लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (९ पुस २०८२, बुधबार)
१. सन् २०२५ डिसेम्बरमा घोषित फिफा वर्ष खेलाडी को हुन् ?
➤ पुरुषतर्फ : ओसमन डेम्बेले (फ्रान्स/पिएसजी), महिलातर्फ : आइताना बोनमती (स्पेन/बार्सिलोना)
- स्पेनकी आइताना बोन्मतीले ऐतिहासिक लगातार तेस्रो पटक द बेस्ट फिफा महिला खेलाडी अवार्ड जितेकी ।
- द बेस्ट फिफा अवार्ड, २०२५
- उत्कृष्ट प्रशिक्षक (पुरुष) : लुइस एन्रिक (पिएसजी)
- उत्कृष्ट प्रशिक्षक (महिला) : सरिना विगम्यान (इङ्ल्यान्ड)
- उत्कृष्ट गोलरक्षक (पुरुष) : जियानलुइजी डोनारुम्मा
- उत्कृष्ट गोलरक्षक (महिला) : हान्ना ह्याम्पटन
- फिफा पुस्कास अवार्ड : सान्टियागो मोन्टिएल
- फिफा मार्टा अवार्ड : लिजवेथ ओभाले
- फिफा फ्यान अवार्ड : फ्यान अफ जाखो एससी
- फिफा फेयर प्ले अवार्ड : डा. हार्लास–न्युकिङ, एसएसभी जाहन रेगेन्सबर्ग

२. पछिल्लो समय फेला पारिएको काजिनसारा अर्थात् सिङ्गर ताल कुन जिल्लामा अवस्थित छ ?
➤ मनाङ (चामे गाँउपालिका–४)
- काजिनसारा तालको प्रारम्भिक मापन सार्वजनिक भएपछि यसलाई विश्वकै सबैभन्दा उचाइमा अवस्थित ठुलो तालका रूपमा स्थापित गर्न सकिने सम्भावनाले राष्ट्रिय चासो बढाएको ।
- ताल समुद्र सतहबाट करिब ५,२०० मिटरको उचाइमा रहेको प्रारम्भिक सर्वेक्षणले देखाएको ।
- सो तालको क्षेत्रफल तथा गहिराइको औपचारिक वैज्ञानिक प्रमाणीकरण भने अझै बाँकी रहेको ।
- उक्त क्षेत्रलाई स्थानीयद्वारा सिङ्गरखर्क भनिने हुँदा सो ताललाई ‘सिङ्गर ताल’ नामले पनि चिनिने ।
- हाल विश्वकै उच्चतालाई चुनौती दिने तालका रूपमा रहेको तिलिचो ताल (४,९१९ मिटर) भन्दा काजिनसारा ताल करिब ३०० मिटरमाथि रहेको प्रारम्भिक मापनबाट देखिएको ।

३. विश्व भोकमरी सूचकाङ्क (ग्लोबल हङ्गर इन्डेक्स–जिएचआई), २०२५ मा नेपाल कति औँ स्थानमा रहेको छ ?
➤ ७२ औँ
- नेपाल सन् २०२४ मा १२३ राष्ट्रमध्ये ६८ औँ स्थानमा थियो भने यसपालि चार स्थान खस्किएर ७२ औँ स्थानमा झरेको ।
- यस वर्ष नेपालको जिएचआई अङ्क १४.८ रहेको । यसले मध्यम खालको भोकमरीको स्थिति दर्शाउने प्रतिवेदनमा उल्लेख ।
- नेपालले विगत दुई दशकमा भोकमरी न्यूनीकरणमा उल्लेखनीय प्रगति गरे पनि कुपोषण र बालबालिकामा पुड्कोपन (स्टन्टिङ) को समस्या अझै चुनौतीपूर्ण रहेको प्रतिवेदनमा उल्लेख ।
- सन् २००० मा जिएचआई अङ्क ३७.१ सहित नेपाल ‘गम्भीर भोकमरी’ भएको देशको श्रेणीमा पथ्र्यो । दुई दशकमा नेपालले भोकमरीको अवस्थामा उल्लेखनीय सुधार गरी १४.८ को अवस्थामा आइपुगेको ।
- अल्पपोषण वा क्यालोरी खपत कम हुने जनसङ्ख्या नेपालमा ५.३ प्रतिशत रहेको उल्लेख ।
- पाँच वर्षभन्दा मुनिका बालबालिकामा पुड्कोपना (चाइल्ड स्टन्टिङ) २६ प्रतिशत रहेको । बाल मृत्युदर २.६ प्रतिशत र ख्याउटेपना (चाइल्ड वेस्टिङ) ७ प्रतिशत रहेको प्रतिवेदनले औँल्याएको ।
- प्रतिवेदन अनुसार श्रीलङ्काबाहेक अन्य दक्षिण एसियाली देशहरूको तुलनामा नेपालले भोकमरी न्यूनीकरणमा राम्रो सुधार गरेको । भारत, पाकिस्तान र अफगानिस्तान अझै पनि भोकमरीको गम्भीर श्रेणीमा रहेका ।

४. फिफा अरब कप २०२५ को उपाधि विजेता टोली कुन हो ?
➤ मोरक्को (उपविजेता : जोर्डन)
- सञ्चालन मिति : सन् २०२५ डिसेम्बर १–१८
- आयोजक राष्ट्र : कतार
- सहभागी राष्ट्र : १६
- डिसेम्बर १८ मा भएको फाइनल खेलमा मोरक्कोले जोर्डनलाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै उपाधि जितेको ।
- खेल अन्त्यतिर मोरक्कोका लागि अब्देर्राजाक हम्दल्लाह नायक बने । उनले ८८ औँ मिनेटमा गोल गर्दै खेल २–२ को बराबरीमा पु¥याए र खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयको १०० औँ मिनेटमा हम्दल्लाहले फेरि गोल गर्दै मोरक्कोलाई ३–२ को जित दिलाए ।
- यस जितसँगै मोरक्कोले आफ्नो पाँचौँ सहभागितामा दोस्रो पटक अरब कपको उपाधि जित्न पुगेको । यसअघि मोरक्कोले सन् २०१२ मा यो उपाधि जितेको थियो ।

५. हाल विश्वकै सर्वाधिक धनी व्यक्तिको रूपमा इतिहास रच्न सफल धनाढ्य को हुन् ?
➤ एलन मस्क
- टेस्ला र स्पेस एक्सका मालिक एलन मस्कले सम्पत्ति आर्जनमा विश्वकै ऐतिहासिक कीर्तिमान कायम गरेका । उनको रकेट कम्पनी स्पेस एक्सको बजार मूल्याङ्कनमा भएको भारी वृद्धिसँगै मस्क ६०० अर्ब अमेरिकी डलरभन्दा बढी सम्पत्ति हुने इतिहासकै पहिलो व्यक्ति बनेका ।
- फोब्र्स पत्रिकाका अनुसार यसअघि विश्वमा कसैको पनि सम्पत्ति ५०० अर्ब डलरको सीमा नाघेको थिएन । मस्कले ६०० अर्ब डलरको आँकडा पार गर्दै नयाँ इतिहास रचेका ।

६. चीनले हालै सार्वजनिक गरेको विश्वकै सबैभन्दा सस्तो ह्युमानोइड रोबोट कुन हो ?
➤ बुमी
- ह्युमानोइड रोबोट प्रविधिमा तीव्र विकास भइरहेका बेला चीनले विश्वकै सबैभन्दा सस्तो ह्युमानोइड रोबोट सार्वजनिक गरेको । ‘बुमी’ नामक यस रोबोटको मूल्य केवल नौ हजार ९९८ युआन (करिब एक हजार ४०० अमेरिकी डलर) तोकिएको ।
- यो रोबोट विशेष गरी बालबालिकासँग संवाद गर्न, शिक्षा दिन तथा रोबोटिक्स र कृत्रिम बुद्धिमत्ता (एआई) सिकाउन डिजाइन गरिएको । चीनको यो पहलले विश्व रोबोटिक्स बजारमा ठुलो प्रभाव पार्ने अपेक्षा गरिएको ।
- महँगा ह्युमानोइड रोबोट किन्न नसक्ने शैक्षिक संस्थाहरूका लागि बुमीले रोबोटिक्स शिक्षामा नयाँ अवसर खोल्ने विश्वास गरिएको ।
- बुमीको व्यावसायिक कारोबार सन् २०२६ जनवरीबाट सुरु हुने कम्पनीले जनाएको ।
![]()
७. कृषि गणना २०७८ अनुसार सबैभन्दा बढी कृषक परिवार भएको प्रदेश कुन हो ?
➤ कोशी प्रदेश (जिल्ला : झापा)
८. हालै पृथ्वीबाट पहिलो पटक अवलोकन गरिएको ब्ल्याक होल कुन प्रकारको हो ?
➤ सुपरम्यासिभ ब्ल्याक होल
- सूर्यभन्दा तीन करोड गुणा ठुलो सुपरम्यासिभ ब्ल्याक होलमा भएको विस्फोट पहिलो पटक पृथ्वीबाट देखिएको ।
- विस्फोटपछि एक्स–रे ज्वाला देखिएको र पदार्थ प्रतिसेकेन्ड ६० हजार किमिको गतिमा बाहिर निस्किएको वैज्ञानिकले जनाएका ।
- ब्ल्याक होलबाट निस्किने आँधी सूर्यमा हुने ज्वाला (कोरनल मास इजेक्सन–सिएमई ) जस्तै रहेको तर धेरै ठुलो र शक्तिशाली रहेको ।
- यस्तो घटना एक्टिभ ग्यालेक्टिक न्युक्लिअस (एजिएन) मा चुम्बकीय ऊर्जा अचानक मुक्त हुँदा हुने ।
- यस खोजले आकाशगङ्गाको विकास र ब्रह्माण्डका नियम बुझ्न महत्वपूर्ण वैज्ञानिक सङ्केत दिएको जनाइएको ।
- अमेरिकी अन्तरिक्ष निकाय (नासा) का अनुसार ब्ल्याक होल निकै सानो ठाउँमा ठुलो परिमाणमा खाँदिएको पदार्थ हो । नाममा ‘होल’ भए पनि त्यो ‘छिद्र’ वा ‘प्वाल’ चाहिँ होइन ।
- ब्ल्याक होल भनेको अत्यन्तै सानो स्थानमा ठुलो परिमाणमा पदार्थ खाँदिएर बनेको यस्तो खगोलीय वस्तु हो, जसको गुरुत्वाकर्षण अति नै शक्तिशाली (प्रकाशसमेत बाहिर निस्कन नसक्ने) हुन्छ । नाममा ‘होल’ भए पनि यो वास्तवमा प्वाल होइन, अत्यधिक घनत्व भएको वस्तु हो ।
९. एसिसी यु–१९ एसिया कप, २०२५ को उपाधि विजेता राष्ट्र कुन हो ?
➤ पाकिस्तान
- उपविजेता : भारत
- सञ्चालन मिति : सन् २०२५ डिसेम्बर १२–२१
- आयोजक राष्ट्र : युएई
- सहभागी राष्ट्र : ८
- सेमिफाइनलमा पुग्ने राष्ट्र : भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश
- सर्वाधिक रन बनाउने : समीर मिन्हास, पाकिस्तान (४७१ रन)
- सर्वाधिक विकेट लिने : दिपेश देवेन्द्रन, भारत (१४ विकेट)
- प्लेयर अफ दी टुर्नामेन्ट : समीर मिन्हास, पाकिस्तान
- प्लेयर अफ द म्याच (फाइनल) : समीर मिन्हास, पाकिस्तान

१०. हुन त दुनिया दुःखले भरिएको छ तर त्यसबाट मुक्ति पाउने कुराले पनि भरिएको छ । भन्ने भनाइ कसको हो ?
➤ हेलन केलर
११. कानुनले तोकेबाहेक कागजातमा हुलाक टिकट टाँस्नैपर्ने व्यवस्था हटाउने निर्णय कहिले भएको हो ?
➤ विसं २०८२ मङ्सिर २९
- प्रचलित कानुनमा व्यवस्था भएको बाहेक सेवा प्रवाह प्रक्रियामा कागजको आधिकारिकताका लागि हुलाक टिकट अनिवार्य टाँस गर्नुपर्ने प्रचलन हटाउने निर्णय भएको।
१२. राष्ट्र बैङ्क र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) बिच जलवायु वित्तको रणनीति विकाससम्बन्धी समझदारीपत्रमा कहिले हस्ताक्षर भएको हो ?
➤ विसं २०८२ मङ्सिर २९ (सन् २०२५ डिसेम्बर १५)
- राष्ट्र बैङ्कमा आयोजित एक कार्यक्रमबिच सोसम्बन्धी सझदारीपत्रमा कार्यकारी निर्देशक दयाराम शर्मा पङ्गेनी र आइएफसी साउथ एसियाका कन्ट्री एडभाइजरी एन्ड इकोनोमिक्ससम्बन्धी व्यवस्थापक ग्रेगरीस्मिथद्वारा हस्ताक्षर गरिएको ।
- परियोजनाको कार्यान्वयनबाट नेपालमा जलवायुसम्बद्ध वित्तीय जोमिखलाई सम्बोधन गर्दै जलवायु अनुकूलनका क्षेत्रमा वित्तीय स्रोत परिचालनलाई प्रवर्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको । सो परियोजना सन् २०२८ सेप्टेम्बरसम्म सञ्चालन हुने छ ।

१३. १६ वर्षमुनिका बालबालिकाका निम्ति सामाजिक सञ्जाल प्रयोग गर्न रोक लगाउने राष्ट्र कुन हो ?
➤ अस्ट्रेलिया (सन् २०२५ डिसेम्बर १० देखि लागु)
१४. विश्व ध्यान दिवस कहिले मनाइन्छ ?
➤ डिसेम्बर २१
- सन् २०२५ (दोस्रो) को नारा : इनर पिस–आउटर पिस–वल्र्ड पिस ।
- नेपाली आदर्श वाक्य : विश्व शान्ति र सद्भावका लागि ध्यान ।
- सन् २०२४ डिसेम्बर ७ तारिखमा संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिखलाई आधिकारिक रूपमा विश्व ध्यान दिवसको मान्यता दिएको ।
१५. साफ महिला क्लब फुटबल च्याम्पियनसिप, २०२५ को उपाधि विजेता टोली कुन हो ?
➤ इस्ट बङ्गाल क्लब
- उपविजेता : एपिएफ (नेपाल)
- आयोजना : काठमाडौँ
- सहभागी टिम : ५, इस्ट बङ्गाल क्लब (भारत), एपिएफ (नेपाल), कराँची सिटी एएफसी (पाकिस्तान), नासिर स्पोर्ट्स एकेडेमी (बङ्गलादेश), ट्रान्सपोर्ट युनाइटेड (भुटान)
- पुरस्कार राशि : प्रथम – १० हजार डलर, द्वितीय – ५ हजार डलर
- इस्ट बङ्गालले एपिएफलाई ३–० ले हराएर साफ महिला क्लब च्याम्पियनसिपको पहिलो च्याम्पियनको गौरव हासिल गरेको ।
- दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले पहिलो पटक आयोजना गरेको यस प्रतियोगितामा पाँच टिम सहभागी थिए ।
१६. टेलिफोन कललाई इन्टरनेटको माध्यमबाट देशमा भित्र्याउने प्रविधिलाई के भनी चिनिन्छ ?
➤ भिओआइपी (भ्वाइस ओभर इन्टरनेट प्रोटोकल)
१७. विश्व मानव अधिकार दिवस कहिले मनाइन्छ ?
➤ डिसेम्बर १०
- सन् २०२५ को नारा : ह्युमान राइट्स, आवर एभ्रिडे इसेन्सियल्स ।
- संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार घोषणापत्र सन् १९४८ डिसेम्बर १० मा जारी भएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको ।
प्रस्तुतकर्ता : टङ्क केसी