Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२५ चैत २०८२, बुधबार)

  • Ajnabee Khadka
  • April 08, 2026
  • 219

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२५ चैत २०८२, बुधबार)

Public Service Preparation Special: Objective Question and Answer (25 Chaitra 2082, Wednesday)

१. विसं २०८२ चैत २२ को प्रतिनिधि सभा बैठकद्वारा सभामुखमा पदमा कसलाई चयन गरियो ? 

➤ डोलप्रसाद (डिपी) अर्याल 

  • अन्य दलबाट कुनै उम्मेदवारी नपरेपछि उहाँ उक्त पदमा निर्विरोध निर्वाचित हुनुभएको हो । 
  • १० औँ सभामुखको रूपमा निर्वाचित अर्याललाई राष्ट्रपति रामचन्द्र पौडेलद्वारा राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ गराइएको हो ।
  • काठमाडौँ निर्वाचन क्षेत्र नम्बर९ बाट सांसद निर्वाचित अर्यालले यसअघि नेपाल सरकारको ‘श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री’ को जिम्मेवारीसमेत समाल्नु भएको थियो ।
  • पहिलो सभामुख : कृष्णप्रसाद भट्टराई 
  • पहिलो महिला सभामुख : ओनसरी घर्तीमगर 

२. हालै नासाले चन्द्रमाको परिक्रमा गर्ने उद्देश्यका साथ अन्तरिक्षयात्रीसहित पठाएको ऐतिहासिक मिसनको नाम के हो ? 

➤ आर्टेमिस-२

  • सन् २०२६ अप्रिल १ मा फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको हो ।
  • यस मिसनका चार जना यात्रीमध्ये क्रिस्टिना कोच चन्द्रमाको कक्षमा पुग्ने पहिलो महिला र भिक्टर ग्लोभर पहिलो अश्वेत अन्तरिक्षयात्री हुन् ।
  • यात्रीहरूले चन्द्रमामा पाइला टेक्ने छैनन् । उनीहरूले यानमार्फत चन्द्रमाको नजिकबाट परिक्रमा गर्ने छन् र १० दिने यात्रापछि पृथ्वी फर्कने छन् ।
  • ५० वर्षपछिको यो पहिलो मानवसहितको चन्द्रउडानद्वारा आगामी मिसन (आर्टेमिस३) मार्फत मानिसलाई सुरक्षित रूपमा चन्द्रमामा उतार्नुअघि प्रविधिको परीक्षण गरिने जनाइएको छ । 

May be an image of text that says 'From startribune.com The Latest: Artemis Il astronauts reach orbit n historic mission to the moon a...'

३. वानीरा प्रज्ञा पुरस्कार २०८२ कसलाई प्रदान गरियो ? 

➤ कवि तथा गीतकार माधव खनाल ‘भावुक’

  • यसै गरी, कम्प्युटर वैज्ञानिक मुनि शाक्यलाई ‘वानीरा शङ्कर पुरस्कार’ प्रदान गरिएको छ । 
  • दुवै पुरस्कारको राशि जनही एक/एक लाख रुपियाँ रहेको छ । 
  • आख्यान, कविता र हास्यव्यङ्ग्य लेखनमा समर्पित चितवनका धनराज गिरीलाई पचास हजार रुपियाँ राशिसहित ‘वानीरा पुरस्कार’ बाट सम्मान गरिएको हो । 
  • त्यसै गरी किशोरावस्थादेखि नै समाज सेवामा समर्पित काठमाडौँका सरोज ढकाललाई ‘वानीरा सेवा सम्मान’ प्रदान गरिएको छ । 
  • नेपाली साहित्य जगत्की प्रतिभा डा. वानीरा गिरीको सम्झनामा यी पुरस्कार स्थापना गरिएको हो । 

भावुक, शाक्य र गिरीलाई 'वानीरा पुरस्कार'

४. काठमाडौँ महानगरपालिकाद्वारा साझा यातायातसँगको सहकार्यमा रात्रिकालीन सार्वजनिक यातायात सेवा कहिलेदेखि सञ्चालन गर्ने निर्णय भएको छ ? 

➤ वि.सं. २०८३ वैशाख १ 

  • यस सेवा अन्तर्गत हाल एउटा रुट ललितपुरको लगनखेलदेखि पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गङ्गालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म हुने छ । त्यस्तै अर्को रुट थानकोटदेखि सतुङगल, कलङ्की, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म रहेको छ । 
  • यी दुई रुटमा चार वटा रात्रिकालीन विद्युतीय बस सञ्चालन हुने महानगरपालिकाले जनाएको छ । साँझ ८ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुने बसमा सिसिटिभी क्यामरा जडान हुने छन् । सुरक्षाका लागि नगर प्रहरी हुने छन् ।

May be an image of trolley and text

५. आख्यानकार परशु प्रधानको स्मृतिमा स्थापित ‘परशुकल्पना स्रष्टा सम्मान, २०८२’ कसलाई प्रदान गरियो ? 

➤ वरिष्ठ गीतकार किरण खरेल

  • नेपाल स्रष्टा समाजद्वारा आयोजित विशेष कार्यक्रममा वरिष्ठ समालोचक प्राडा दयाराम श्रेष्ठद्वारा गीतकार खरेललाई सम्मानपत्रका साथ नगद राशि एक लाख १११ रुपियाँ प्रदान गरिएको छ । 
  • सम्मानित स्रष्टा खरेलको पहिलो गीत ‘ए दूरका सितारा मेरो चाँदनी कहाँ छ...’ २०१४ सालमा रेकर्ड भएको थियो साथै हिमालको काखमा छ सानो मेरो गाउँ..., तिमीले चुमेका पाइला..., उसको मायाले मार्यो..., यो मौसम यो हरियाली..., नमान लाज यस्तरी..., वसन्त नै बस्न... लगायत सात सयभन्दा बढी गीत उहाँले सिर्जना गर्नुभएको हो ।

अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुरस्कार गीतकार खरेललाई – Online Khabar

६. सरकारले नागढुङ्गा सुरुङमार्ग सञ्चालन तथा व्यवस्थानको जिम्मा कुन कम्पनीलाई दिने भएको छ ? 

➤ युसिनएआरटी जेभी (चिनियाँ कम्पनी)

  • सुरुङमार्ग सञ्चालन तथा व्यवस्थापनका लागि गत कात्तिक १६ गते ठेक्का आह्वान भएको थियो । १० कम्पनीले टेन्डर दिएकामा युसिनएआरटी जेभीले सबैभन्दा कम रकममा ठेक्का प्रस्ताव गरेको थियो ।
  • सो सुरुङमार्ग विसं २०८३ वैशाख अन्तिममा परीक्षण तथा साउन पहिलो सातादेखि व्यावसायिक सञ्चालन हुने जनाइएको छ । 

 

७. नेपालमा कृषि तथा पशु बिमाको सुरुवात कहिलेदेखि भएको हो ?

➤ वि.सं. २०६९ माघ

 

८.  प्रमुख निर्वाचन आयुक्त वा निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता कति हो ?

➤ स्नातक तह

 

९. सर्वप्रथम सुशासन शब्दको आधिकारिक प्रयोग कहिले गरिएको हो ? 

➤ सन् १९८९ (विश्व बैङ्कद्वारा)

  • विश्वमा पहिलोपल्ट विश्व बैङ्कद्वारा प्रस्तुत  सन् १९८९ को ‘सबसहारन अफ्रिका ः फ्रम क्राइसिस टु सस्टेनेबल ग्रोथ’ प्रतिवेदनले अफ्रिकाको विकास नहुनुको मुख्य कारण ‘शासन व्यवस्थाको कमजोरी’ लाई मानेको छ । सन् १९९० को दशकबाट दिगो विकास र गरिबी न्यूनीकरणको अनिवार्य सर्तको रूपमा सुशासनको अवधारणाको उदय भएको हो ।
  • सन् १९९२ को विश्व बैङ्ककै अर्को प्रतिवेदन ‘गभर्नेन्स एन्ड डेभलपमेन्ट’ मार्फत सुशासनका मुख्य तत्व जस्तै : पारदर्शिता, उत्तरदायित्व आदि स्थापित भएको छ ।
  • विश्वव्यापी मान्यताः सन् १९९५ को ‘सामाजिक विकाससम्बन्धी विश्व सम्मेलन’ ले सुशासनलाई प्रजातान्त्रिक र मानवकेन्द्रित दिगो विकासको आधारशिलाको रूपमा घोषणा गरेको छ ।
  • मुख्य उद्देश्य : शासन व्यवस्थामा सुधार ल्याई जनतालाई उपलब्ध गराउने सेवा प्रवाहमा गुणस्तरीयता, पारदर्शिता र प्रभावकारिता बढाउनु हो ।

 

१०. वि.सं. २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुने विद्यार्थी सङ्ख्या कति रहेको छ ? 

➤ पाँच लाख १२ हजार ४२१ 

  • नियमिततर्फ : चार लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ : ७० हजार ८५५ विद्यार्थी । 
  • परीक्षा सञ्चालन मिति : विसं २०८२ चैत १९२९
  • परीक्षा केन्द्र : १,९६६ (जापानमा एकसमेत गरी) । 
  • राष्ट्रिय परीक्षा बोर्डले यस पटक एसइईको उत्तरपुस्तिका परीक्षण सम्बन्धित परीक्षा केन्द्रबाटै गरेको छ । 

 

११. सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा कसलाई नियुक्त ग¥यो ? 

➤ डा. गुणाकर भट्ट 

  • नियुक्त मिति : विसं २०८२ चैत २४ । 

 

१२.  कुन पुरस्कारलाई वैकल्पिक नोबेल पुरस्कार भनी चिनिन्छ ?

➤ राइट लिभ्लिहुड पुरस्कार 

 

१३.  अपरेसन नाइटिङ्गेल भन्नाले के बुझिन्छ ?

➤ प्राकृतिक प्रकोपबाट पीडित जनतालाई चिकित्सकीय सेवा उपलब्ध गराउन स्थायी रूपमा सञ्चालित कार्यक्रम ।

 

१४. सर्वोच्च अदालतको कायममुकायम प्रधान न्यायाधीशमा कसलाई नियुक्त गरियो ? 

➤ सपना प्रधान मल्ल (वि.सं. २०८२ चैत १८)

  • प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ बर्से उमेर हदका कारण अवकाश भएपछि वरिष्ठतम न्यायाधीश मल्लले कामु प्रधान न्यायाधीशको रूपमा जिम्मेवारी समाल्नु भएको हो । 
  • उहाँ विसं २०७३ साउन १७ मा सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त हुनुभएको थियो । 
  • नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गरेकी मल्लले दिल्ली विश्वविद्यालयमा कानुनमै स्नातकोत्तर तथा अमेरिकाको हार्वर्डबाट जनप्रशासनमा स्नातकोत्तर गर्नुभएको छ । 

संवैधानिक इजलासमा सपना प्रधान मल्लको 'इन्ट्री' – Online Khabar

१५. सरकारले हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय कहिले गरेको हो ? 

➤ वि.सं. २०८२ चैत २२

  • सरकारले हप्ताको दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 
  • कार्यालय समय बिहान नौ बजेदेखि बेलुका ५ बजेसम्म कायम गरिएको छ । 
  • सार्वजनिक बिदाका दुई दिन सबै सरकारी कार्यालय र शैक्षिक संस्था बन्द रहने छन् । 

हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय - बाह्रखरी :: Baahrakhari

१६.  नेपाल टेलिकमले ग्राहक सेवामा सुधार गर्ने उद्देश्यले रोबोट प्रविधिको सुरुवात कहिले गरेको हो ?

➤ वि.सं. २०८१ मङ्सिर २

  • सुन्धारास्थित टेलिकमको कार्यालयमा ‘एआई ज्याक’ नामक रोबोट सेवा सञ्चालन गरिएको हो । 
  • सामान्य सोधपुछदेखि एनटिसी सेवाका थुप्रै प्रश्नको उत्तर ग्राहकले रोबोटमार्फत पाउन (सुन्न) सक्ने छ ।
  • रोबोटमा अङ्ग्रेजी र नेपाली भाषाबाट सेवाको व्यवस्था मिलाइएको छ । 

 

१७.  विमानमा जडित बल्याक बक्सको रङ कस्तो हुन्छ ?

➤ सुन्तला रङ

 

१८.  साना तथा मझौला उद्यम विकास केन्द्रको स्थापना कहिले गरिएको हो ?

➤ वि.सं. २०८१ मङ्सिर ३

 

१९. ‘सपना कतिपय’ नामक कथाकृतिका सर्जक को हुनुहुन्छ ? 

➤ कुमार काफ्ले (विपना कतिपय कृतिका सर्जक : इन्द्रबहादुर राई)

 

२०. प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा कस्तो निर्वाचन प्रणाली अपनाउने व्यवस्था छ ?

➤ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली 

 

२१. सरकारको मुख्य कानुनी सल्लाहकारको भूमिकामा रहने महान्यायाधिवक्ता पदमा कसलाई नियुक्त गरियो ? 

➤ डा. नारायणदत्त कँडेल 

  • नियुक्त मिति : वि.सं. २०८२ चैत २२
  • प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा नियुक्त । 
  • प्रथम महान्यायाधिवक्ता : कालीप्रसाद उपाध्याय (विसं २००८ पुस ८) 
  • पहिलो महिला महान्यायाधिवक्ता : सविता भण्डारी बराल (विसं २०८२ भदौ २९)

डा. नारायणदत्त कँडेल – Online Khabar

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 577
  • Gorkhapatra 302
  • Others 965
  • Vacancy 1
  • Past Questions 69

Latest Blogs

Major theories and proponents of science
Others

विज्ञानका प्रमुख सिद्धान्त र प्रवर्तकहरू

  • Apr 29, 2026
  • 116
Description of the major cultures of science
Others

विज्ञानका प्रमुख Culture हरुको विवरण

  • Apr 29, 2026
  • 115
Nepal's Current Economic Situation, 2083
Current Affairs

नेपालको वर्तमान आर्थिक स्थितिपत्र, २०८३

  • Apr 29, 2026
  • 114
Constitution of Nepal: Important Questions and Answers
Others

नेपालको संविधान: महत्वपूर्ण प्रश्नोत्तर

  • Apr 29, 2026
  • 108
Prime Minister's Cup One-Day National Cricket 2026
Current Affairs

प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२६

  • Apr 29, 2026
  • 91
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA