठौँ

९. युगान्डा ३,९०,४९४ नवौँ

१०. अर्जेन्टिना  ३,६९,०२२ दसौँ

 

४. राष्ट्रिय सूचना आयोगले आफ्नो १९ औँ स्थापना दिवसका अवसरमा सर्वोत्कृष्ट अभियन्ता पुरस्कार २०८२ बाट कसलाई सम्मानित गर्यो ?

➤ वरिष्ठ पत्रकार तारानाथ दाहाल 

  • आयोगले सूचना अधिकारको प्रवर्धन, पारदर्शिता तथा सुशासनमा योगदान पु¥याउने सूचना अधिकारी, कर्मचारी र पत्रकारहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरेको । 

पुरस्कृत व्यक्तित्वहरू:

  • सर्वोत्कृष्ट अभियन्ता पुरस्कार ः तारानाथ दाहाल 
  • विनय कसजु उत्कृष्ट सूचनाको हक अभियन्ता पुरस्कार ः दीपक रिजाल (नेपाल समाचारपत्र)
  • अभियन्ता पुरस्कार ः गजेन्द्र बुढाथोकी, कविता थापा र हरिराम कोण्डा
  • उत्कृष्ट सूचना अधिकारी पुरस्कार ः देवी प्रसाद थपलिया, केशव सिलवाल, पदमकुमार श्रेष्ठ, हेमन्त कुमार बुढाथोकी र बुद्धिराम न्यौपाने । 
  • उत्कृष्ट कर्मचारी पुरस्कार ः उपसचिवद्वय सन्तोषकुमार दाहाल र सुदर्शन ढकाल, शाखा अधिकृत दिनेश लुइँटेल तथा नायब सुब्बा रञ्जनाकुमारी दाहाल 
  • प्रोत्साहन पुरस्कार ः सीताराम बस्नेत र माइली तामाङ

५. नेपाललाई कहाँ सम्पन्न अन्तर्राष्ट्रिय पर्यटन मेलामा ‘वर्ष २०२५ को लोकप्रिय सांस्कृतिक पर्यटन गन्तव्य’ घोषणा गरियो ? 

➤ चीनको ग्वान्झाओ (सन् २०२५ मे) 

 

६.  संयुक्त राष्ट्रसङ्घद्वारा अन्तर्राष्ट्रिय पारिस्थितिकीय प्रणालीको पुनस्र्थापना दशकका रूपमा घोषणा गरिएको दशक कुन हो ?

➤ सन् २०२१–२०३०

 

७. सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधि सभाबाट कहिले पारित भएको हो ?

➤ वि.सं. २०८२ जेठ ४ गते

 

८. एनसेलले अपाङ्गता भएका व्यक्तिका लागि डिजिटल समावेशीकरण प्रवर्धन गर्ने सिद्धान्तमा कहिले हस्ताक्षर गरेको हो ? 

➤ वि.सं. २०८२ जेठ ५ 

  • सिद्धान्तमा हस्ताक्षर गर्ने एनसेल पहिलो नेपाली मोबाइल सेवाप्रदायक कम्पनी हो । 
  • जिएसएमए विश्वभरिका मोबाइल सेवा प्रदायक कम्पनीको छाता सङ्गठन हो । 
  • जिएसएमएका सिद्धान्तले डिजिटल समावेशीकरण प्रवर्धन गर्न र मोबाइल सेवामा अपाङ्गता भएका व्यक्तिको पहुँचको खाडल हटाउन विश्वभरिका मोबाइल सेवा प्रदायकलाई प्रेरणा र मार्ग निर्देश गर्दछ । 

९. आव २०८२÷८३ को वार्षिक नीति तथा कार्यक्रम अनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई के बनाउने घोषणा भएको छ ? 

➤ राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम

नीति तथा कार्यक्रम शिक्षा सम्बन्धमा भएका केही प्रमुख व्यवस्था: 

  • विद्यालय शिक्षाको शासकीय सुधार र पुनर्संरचना, 
  • विद्यालय शिक्षा विधेयक यही अधिवेशनबाट पारित गर्ने,
  • प्राविधिक शिक्षालाई विश्वविद्यालय तहसम्म पु¥याउने, 
  • २०८४ सालभित्र सबै बालबालिकालाई आधारभूत शिक्षा, 
  • विकट क्षेत्रमा आवासीय विद्यालय खोल्ने,
  • किताबखानाको काम प्रदेशमा हस्तान्तरण गर्ने, 
  • पहुँचसहितको भर्चुअल शिक्षा प्रणाली, 
  • सामुदायिक विद्यालयका पाठ्यक्रम एकरूपता, 
  • संस्थागत–सामुदायिक विद्यालय साझेदारी, 
  • राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई राष्ट्रिय शैक्षिक सुधार कार्यव्रmम बनाइने,
  • इन्टर्नमा काम गर्ने विद्यार्थीलाई कार्य घण्टामा आधारित ज्याला प्रणाली लागु गर्ने घोषणा, 
  • विश्वविद्यालयसँगको सहकार्यमा शिक्षक बैङ्क स्थापना गर्ने, 
  • शिक्षकको राष्ट्रिय योग्यता मापदण्ड जारी गर्ने, 
  • शिक्षक दरबन्दीको पुनरवलोकन गर्ने, 
  • विश्वविद्यालयको शासकीय प्रणालीमा सुधार । 

१०. विसं २०८२ वैशाख शुक्ल पूर्णिमाका दिन कतिऔँ बुद्धजयन्ती मनाइयो ? 

➤ २५६९ 

 

११. नेपाल प्रहरीमा आर्थिकसम्बन्धी अपराध अनुसन्धान गर्ने उद्देश्यका साथ आर्थिक तथा वित्तीय अपराध अनुसन्धान एकाइको गठन कहिले भएको हो ? 

➤ वि.सं. २०८२ वैशाख (अहिले यो एकाइलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) कै मातहतमा राखिएको ।) 

 

१२. बाल ब्रह्मचारी षडानन्द अधिकारीले भोजपुरको दिङ्लामा संस्कृत पाठशालाको स्थापना कहिले गरेका थिए ?

➤ वि.सं. १९३२

 

१३. ट्रान्सपरेन्सी इन्टरनेसनलको स्थापना कहिले भएको हो ?

➤ सन् १९९३ मे

 

१४. श्रमसम्बन्धी मुद्दा हेर्ने उद्देश्यका साथ श्रम अदालतको गठन कहिले गरिएको हो ?

➤ वि.सं.२०७७ असोज २९ 

 

१५. भौगोलिक खोजकर्ता व्रिmस्टोफर कोलम्बस र भास्को डि गामाद्वारा प्रयोग गरिएको नक्साको निर्माण गर्ने व्यक्ति को हुन् ?

➤ मुहम्मद अल–इद्रिसी

 

१६. एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) को स्थापना कहिले भएको हो ?

➤ सन् १९८९ 

 

१७. नेपाललाई कहिलेसम्म सहयोगापेक्षी सडक मानवरहित नेपाल घोषणा गर्ने लक्ष्य लिइएको छ ?

➤ वि.सं. २०८२

 

१८. नैरोवी फ्लाई भन्नाले के बुझिन्छ ?

➤ छालामा संक्रमण ल्याउने किरा (नेपालमा २०७९ असारमा देखिएको ।)

 

१९.  अरुण, तमोर र सुनकोशी नदीको सङ्गमस्थलमा रहेको विशाल ढुङ्गालाई के नामले चिनिन्छ ?

➤ खुवालुङ

  • धनकुटा, भोजपुर र उदयपुरको सीमा क्षेत्रमा अवस्थित यो ढुङ्गा किराँत राई समुदायको सांस्कृतिक आस्थाको केन्द्र मानिन्छ। 

 

२०. राष्ट्रिय लेखक दिवस कहिले मनाइन्छ ? 

➤ वैशाख १६ 

  • नेपाली लेखक सङ्घद्वारा २०८२ जेठ १६ गते तेस्रो राष्ट्रिय लेखक दिवस मनाइएको । 
  • राणाकालमा लेखक तथा बुद्धिजीवीले पुस्तकालय स्थापना गर्न खोज्दा तत्कालीन प्रधानमन्त्री भीमशमशेरले दण्डित गरेको घटनालाई पुस्तकालय पर्वका नामले चिनिन्छ । सो दिनलाई आधार मान्दै वैशाख १६ लाई लेखक दिवसका रूपमा मनाउँदै आइएको । 
  • सङ्घले विसं २०८० देखि लेखक दिवस मनाउन थालेको । 
  • सङ्घले प्रत्येक दुई वर्षमा प्रदान गर्ने राष्ट्रिय लेखक पुरस्कार यस वर्ष (२०८२) आख्यानकार ध्रुवचन्द्र गौतमलाई प्रदान गरेको । 

 

२१. बाल साहित्यको महत्व उजागर तथा पठन संस्कृति प्रवर्धन गर्ने उद्देश्यसहित राजधानी काठमाडौँमा प्रथम अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन कहिले सम्पन्न भयो ? 

➤ वि.सं. २०८१ असोज ४–५

  • सम्मेलनमा नेपालबाट दुई सयभन्दा बढी र बाहिरबाट १० देशका ३१ जना विदेशी सर्जकको सहभागिता रहेको । 
  • नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल बाल साहित्य समाज र रुम टु रिडद्वारा संयुक्त रूपमा आयोजित सम्मेलनमा बाल साहित्यसम्बन्धी पुस्तक प्रदर्शनी, कथा वाचन, बाल चित्रकला प्रदर्शनी तथा समूहगत छलफल गरिएको । 

२२. ब्लु इकोनोमी भन्नाले के बुझिन्छ ?

➤ समुद्रसँग जोडिएर गरिने आर्थिक क्रियाकलापसँग सम्बन्धित दिगो विकासको मोडल 

प्रस्तुतकर्ता ः टङ्क केसी 

Categories

  • Current Affairs 633
  • Gorkhapatra 308
  • Others 1030
  • Vacancy 1
  • Past Questions 78
  • GK Loksewa Past Question Collection 0
  • Nepal Police 4

Latest Blogs

Detailed chronological table of educational history during the Rana period
Others

राणाकालीन शैक्षिक इतिहासको विस्तृत कालक्रमिक तालिका

  • May 26, 2026
  • 2534
The Fourth Five-Year Plan in the History of Nepal's Planned Development
Others

नेपालको योजनावद्ध विकासको इतिहासमा चौथो पञ्चवर्षीय योजना

  • May 26, 2026
  • 69
Historical development of the establishment of the United Nations
Others

संयुक्त राष्ट्र संघको स्थापनाको ऐतिहासिक विकासक्रम

  • May 26, 2026
  • 68
Titles of creators in the fields of Nepali literature, art, and music
Others

नेपाली साहित्य, कला र सङ्गीत क्षेत्रका स्रष्टाहरूका उपाधि

  • May 26, 2026
  • 1997
What is the Police Act, 2012? (Police Public Service Blog #3)
Nepal Police Others

के हो प्रहरी ऐन, २०१२? (प्रहरी लोकसेवा blog #3)

  • May 25, 2026
  • 57
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA