Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (३१ असार २०८३, बुधबार)

  • Ajnabee Khadka
  • July 15, 2026
  • 212

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (३१ असार २०८३, बुधबार)

Public Service Preparation Special: Objective Question and Answer (31 Ashar 2083, Wednesday)

१. नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. विश्वनाथ पौडेलद्वारा वि.सं. २०८३ असार २३ गते सार्वजनिक आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिले उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) कति कायम गर्ने लक्ष्य लिएको छ ? 

➤ ५.५ प्रतिशतभित्र 

मौद्रिक नीतिका प्रमुख प्रावधान:

  • नेपाल राष्ट्र बैङ्कद्वारा सार्वजनिक गरिएको पच्चिसौँ मौद्रिक नीति ।
  • मुख्य ध्येय : ‘अर्थतन्त्रमा स्थिरता’ र ‘आर्थिक गतिशीलता’ बिच सन्तुलन कायम गर्नु ।

नीतिगत कार्यदिशा र उपकरण:

  • कार्यदिशा : बाह्य अर्थतन्त्र अनुकूल रहेकाले ‘सजगतापूर्वक लचिलो’ कार्यदिशा अपनाइएको ।
  • उपकरणहरू : ब्याजदर कोरिडोर, अनिवार्य नगद अनुपात र स्थायी तरलता सुविधाका विद्यमान व्यवस्थालाई निरन्तरता दिइएको ।
  • तरलता व्यवस्थापन : अन्तरबैङ्क दरलाई नीतिगत दरको हाराहारीमा राख्न खुला बजार कारोबारको प्रयोग गरिने । विदेशी मुद्रा खरिद गर्दा बजारमा तरलता व्यवस्थापन गर्न ‘स्टेरिलाइज्ड इन्टरभेन्सन’ गरिने ।

समष्टिगत विवेकशील नियमन: 

  • नियमन : प्रणालीगत जोखिम न्यूनीकरण गर्न विवेकशील औजारको प्रयोग गरिने ।

कर्जा सहजीकरण:

  •  व्यक्तिगत जमानीको असीमित दायित्व हटाउने ।
  •  चेक अनादरको कालो सूची व्यवस्थामा सहजीकरण ।
  •  ठुला विद्युतीय सवारीसाधनको कर्जा मूल्य अनुपातमा लचकता ।
  •  सरलीकरण : बैङ्क तथा वित्तीय संस्थालाई जारी गरिएका निर्देशन कर्जा प्रवाह, ब्याजदरलाई थप सरल र स्पष्ट बनाइने ।

 

२. सन् २०२६ जुलाईमा संयुक्त राष्ट्रसङ्घीय प्रहरी प्रमुखको पाँचौँ शिखर सम्मेलन कहाँ आयोजना गरियो ? 

➤ न्युयोर्क, अमेरिका (सन् २०२६ जुलाई ७८)

  • नेपालबाट सहभागी : नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक  नारायणदत्त पौडेल ।
  • प्रत्येक सदस्य राष्ट्रबाट प्रमुखसहित बढीमा ५ जना सहभागी हुन पाउने प्रावधान ।
  • राष्ट्रिय र युएन प्रहरीबिचको समन्वयमार्फत अन्तर्राष्ट्रिय शान्तिसुरक्षा र विकास सुदृढ गर्ने ।
  • मुख्य एजेन्डाहरू : युएनको शान्ति स्थापना बजेटमा परेको आर्थिक दबाबलाई दृष्टिगत गर्दै कम खर्चमा बढी प्रभावकारी र सुरक्षित रूपमा कार्य सञ्चालन गर्ने, एआई र प्रविधिको प्रयोगबाट साइबर अपराध नियन्त्रण, किफायती तालिम मोडेल र क्षेत्रीय साझेदारी ।

३. सन् २०२६ जुलाईमा क्यारेबियन सागरमा फेला पारिएको नयाँ समुद्री जीव (समुद्री स्लग) को नाम के राखिएको छ ? 

➤ अल्डिसा भोजिन्हा 

  • घस्रिने रातो रङको समुद्री जीव (समुद्री स्लग) ।
  • फेला परेको स्थान : क्यारेबियन सागर (सन् २०२६ जुलाई) ।
  • नामकरण गर्ने वैज्ञानिक : स्पेनका जीववैज्ञानिक जेसस ओर्टेआ ।
  • नामकरणको कारण : फिफा विश्वकप, २०२६ मा केप भर्डेका गोलरक्षक ‘भोजिन्हा’ ले गरेको उत्कृष्ट प्रदर्शनको सम्मानमा । 
  • भोजिन्हाको पूरा नाम : जोसिमार जोजे एभोरा डायस ।

May be an image of ‎football, soccer and ‎text that says '‎RM1 د メ‎'‎‎

४. भाषिक र सांस्कृतिक सेतुका रूपमा ‘रामायण’ को सरल नेपाली अनुवाद गरी छरिएका नेपाली मनलाई एक सूत्रमा बाँध्ने र नेपाली भाषाको जग बसाल्ने आदिकवि भानुभक्त आचार्यको वि.सं. २०८३ मा कति औँ जन्मजयन्ती मनाइयो ?

➤  २१३ औँ (वि.सं. २०८३ असार २९)

  • जन्म : वि.सं. १८७१ असार २९ (तनहुँ)
  • मनाउन थालिएको : वि.सं. २०३४ देखि 
  • साहित्यिक उपमा : ‘आदिकवि’ 
  • रामायणलाई सरल नेपालीमा अनुवाद गरी भाषिक एकताको सूत्रपात । उनका कृतिलाई प्रकाशमा ल्याउने व्यक्ति मोतीराम भट्ट हुन् ।
  • रामायण पढ्ने र सुन्ने संस्कारले विभिन्न भूगोलमा छरिएका नेपालीलाई एक साझा भाषिक र सांस्कृतिक पहिचान प्रदान ग¥यो, जसले गर्दा उनलाई राष्ट्रिय विभूतिका रूपमा सम्मान गरिन्छ । 

५. आधुनिक कतारका निर्माताका रूपमा परिचित एवं नेपाली श्रमिकका लागि रोजगारीको नयाँ ढोका खोल्दै कतारनेपाल सम्बन्धमा नयाँ आयाम थप्ने कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अलथानीको निधन कहिले भएको हो?

➤ सन् २०२६ जुलाई १२ (७४ वर्षको उमेरमा)

  • शेख हमद बिन खलिफा अलथानी कतारका पूर्वअमिर (शासक/राजा) हुन् ।
  • उनले सन् १९९५ देखि २०१३ सम्म कतारको नेतृत्व गर्दै देशलाई आधुनिक कतारका रूपमा स्थापित गरेका ।
  • उनलाई कतारमा ‘फादर अफ अमिर’ का रूपमा सम्मानका साथ लिइन्छ ।

६. कर्णाली प्रदेशको सदरमुकाम वीरेन्द्रनगरमा ‘दोस्रो कर्णाली छोरी सम्मेलन’ कहिले सम्पन्न भएको हो ? 

➤ वि.सं. २०८३ जेठ १६-१७

  • ज्योति फाउन्डेसनको आयोजना तथा कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको समन्वयमा सम्मेलन सम्पन्न भएको ।
  • सम्मेलनले कर्णालीका छोरीको हकअधिकार र आवाजलाई समेट्दै १० बुँदे ‘कर्णाली घोषणापत्र’ जारी गरेको ।
  • बालविवाह, लैङ्गिक विभेद, छाउपडी जस्ता कुप्रथा नै कर्णालीका छोरीको भविष्य निर्माणका मुख्य बाधक तìव रहेको निष्कर्ष सम्मेलनले निकालेको ।

 

७. विश्वको सबैभन्दा सानो गणतान्त्रिक मुलुक नाउरुको संसद्ले देशको नाम परिवर्तन गरी ‘नाओएरो’ राख्ने प्रस्ताव कहिले पारित गरेको हो ? 

➤ सन् २०२६ मे १२ 

  • मे १२ मा नाउरुको संसद्ले देशको नाम परिवर्तन गरी 
  • ‘नाओएरो’ राख्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको ।
  • नाउरु विश्वको सबैभन्दा सानो गणतान्त्रिक राष्ट्र हुनुका साथै क्षेत्रफलको हिसाबले विश्वकै तेस्रो सानो देश हो ।
  • प्रशान्त महासागरीय क्षेत्रमा अवस्थित यो टापु राष्ट्र सन् १९६८ मा अस्ट्रेलियाको औपनिवेशिक नियन्त्रणबाट स्वतन्त्र भएको थियो ।
  • संसद्बाट प्रस्ताव पारित भइसके पनि यस नयाँ नामलाई औपचारिक रूपमा कार्यान्वयनमा ल्याउन अब त्यहाँ जनमत सङ्ग्रह गरिने बताइएको छ ।

 

८. ‘विश्व अभिभावक दिवस’ कहिले मनाइन्छ ?

➤ जुन १ 

  • सन् २०२६ को नारा : ‘टुगेदर फर प्यारेन्ट्स’ (अभिभावकका लागि सँगसँगै) ।
  • सन् २०१२ सेप्टेम्बर १७ मा संयुक्त राष्ट्रसङ्घको महासभाले विशेष प्रस्ताव पारित गरी यस दिवसको घोषणा गरेको हो । जस अनुरूप पहिलो पटक सन् २०१३ जुन १ देखि यो दिवस नियमित रूपमा मनाउन थालियो ।  
  • सन्तानको सुखद भविष्यका लागि आमाबुवा (अभिभावक) ले गर्ने नि:स्वार्थ त्याग, निरन्तर समर्पण र 
  • जीवनभरको बलिदानप्रति कृतज्ञता ज्ञापन गर्नु यस दिवसको मूल मर्म हो ।

  

९. प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२६ को उपाधि विजेता टोली कुन हो ?

➤ त्रिभुवन आर्मी क्लब (उपविजेता : सुदूरपश्चिम प्रदेश, खेल सञ्चालन : वि.सं. २०८२ चैत ७ वैशाख ४)

 

१०. नेपालकै पहिलो ‘पोषणमैत्री गाउँपालिका’ घोषणा हुन सफल स्थानीय तह कुन हो ?

➤ बडीगाड गाउँपालिका, बागलुङ

  • घोषणा मिति : वि.सं. २०८३ असार १५ गते
  • बडीगाड गाउँपालिका सङ्घीय सरकारको ‘पोषणमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि, २०८०’ का सबै सूचक पूरा गरेर घोषित हुने देशैभरिकै पहिलो स्थानीय तह बनेको ।
  • गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेद्वारा सो घोषणा गरिएको हो ।
  • गाउँपालिकाभित्रका सबै १० वटै वडा पूर्ण रूपमा पोषणमैत्री घोषणा भएसँगै पालिका सो उपलब्धि हासिल गर्न सफल भएको । 

११. कल्पना ज्ञानभन्दा बढी महत्वपूर्ण हुन्छ भन्ने विद्वान् को हुन् ? 

➤ अल्बर्ट आइन्स्टाइन 

  • ज्ञानले बनिसकेका बाटाहरू मात्र देखाउँछ तर कल्पना त्यो पखेटा हो, जसले तपाईंलाई आकाशमा कुनै बाटो नहुँदा पनि नयाँ गन्तव्यतर्फ उड्न सिकाउँछ । 

 

१२. संयुक्त राष्ट्रसङ्घको दिगो विकास समाधान नेटवर्क (एसडिएसएन) द्वारा सार्वजनिक ‘दिगो विकास सूचकाङ्क, २०२६’ मा नेपाल कतिऔँ स्थानमा रहेको छ? 

➤ ९० औँ स्थान 

  • प्राप्त गरेको अङ्क : ६८.७
  • सन् २०२५ मा नेपालको स्थान : ८५ औँ 
  • सूचकाङ्कमा समावेश मुलुक : १६९ 

१३.  विश्व जनसङ्ख्या दिवस कहिले मनाइन्छ ? 

➤ जुलाई ११ 

  • सन् २०२६ को नारा : रियलाइजिङ दी होप्स एन्ड एस्पिरेसन्स अफ योङ पिपुल : टुडे एन्ड फर दी फ्युचर (युवाको आशा र आकाङ्क्षा पहिचान गरौँ : आज र भविष्यका लागि)
  • सन् १९८७ जुलाई ११ मा विश्वको जनसङ्ख्या पाँच अ
  • +र्ब (बिलियन) पुगेको दिनलाई स्मरण गरी यो दिवस तय गरिएको । 
  • संयुक्त राष्ट्रसङ्घीय विकास कार्यव्रmमको गभर्निङ काउन्सिलले सन् १९८९ मा यो दिवस मनाउने प्रस्ताव पारित गरेको । 
  • पहिलो पटक कहिले मनाइयो : सन् १९९० मा विश्वभर पहिलो पटक औपचारिक रूपमा मनाइएको । 
  • अहिलेको विश्व जनसङ्ख्या: करिब ८ अर्ब ३० करोड 
  • नेपालको जनसङ्ख्या : दुई करोड ९१ लाख ६४ हजार ५७८ (जनगणना २०७८)
  • विश्वमा सबैभन्दा बढी जनसङ्ख्या भएको देश : भारत
  • विश्वमा सबैभन्दा थोरै जनसङ्ख्या भएको देश : भ्याटिकन सिटी

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 724
  • Gorkhapatra 327
  • Others 1122
  • Vacancy 1
  • Past Questions 108
  • Nepal Police 8

Latest Blogs

World Hepatitis Day, 2026
Current Affairs

विश्व हेपाटाइटिस दिवस, २०२६

  • Jul 28, 2026
  • 35
Major grasslands of the world and their locations
Others

विश्वका प्रमुख घाँसेमैदानहरू र अवस्थिति

  • Jul 27, 2026
  • 41
Gandaki Province, 5th Level Sub-Engineer (Civil/Sanitary/Irrigation) - 2083/03/29
Past Questions

गण्डकी प्रदेश, ५औँ तह सब-इन्जिनियर (सिभिल/स्यानिटरी/इरिगेशन) - २०८३/०३/२९

  • Jul 27, 2026
  • 102
Gandaki Province, Sub-Engineer (B.Arch) Examination - 2083/04/04
Past Questions

गण्डकी प्रदेश, सब-इन्जिनियर (B.Arch) परीक्षा - २०८३/०४/०४

  • Jul 27, 2026
  • 45
Gandaki Province, Technical Assistant (Education Administration, 5th) - 2083
Past Questions

गण्डकी प्रदेश, प्राविधिक सहायक (शिक्षा प्रशासन, ५ औँ) - २०८३

  • Jul 27, 2026
  • 72
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA