Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (३ भदौ २०८३, बुधबार)

  • Ajnabee Khadka
  • August 19, 2026
  • 422

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (३ भदौ २०८३, बुधबार)

Public Service Preparation Special: Objective Questions and Answers (3 Bhadra 2083, Wednesday)

१० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि निर्धारण गरिएको नयाँ मिति कुन हो ? 

➤ वि.सं. २०८३ मङ्सिर १६-२९ 

  • शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा वि.सं. २०८३ साउन २८ गते बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५ औँ बोर्ड बैठकले सोसम्बन्धी निर्णय गरेको । 
  • संस्करण :  १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता
  • स्थान:  सुर्खेत, कर्णाली प्रदेश
  • मस्कट:  लोपोन्मुख जनावर ‘रेड पान्डा’
  • लोगो: सात रङ, चन्द्र र सूर्य झन्डा अङ्कित
  • पारा खेलकुद:  प्रथम राष्ट्रिय पारा खेलकुद पुस १५ देखि आयोजना हुने । 

Mascot and logo revealed for 10th National Games

२. चुम्बकीय शक्तिले ट्र्याकभन्दा माथि नै तैरिएर दौडिने चिनियाँ अत्याधुनिक म्याग्लेभ रेलले कति गतिको रेकर्ड राखेर नयाँ विश्व कीर्तिमान कायम गरेको छ ?

➤ आठ सय किमी/घण्टा

  • परीक्षण:  सन् २०२६ अगस्त १३ 
  • प्रविधि:  म्याग्लेभ रेल (चुम्बकीय शक्तिबाट ट्र्याकभन्दा माथि तैरिएर चल्ने)।
  • स्थान:  हुबेईस्थित डोङ्हु प्रयोगशालाको एक किलोमिटर लामो ट्र्याकमा परीक्षण गरिएको एक हजार एक सय किलो तौलको रेलले ५.३ सेकेन्डमै शून्यबाट आठ सय किलोमिटर प्रतिघण्टाको गति हासिल गरेको ।
  • रोकिने दुरी:  आठ सय किमी÷घण्टा गतिमा पुगेपछि दुई मिटरभित्रै सुरक्षित रोकिएको ।
  • कीर्तिमान:  चीनद्वारा छ महिनाभित्रै तेस्रो पटक आफ्नै कीर्तिमान भङ्ग ।
  • मुख्य विशेषता:  पाङ्ग्रा र ट्र्याकबिच घर्षण नहुने ।
  • सम्भावित क्षेत्र:  अनुसन्धानकर्ताले यो प्रविधि भविष्यमा रकेट तथा लडाकु विमानको प्रक्षेपण र भ्याकुमट्युब ट्रेन निर्माणमा प्रयोग हुन सक्ने बताएका ।

३. बाजुराको बडीमालिका र अछामको रामारोशन क्षेत्रलाई जोडी ‘बडीमालिकारामारोशन वन संरक्षण क्षेत्र’ को घोषणा कहिले गरिएको हो ? 

➤ वि.सं. २०८३ साउन २७ 

  • घोषणा:  वि.सं. २०८३ साउन २७
  • संरक्षण क्षेत्रको नाम:  बडीमालिकारामारोशन वन संरक्षण क्षेत्र
  • निर्णय मिति:  वि.सं. २०८३ साउन १९ (प्रदेश मन्त्रीपरिषद्को बैठकबाट)
  • कुल क्षेत्रफल:  ४९८.४ वर्ग किमी
  • सुदूरपश्चिम प्रदेश वन ऐन, २०७७ को दफा २६ (१) बमोजिम । 

बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय खारेज गर्नुपर्छः  सामुदायिक वन उपभोक्ता महासङ्घ

४. इन्डोनेसियाको फ्लोरेस टापुनजिक ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प कहिले गएको हो ? 

➤ सन् २०२६ अगस्त १५ 

  • इन्डोनेसिया उच्च भूकम्पीय जोखिमयुक्त ‘रिङ अफ फायर’ क्षेत्रमा अवस्थित भएकाले यहाँ बारम्बार भूकम्प जाने गरेका छन् ।
  • सन् २००४ मा सुमात्राको तटमा गएको ९.१ म्याग्निच्युडको विनाशकारी भूकम्पले सुनामी निम्त्याएको थियो, जसले त्यस क्षेत्रमा दुई लाख २० हजार जनाको ज्यान गएको थियो । तीमध्ये करिब एक लाख ७० हजार जना इन्डोनेसियाका र बाँकी श्रीलङ्का, भारत, थाइल्यान्डका नागरिक थिए । यो इतिहासको सबैभन्दा घातक प्राकृतिक प्रकोपमध्ये एक हो। 

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु «  Khabarhub

५. नूरगङ्गा बालसाहित्य राष्ट्रिय स्थापित प्रतिभा पुरस्कार कसलाई प्रदान गरियो ? 

➤ मुक्तिनाथ शर्मा न्यौपाने (लमजुङ) र देवीप्रसाद वनवासी (स्याङ्जा), संयुक्त रूपमा

  • पुरस्कार राशि:  जनही रु. ५०/५० हजार
  • त्यसै गरी एक लाख राशिको नूरगङ्गा लोकगीत गायन राष्ट्रिय स्थापित प्रतिभा पुरस्कार क्षेत्रबहादुर गुरुङ (स्याङ्जा) र पूर्ण नेपाली (कास्की) लाई संयुक्त रूपमा प्रदान गरिएको । 
  • नूरगङ्गा साहित्य क्षेत्रीय स्थापित प्रतिभा पुरस्कार:  वनमाली निराकार (रुपन्देही), पुरस्कार राशि:  रु. ५० हजार 
  • नूरगङ्गा लोकगीत गायन क्षेत्रीय स्थापित प्रतिभा पुरस्कार: पदमध्वज केसी (नवलपरासी), पुरस्कार राशि:  रु. ५० हजार
  • नूरगङ्गा साहित्य राष्ट्रिय नवप्रतिभा पुरस्कार:  आँचल श्रेष्ठ (ललितपुर), पुरस्कार राशि:  ३० हजार रुपियाँ 
  • नूरगङ्गा लोकगीत गायन राष्ट्रिय नवप्रतिभा पुरस्कार:  अर्जुन सापकोटा (नवलपुर), पुरस्कार राशि:  ३० हजार रुपियाँ 

नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीद्वारा १० साहित्यकार पुरस्कृत – Dcnepal

६. लिच्छविकालीन इतिहाससँग जोडिएको ललितपुरको लगनखेलस्थित सप्तपाताल पोखरी पुनर्निर्माणपछि कहिले उद्घाटन गरिएको हो ? 

➤ वि.सं. २०८३ साउन ३० 

  • पोखरीनजिकै रहेको पलेस्वाँ पोखरीमा पनि जान मिल्ने गरी दुई पोखरीलाई जोडेर पुलसमेत निर्माण गरिएको छ । लगनखेल वातावरण संरक्षण समितिसँगको सहकार्यमा पोखरीसँगै पार्कसमेत निर्माण गरिएको छ । यो पोखरी लगनखेल बसपार्कनजिकै रहेको अशोक स्तूपसँगै अवस्थित छ ।
  • यो पोखरी रातो मत्स्येन्द्रनाथ जात्रासँग जोडिएको छ, जहाँ जात्रा समापनका क्रममा एक जोडी जीवित माछा छोड्ने परम्परा छ ।

No photo description available.

७. युरोप महाद्वीपमा झन्डै तीन दशकपछि दुर्लभ सूर्यग्रहण कहिले देखियो ? 

➤ सन् २०२६ अगस्त १२ 

  • युकेबाट खण्डग्रास अर्थात् आंशिक सूर्यग्रहण मात्र देखियो भने ग्रिनल्यान्ड, आइसल्यान्ड र स्पेनका केही भागमा खग्रास अर्थात् पूर्ण सूर्यग्रहण लाग्यो । 
  • खग्रास सूर्यग्रहण रुसस्थित साइबेरियाको उत्तरी छेउबाट देखिन सुरु भएको थियो ।
  • स्पेनमा खग्रास सूर्यग्रहणको पथ (निश्चित सहर वा क्षेत्र, जहाँबाट पूर्ण (खग्रास) सूर्यग्रहण देखिन्छ) मा रहेका मानिसले चन्द्रमाको पछाडिबाट सूर्यको रातो चमकसमेत हेर्ने अवसर पाए । 

८.  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १७ औँ युरोप क्षेत्रीय सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ? 

➤ सन् २०२६ अगस्त १०-११, डब्लिन, आयरल्यान्ड

  • नारा:  पहिचानमा एकता, लगानीमा अग्रसरता र समृद्धिप्रति प्रतिबद्धता । सम्मेलनले १५ बुँदे डब्लिन घोषणापत्र२०२६ जारी गरेको ।

 

९. मोडल हन्ट नेपाल २०२६ को पुरुष र महिलातर्फको शीर्ष उपाधि जित्ने प्रतिभा को को हुन् ? 

➤ पुरुषतर्फ: परन्तप भण्डारी र महिलातर्फ: लिजा श्रेष्ठ 

  • दुवै विजेताले नगद पाँच लाख बराबरको पुरस्कारसहित आगामी डिसेम्बरमा कम्बोडियामा हुने ‘मिस एन्ड मिस्टर सेलिब्रेटी इन्टरनेसनल’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएका ।
  • दरबारमार्गस्थित होटेल याक एन्ड यतीमा आयोजित यस प्रतियोगिताको यो १० औँ सिजन हो ।

मोडल हन्ट नेपाल' को उपाधि परन्तप र लिजालाई | Nepal's first 24-hour updated  news portal - Ratopati

१०. सुनसरी र सिराहामा भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका चार जनालाई सरकारले कहिले सहिद घोषणा गरेको हो ? 

➤ वि.सं. २०८३ साउन २६

  • सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्रकुमार मेहता तथा सिराहाका गणेशकुमार यादवलाई सहिद घोषणा गरिएको ।

 

११. सिरियाली अदालतले १४ वर्ष चलेको गृहयुद्धका क्रममा मानवताविरुद्धको अपराध र युद्ध अपराधको आरोपमा पूर्वराष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको सजाय कहिले सुनाएको हो ?

➤ सन् २०२६ अगस्त ११

  • अदालतले असदका भाइ माहेर अल असदसहित अन्य छ पूर्वसैन्य तथा सुरक्षा अधिकारीलाई पनि मृत्युदण्डको सजाय सुनाएको ।
  • पूर्वराष्ट्रपति असद र उनका भाइ हाल रुसमा निर्वासित जीवन बिताइरहेका छन् । 
  • असद डिसेम्बर २०२४ मा विद्रोहीले सुरु गरेको तीव्र सैन्य अभियानका क्रममा अपदस्थ भएपश्चात् मस्को  भागेका थिए ।

Syrian President Bashar al-Assad Criticizes U.S. over ISIS

१२. चीनका पूर्वप्रधानमन्त्री झु रोङ्जीको निधन कहिले  भएको हो ?

➤ सन् २०२६ अगस्त १२ (९७ वर्षको उमेरमा)

  • सन् १९९१ देखि १९९८ सम्म उपप्रधानमन्त्री र त्यसपछि सन् २००३ सम्म प्रधानमन्त्री बनेका झुले चीनको आर्थिक र राजनीतिक परिवर्तनको महìवपूर्ण समयको नेतृत्व गरेका थिए । 
  • उनको कार्यकालमा चीनले नियोजित अर्थतन्त्रबाट समाजवादी बजार अर्थतन्त्रतर्फको यात्रा तीव्र  बनाएको थियो ।

चीनका पूर्वप्रधानमन्त्री झु रोङजीको ९७ वर्षको उमेरमा निधन | Nepal's first  24-hour updated news portal - Ratopati

१३. काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा कसलाई नियुक्त गरियो ? 

➤ प्राध्यापक डा. विवेक बराल

  • नियुक्ति:  वि.सं. २०८३ साउन २९ 
  • प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाह (बालेन) द्वारा बराललाई सो पदमा नियुक्त गरिएको ।  

काठमाडौं विश्वविद्यालयको उपकुलपति सिफारिसमा पहिलो नम्बरमा परेका विवेक  बरालमाथि उठेका प्रश्न :: सुदीप श्रेष्ठ :: Setopati

१४.  नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन कहिले भएको हो ?

➤ वि.सं. २०८३ साउन ३१ गते 

  • उहाँले २०६० सालमा नेपाल भाषा परिषद्द्वारा ‘जनकवि’ को उपाधि हासिल गर्नुभएको थियो । 

१५.  टिभी रियालिटी सो ‘भ्वाइस अफ किड्स’ सिजन ५ को उपाधि जित्ने प्रतिभा को हुन् ? 

➤ सुवासना खड्का

  • ग्रान्ड फिनाले:  वि.सं. २०८३ साउन ३० 
  • पुरस्कार राशि:  १० लाख रुपियाँ नगद
  • हालसम्मका विजेता 
  • सिजन ५: सुवासना खड्का
  • सिजन ४:  सोनाली राजभण्डारी
  • सिजन ३:  अनुह्या तामाङ
  • सिजन २: स्पन्दन सुब्बा
  • सिजन १:  जेनिश उप्रेती

भ्वाइस किड्स' सिजन ५ को उपाधि सुवासना खड्कालाई – Online Khabar

१६. सरकारले सूचना प्रविधि विभागलाई कुन कार्यालयका रूपमा रूपान्तरण गरेको छ ? 

➤ सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय

  • वि.सं. २०८३ भदौ १ देखि कार्यालयले नयाँ संरचना अनुसार कार्य प्रारम्भ गरेको । 

 

१७. ‘राष्ट्रिय विभूति भीमसेन थापा पुरस्कार २०८३’ कसलाई प्रदान गरियो ?

➤ सीमाविद् बुद्धिनारायण श्रेष्ठ 

  • राष्ट्रपति रामचन्द्र पौडेलद्वारा यस वर्षको पुरस्कार देशको सिमानाका विषयमा निरन्तर उल्लेखनीय योगदान पुर्याउदै आएका सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई  प्रदान गरिएको । 
  • पुरस्कार:  रु. १,०१,१११÷ नगद तथा सम्मानपत्र । 

सीमाविद् श्रेष्ठ 'राष्ट्रिय विभूति भीमसेन थापा पुरस्कार' बाट सम्मानित |  Hamro Patro

१८.  एकदिवसीय (ओडिआई) क्रिकेटको इतिहासमा सबैभन्दा कम खेलमा १५० विकेट पूरा गरी विश्व कीर्तिमान कायम गर्न सफल खेलाडी को हुन् ?

➤ सन्दीप लामिछाने (सन् २०२६ मे)

  • त्रिवि क्रिकेट मैदानमा वि.सं. २०८३ जेठ ३ गते आइसिसी विश्वकप लिग२ अन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा १५० विकेटको आँकडा पार गर्दै उनले सो रेकर्ड  कायम गरेका । 
  • नेपाली लेग स्पिनर सन्दीप लामिछानेले जम्मा ७३ खेलमा १५० ओडिआई विकेट पूरा गर्दै अस्ट्रेलियाका मिचेल स्टार्कको (७७ खेलको) नौ वर्ष पुरानो कीर्तिमान तोडेका।
  • उनले यसअघि ४२ खेलमै १०० विकेट लिएर रसिद खानको रेकर्डसमेत तोडेका थिए ।

 

१९. अन्तर्राष्ट्रिय युवा दिवस कहिले मनाउने गरिन्छ ? 

➤ अगस्त १२ (प्रत्येक वर्ष)

  • सन् २०२६ को नारा:  ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ 
  • सन् २००० देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा अगस्त १२ तारिखका दिन यो दिवस मनाउँदै आइएको ।

२०. नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) द्वारा प्रदान गरिएको राष्ट्रिय पत्रकारिता सम्मान, २०८३ बाट सम्मानित हुने व्यक्तित्व को को हुनुहुन्छ ?

➤ वरिष्ठ पत्रकारद्वय डण्ड गुरुङ (सिन्धुली) र विमला तुम्खेवा (तेह्रथुम) 

  • फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार:  पत्रकार तीर्थमान बल (काभ्रे), सरिता श्रेष्ठ (धादिङ) र अविनाश 
  • चौधरी (कैलाली) 
  • मातृभाषा पत्रकारिता सम्मान:  लहना (नेपाल भाषाको साप्ताहिक पत्रिका)

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 826
  • Gorkhapatra 348
  • Others 1192
  • Vacancy 1
  • Past Questions 153
  • Nepal Police 9

Latest Blogs

Various types of bills under the Constitution of Nepal
Others

नेपालको संविधान बमोजिमका विभिन्न प्रकारका विधेयकहरू

  • Oct 12, 2026
  • 144
Funds as per the Constitution of Nepal
Others

नेपालको संविधान बमोजिमका कोषहरू

  • Oct 12, 2026
  • 119
International and World Days (Celebrated from the month of Baisakh to the month of Asoj, 2083 BS)
Current Affairs

अन्तर्राष्ट्रिय तथा विश्व दिवसहरू (वि.सं. २०८३ को वैशाख महिनादेखि असोज महिनासम्म मनाइएका)

  • Oct 12, 2026
  • 170
Constitutional provisions regarding oath-taking
Others

शपथ ग्रहण सम्बन्धी संवैधानिक व्यवस्था

  • Oct 11, 2026
  • 295
Tenure of various Assemblies
Others

विभिन्न सभाहरूको कार्यकाल

  • Oct 11, 2026
  • 314
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA