Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (२७ चैत २०८१, बुधबार)

  • Ajnabee Khadka
  • April 09, 2025
  • 574

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (२७ चैत २०८१, बुधबार)

Public Service Special Objective Question and Answer (27 Chaitra 2081, Wednesday)

१.  बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?

➤ सन् २०२५ अप्रिल ४, बैङ्कक (थाइल्यान्ड) 

  • बिम्स्टेकको पहिलो भिजन दस्ताबेज ‘बिम्स्टेक बैङ्कक भिजन २०३०’ अनुमोदन ।
  • यस क्षेत्रको व्यापार विस्तार, सम्पर्क सञ्जाल र मानवीय सुरक्षालाई केन्द्रमा राखेर सम्मेलनले ‘समृद्ध, लचिलो र खुला’ बिम्स्टेक नारा अन्तर्गत बिम्स्टेक बैङ्कक भिजनसहित छ बुँदे प्रस्ताव पारित गरेको । 

छ बुँदे प्रस्तावमा समेटिएका विषयहरू : 

१.  बिम्स्टेकलाई प्रभावकारी बनाउन कार्यमुखी संयन्त्र गठन,

२.  बिम्स्टेकको भविष्य निर्धारणका लागि प्रबुद्ध व्यक्तिहरूको समूह (इपिजी) गठन,

३.  समुद्री यातायात सहयोगसम्बन्धी म्यारिटाइम ट्रान्सपोर्ट सम्झौता,

४.  भूकम्पबाट प्रभावित म्यानमार र थाइल्यान्डलाई सहयोग गर्ने विषयसहितको संयुक्त वक्तव्य,

५.  पर्यटन र संस्कृतिलाई प्राथमिकता,

६.  जनता–जनताको सम्पर्क विस्तार ।

  • शिखर सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसहित सदस्य मुलुकका सरकार प्रमुखद्वारा सम्बोधन गरिएको । 

२.  मैनाली कथा सम्मान–२०८१ बाट सम्मानित हुने स्रष्टा को हुन् ?

➤ कथाकार रत्न कोजु 

  • त्यसै गरी, भानु तुलसीदास सम्मान डा.राजेन्द्र विमललाई प्रदान गरिएको । 

३.  विश्व बैङ्कद्वारा सन् २०२५ अप्रिल ३ मा सार्वजनिक प्रतिवेदन अनुसार आव २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर कति कायम हुने अनुमान छ ?

➤ ४.५ प्रतिशत

  • विश्व बैङ्कद्वारा सार्वजनिक नेपाल विकास नामक प्रतिवेदन अनुसार आन्तरिक व्यापार, जलविद्युत् तथा धान उत्पादनको वृद्धिले अर्थतन्त्रको सुधारमा सहयोग पुग्ने उल्लेख गरिएको । 
  • गत आव यस्तो वृद्धिदर ३.९ प्रतिशत थियो । 
  • आगामी दुई आवमा नेपालले औसत ५.४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने वल्र्ड बैङ्कको प्रक्षेपण रहेको । 
  • नेपाल विकास प्रतिवेदन विश्व बैङ्कले वर्षमा दुई पटक प्रकाशित गर्ने गर्छ । 

४.  किराँती प्रथम राजा यलिहाङ (यलम्बर) को सालिक कहाँ निर्माण गरिएको छ ?

➤ बुइपा, खोटाङ 

  • दिक्तेल–रूपाकोट–मझुवागढी नपा–१४ बुइपामा ११० फिट अग्लो सालिक निर्माण गरिएको । सालिकसँगै पार्क निर्माण गरिएको । 
  • बुइपा खोटाङको पुरानो व्यापारिक केन्द्र हो ।

५.  प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण तथा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनमा सहभागी हुन कहिले थाइल्यान्ड प्रस्थान गर्नुभएको हो ?

➤ वि.सं. २०८१ चैत्र १९ (स्वदेश फिर्ता : चैत्र २३)

  • थाइल्यान्डका प्रधानमन्त्री पेटोङटार्न सिनाबात्राको मैत्रीपूर्ण निमन्त्रणामा थाइल्यान्डको औपचारिक भ्रमण र बिम्स्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली बैङ्कक पुग्नुभएको । दुई देशीबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्ष पछि नेपालका प्रधानमन्त्रीको यो पहिलो औपचारिक भ्रमण हो । 
  • प्रधानमन्त्री ओली चैत्र २२ (४ अप्रिल, २०२५) मा बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुनुभएको ।

 

६.  नेपाल विद्यापति पुरस्कार कोषले "नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार"बाट कसलाई सम्मानित गर्‍यो ?

➤ मैथिली विकास कोष र प्रा. भोला झा

  • नेपाल विद्यापति मैथिली कला संस्कृति पुरस्कार : रामकुमार मण्डल र दीपा मिथिला आर्ट ग्यालरी 
  • नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कार : विनोदकुमार यादव र मालाकुमारी कर्ण 
  • नेपाल विद्यापति मैथिली पाण्डुलिपि पुरस्कार : श्यामसुन्दर शशि र काशीकान्त झा 
  • नेपाल विद्यापति अनुवाद पुरस्कार : विद्याधर झा र श्यामसुन्दर यादव 

७.  नवनिर्मित धरहरा अस्थायी रूपमा कहिलेदेखि सञ्चालनमा आएको हो ?

➤ वि.सं. २०८१ असोज ३

  • संविधान दिवसको अवसर पारी विसं २०८१ असोज ३ देखि अस्थायी रूपमा सञ्चालनमा आएको । 
  • विसं २०८१ भाद्र २७ को मन्त्रीपरिषद् बैठकले सोसम्बन्धी निर्णय गरेको थियो । 
  • धरहरा सञ्चालनको जिम्मेवारी सङ्घीय सरकारको सहरी विकास मन्त्रालयलाई दिइएको । 
  • बाहिरबाट हेर्दा पहिलाकै डिजाइनको ११ तलाजस्तो देखिने धरहरामा भित्री संरचना २२ तलायुक्त छ । 
  • यसको उचाइ जमिनबाट ८३.५८ मिटर छ । 
  • १९९० सालको भूकम्पअघि धरहरा ११ तला अग्लो थियो । त्योबेला दुई तला भत्किएर नौ तलामा सीमित बनेको थियो । 
  • विसं २०७२ को भूकम्पले भत्किएको पुरानो धरहरा संरचना भग्नावशेष खुला रूपमा अवलोकन गर्न सकिने गरी सुरक्षित राखिएको छ । 
  • धरहरा टावरमुनि तीन तले भूमिगत पार्किङ बनाइएको छ ।

 

८. विश्व स्वास्थ्य दिवस कहिले मनाइन्छ ?

➤ अप्रिल ७ 

  • सन् २०२५ को नारा : हेल्दी बिगिनिङ, होपफुल फ्युचर । 
  • विश्व स्वास्थ्य सङ्गठनद्वारा सन् १९४८ मा आयोजित पहिलो विश्व स्वास्थ्य सम्मेलनले सन् १९५० देखि लागु हुने गरी प्रत्येक वर्षको अप्रिल ७ लाई विश्व स्वास्थ्य दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।
  • सन् १९४८ मा विश्व स्वास्थ्य सङ्गठन स्थापना भएको दिन र विश्वभरका मानिसले सामना गरिरहेका स्वास्थ्य समस्याको बारेमा चेतना जगाउने उद्देश्यका साथ यो दिवस मनाउँदै आइएको । 

 

९.  नेपाल राष्ट्रबैङ्कको कामु गभर्नरको जिम्मेवारी कसलाई दिइयो ?

➤ वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिना (विसं २०८१ चैत्र २५ मा) 

  • (राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले विसं २०८१ चैत्र २२ देखि नै बिदा लिइसकेका ।)

 

१०. लेखा व्यवसायीहरूको चौथो राष्ट्रिय सम्मेलनका लागि तय गरिएको मिति कुन हो ?

➤ वि.सं. २०८१ चैत्र २६–२७ 

  • सम्मेलनको नारा : ‘कर र सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरणमार्फत अर्थतन्त्रको रूपान्तरण।’ 
  • सम्मेलनमा राष्ट्रिय–अन्तर्राष्ट्रिय गरी करिब एक हजार जनाको सहभागिता रहेको । 

 

११. युरोपियन आउटडोर कन्जरभेसन एसोसिएसन नामक संस्थाले प्रकाशन गरेको सूचीमा उत्कृष्ट छ मा पर्न सफल नेपाली परियोजना कुन हो ?

➤ नेपाली वन कुकुर संरक्षण परियोजना (सन् २०२५ मार्च)

  • यो लोपोन्मुख वन कुकुर विश्वमै दुर्लभ मानिन्छ । यसको सङ्ख्या ९४९ देखि २२१५ को बिचमा रहेको अनुमान गरिएको छ । 
  • नेपालमा यो प्रजाति कुनै समय अन्नपूर्ण संरक्षण क्षेत्रमा हराएको मानिन्थ्यो’ पछिल्ला केही वर्षमा गरिएको अध्ययनले सो प्रजाति पुनः देखा परेको बताइएको । 
  • मादी गाउँपालिका (कास्की) को क्षेत्रमा भेटिएको सो प्रजाति पुनः हराउन सक्ने अवस्थाप्रति संरक्षणकर्मी चिन्तित छन् । 

 

१२.  नेपाल र थाइल्यान्डबिच सरकारी तथा गैरसरकारी क्षेत्रका आठ सम्झौतापत्रमा कहिले हस्ताक्षर भएको हो ?

➤ सन् २०२५ अप्रिल २

  • बिम्स्टेकको छैटौँ शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्यान्डका समकक्षी पेटोङटान शिनावात्राको उपस्थितिमा दुई देशका सरकारी र गैरसरकारी पक्षबिच सम्झौतापत्रमा हस्ताक्षर भएको ।
  • नेपाल र थाइल्यान्डबिच आर्थिक सहकार्य, पर्यटन, उड्डयन, व्यापार प्रवर्धन, लगानी विस्तार, कृषि उन्नयन, शिक्षा र स्वास्थ्य क्षेत्रको सुदृढीकरणसम्बन्धी विषयमा आठ वटा सम्झौता भएका । 

१३. लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन कहिले सम्पन्न भएको हो ?

➤ वि.सं २०८१ चैत्र २०–२१

  • लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना, विश्वविद्यालय अनुदान आयोगको सहयोग र ग्लोबल युनिभर्सिटी नेटवर्कको सहकार्यमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन र न्युज (पूर्व, पश्चिम, उत्तर, दक्षिण) सम्मेलन सम्पन्न भएको । 
  • उद्घाटन : प्राडा शिवराज अधिकारी (उपाध्यक्ष : रायोआ)

१४.  जापानले भविष्यमा आउन सक्ने सङ्क्रामक रोगबाट बच्ने तयारीका लागि नयाँ अनुसन्धान संस्थाको स्थापना कहिले गरेको हो ?

➤ सन् २०२५ अप्रिल १

  • जापान स्वास्थ सुरक्षा संस्था (जेआइएचएस) नामक सो संस्थाले अप्रिल १ देखि काम सुरुवात गरेको । 

संस्थाका कार्यहरू : 

  • सङ्क्रामक रोगको सूचना सङ्कलन गरेर तिनको जोखिम मूल्याङ्कन,
  • सङ्क्रमणको जोखिमको स्तरबारे संस्कारलाई सूचित गराउने,
  • महामारीको स्थिति आएमा सरकारसँग मिलेर औषधी तथा खोपको विकास गर्ने र उपचारका लागि मार्गनिर्देश तयार गर्ने । 

 

१५. म्यानमारमा साढे तीन हजारभन्दा बढी मानिसको ज्यान जाने गरी विनाशकारी भूकम्प कहिले भयो ?

➤ सन् २०२५ मार्च २८ (७.९ म्याग्निच्युड)

  • देशभर भवन र पूर्वाधारमा क्षति पुर्‍याएको उक्त भूकम्पमा परी साढे चार हजार जना घाइते तथा २२० जना बेपत्ता भएको जनाइएको । 
  • सो भूकम्पले ३० लाखभन्दा बढी मानिस प्रभावित भएको हुन सक्ने संयुक्त राष्ट्रसङ्घले अनुमान गरेको । 

१६. युद्धविराम सम्झौता भएको करिब दुई महिनापछि इजरायलले गाजामा पुनः आक्रमणको सुरुवात कहिले गरेको हो ?

➤ सन् २०२५ मार्च १८

१७. हेमराज पहारी स्मृति पुरस्कार–२०८० बाट सम्मानित हुने स्रष्टा को हुन् ?

➤ साहित्यकार सरुभक्त (विसं २०८१ चैत्र) 

  • सरुभक्त नगद एक लाख र ताम्रपत्रसहित सम्मानित भएका । 
  • पाँच दशकदेखि नेपाली साहित्यमा क्रियाशील सरुभक्तका चार दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।

 १८. लेखक एवं वरिष्ठ पत्रकार भैरव रिसालको निधन कहिले भएको हो ?

➤ वि.सं. २०८१ चैत २४ (९७ वर्षको उमेरमा)

  • जन्म : विसं १९८५ साउन २९, गुण्डु, भक्तपुर 
  • बाबु/आमा : गोबर्धन/गणेशकुमारी रिसाल 
  • आबद्धता : रासस, राष्ट्रिय तथ्याङ्क कार्यालयमा सेवा गर्नुका साथै राससबाट अवकाशपछि वातावरण पत्रकारिता र रेडियो सगरमाथामा आबद्ध रिसाल लामो समयसम्म पत्रकारितामा नै सव्रिmय रहँदै आउनुभएको । 
  • प्रमुख कृति : साधुलाई सुली, लोग्नेस्वास्नी, केही मित्रका चिठी, भैरव दाइलगायतका कृति प्रकाशित । 
  • उहाँकी श्रीमती सुशीला रिसाल, दुई छोरा, दुई छोरी हुनुहुन्छ । 

१९. अन्तरव्यवस्थापिका सङ्घ (आइपियु) को दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रबाट निर्वाचित हुन सफल व्यक्तित्व को हुनुहुन्छ ?

➤ डा. अञ्जान शाक्य (राष्ट्रिय सभा सदस्य), सन् २०२५

  • अन्तरव्यवस्थापिका सङ्घको १५० औँ वार्षिक सभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनका क्रममा उहाँ निर्वाचित हुनु भएको । 
  • सो सम्मेलन उज्बेकिस्तानको राजधानी तास्केन्टमा सम्पन्न भएको । 
  • नेपालले पहिलो पटक यो मञ्चमा आफ्नो उपस्थिति जनाएको । 

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 633
  • Gorkhapatra 308
  • Others 1030
  • Vacancy 1
  • Past Questions 78
  • GK Loksewa Past Question Collection 0
  • Nepal Police 4

Latest Blogs

Detailed chronological table of educational history during the Rana period
Others

राणाकालीन शैक्षिक इतिहासको विस्तृत कालक्रमिक तालिका

  • May 26, 2026
  • 2518
The Fourth Five-Year Plan in the History of Nepal's Planned Development
Others

नेपालको योजनावद्ध विकासको इतिहासमा चौथो पञ्चवर्षीय योजना

  • May 26, 2026
  • 67
Historical development of the establishment of the United Nations
Others

संयुक्त राष्ट्र संघको स्थापनाको ऐतिहासिक विकासक्रम

  • May 26, 2026
  • 68
Titles of creators in the fields of Nepali literature, art, and music
Others

नेपाली साहित्य, कला र सङ्गीत क्षेत्रका स्रष्टाहरूका उपाधि

  • May 26, 2026
  • 1997
What is the Police Act, 2012? (Police Public Service Blog #3)
Nepal Police Others

के हो प्रहरी ऐन, २०१२? (प्रहरी लोकसेवा blog #3)

  • May 25, 2026
  • 57
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA