Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवासँग सम्वन्धित वस्तुगत प्रश्नोत्तर (३ वैशाख २०८२, बुधबार)

  • Ajnabee Khadka
  • April 16, 2025
  • 890

लोकसेवासँग सम्वन्धित वस्तुगत प्रश्नोत्तर (३ वैशाख २०८२, बुधबार)

Objective Questions and Answers Related to Public Service (3 Baisakh 2082, Wednesday)

१. फोब्र्सद्वारा सन् २०२५ मा प्रकाशित विश्वका अर्बपतिहरूको सूची अनुसार पहिलो स्थानमा पर्न सफल धनाढ्य को हुन् ? 

➤ एलन मस्क 

  • फोब्र्सका अनुसार हाल विश्वभर ३,०२८ जना अर्बपति रहेका  
  • नेपालबाट सन् २०१३ यता फोब्र्सको सूचीमा लगातार प्रतिनिधित्व गर्दै आएका उद्योगी एवं राजनीतिकर्मी विनोद चौधरी दुई अर्ब डलरका साथ १,७२९ औँ स्थानमा रहेका छन् । सन् २०२४ मा उनी विश्वभरका २,७८१ अर्बपतिमध्ये १७६४ औँ स्थानमा थिए । 

विश्वका सर्वाधिक दस धनाढ्य:

१. इलन मस्क  टेस्ला, स्पेसएक्स  प्रविधि, अन्तरिक्ष  

२. मार्क जुकरवर्ग  मेटा  प्रविधि 

३. जेफ बेजोस  अमेजन  प्रविधि, इकमर्स  

४. ल्यारी एलिसन  ओर्याकल  प्रविधि  

५. बर्नार्ड अर्नल्ट  एलभीएमएच  फेसन, खुद्रा व्यापार  

६. वारेन बफेट  हाथवे  वित्त, लगानी  

७. ल्यारी पेज  गुगल  प्रविधि  

८. सर्गेई ब्रिन  गुगल  प्रविधि  

९. अमान्सिया ओर्टेगा  जारा  फेसन, खुद्रा व्यापार  

१०. स्टिभ बल्मर  माइक्रोसफ्ट प्रविधि  

२. वासुशशि साहित्य सम्मान २०८१ बाट सम्मानित हुने स्रष्टा को हुन् ? 

➤ नाटककार मनबहादुर मुखिया, कवि विमल वैद्य र सन्ध्या पहाडी 

  • नाटककार मुखियाका अनि देउराली रुन्छ, फेरि इतिहास दोहोरिन्छ, कवि विमल वैद्यका आकाश छुन खोज्ने मनहरू, समय र सपनाहरू तथा सन्ध्या पहाडीका सिम्फोनी, युगको तटमा उभिएर नामक कृति प्रसिद्ध छन् । 

३. नेपालमा दोस्रो अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन कहिले आयोजना गरियो ? 

➤ विसं २०८१ चैत १४–१६ 

४. लन्डनस्थित स्पेल्थोन सिम्रिक अवार्ड ट्रस्टले ‘स्पेल्थोन सिम्रिक अवार्ड २०२५’ बाट कसलाई सम्मानित गर्यो ? 

➤ पत्रकार चिरन शर्मा 

  • सन् १९८२ मा स्थापना गरिएको सिम्रिक अवार्ड ट्रस्टले बेलायतका समुदायमा विभिन्न क्षेत्रमार्फत स्वयंसेवकका रूपमा योगदान पु¥याउने व्यक्तिहरूलाई यो अवार्डबाट सम्मान गर्दै आएको  
  • नेपाल पत्रकार महासङ्घ बेलायतका पूर्वअध्यक्षसमेत रहेका शर्माले विगत १८ वर्षदेखि नेपाल ब्रिटेन डटकम नामक समाचार पोर्टल सञ्चालन गर्दै आएका  
  • उनी नेपालको राष्ट्रिय दैनिक नागरिक न्युजका बेलायत संवाददातासमेत हुन् । 
  • शर्मा सो अवार्ड प्राप्त गर्ने पहिलो गैरआवासीय नेपाली हुन् । 

५. कोशी प्रदेश पर्यटन वर्ष २०८२ कहिले घोषणा गरिएको हो ? 

➤ विसं २०८१ चैत २७ 

 

६. अरुण, तमोर र सुनकोशी नदीको सङ्गमस्थलमा रहेको विशाल ढुङ्गालाई के नामले चिनिन्छ ?

➤ खुवालुङ

  • धनकुटा, भोजपुर र उदयपुरको सीमा क्षेत्रमा अवस्थित यो ढुङ्गा किराँत राई समुदायको सांस्कृतिक आस्थाको केन्द्र मानिन्छ । 

 

७. पद्मश्री साहित्य पुरस्कार–२०८१ कसलाई प्रदान गरियो ?

➤ प्रा. कृष्ण गौतम (उपन्यास ः अद्वैत)

  • द्वैत, अद्वैत तथा बहुलवादमा आस्था भए पनि मानवताको सार मूलतः एक रहेको तथा विश्वास, मत र मार्ग भए पनि मुहान एक रहेको व्याख्या गर्दै मानव समाजमा समभाव, समानुभू्ति तथा ऐक्यबद्धता स्थापना गर्ने विषयमा बोधगम्य भाषा शैलीमा उक्त उपन्यास लेखिएको 
  • प्रा. गौतमका समालोचनात्मक र आख्यानात्मक एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।
  • त्यस्तै नेपाली भाषा, साहित्य तथा संस्कृतिको उन्नयनका लागि सिर्जना, पत्रकारिता तथा साहित्यिक गतिविधिमा निरन्तर सव्रिmय साहित्यिक अभियन्ता तथा चिन्तक पवनकुमार चाम्लिङलाई पद्मश्री साधना सम्मान प्रदान गरिएको  चाम्लिङ २४ वर्ष भारतको सिक्किम राज्यमा मुख्यमन्त्री रहेका  
  • त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति, पूर्वराजदूत तथा नागरिक समाजका अभियन्ता प्राडा केदारभक्त माथेमालाई पद्मश्री गौरव पुरस्कार प्रदान गरिएको 
  • यी पुरस्कारको राशि जनही तीन लाख रुपियाँ रहेको 

८. लेखा व्यवसायीको चौथो राष्ट्रिय सम्मेलन कहिले सम्पन्न भएको हो ? 

➤ विसं. २०८१ चैत २६–२७ 

  •  ‘कर र सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरणमार्फत अर्थतन्त्रको रूपान्तरण’ भन्ने नाराका साथ सम्मेलन सम्पन्न भएको  

९. कानुन व्यवसायीको छाता सङ्गठन नेपाल बार एसोसिएसनको अध्यक्षमा को निर्वाचित भएका छन् ? 

➤ प्राडा विजयप्रसाद मिश्र

  • सो निर्वाचनमा सत्ता गठबन्धननिकट कानुन व्यवसायीको प्यानल नै विजयी भएको  
  • सत्ता गठबन्धननिकट कानुन व्यवसायीको प्यानलबाट अध्यक्ष पदमा उम्मेदवार बनेका मिश्र ५,०५२ मत ल्याई विजयी भएका । उनका प्रतिस्पर्धी तथा विपक्षी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले २,६२१ मत प्राप्त गरेका  
  • महासचिवमा मिश्रको प्यानलका उम्मेदवार वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला विजयी भएका  
  • बारको २७ औँ कार्यसमितिका लागि विसं २०८१ चैत २३ गते निर्वाचन सम्पन्न भएको थियो । 

१०. अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा धेरै इनिङ्स शून्यमा आउट नहुने रेकर्ड आफ्नो नाममा लेखाउँदै कीर्तिमान कायम गर्न सफल नेपाली क्रिकेटर को हुन् ? 

➤ दीपेन्द्रसिंह ऐरी 

  • उनले सन् २०२५ अप्रिलमा हङकङमा सञ्चालित चारदेशीय टी–२० आई सिरिजमा कुवेतविरुद्ध खेल्दै गर्दा सो कीर्तिमान कायम गर्न सफल भएका  
  • अन्तर्राष्ट्रिय टी–२० व्रिmकेटमा धेरै इनिङ्स शून्यमा आउट नहुने वेस्ट इन्डिजका मार्लोन सामुइल्सको रेकर्ड ऐरीले तोडेका  
  • ऐरीको नाममा टी–२० आईमा ६ बलमा ६ छक्का प्रहार गर्ने रेकर्ड पनि रहेको छ । 
  • त्यस्तै उनको नाममा अर्को दुर्लभ विश्व कीर्तिमान पनि रहेको छ । उनले सन् २०२३ मा चीनको हाङझाउमा भएको १९ औँ एसियन खेलकुद अन्तर्गत व्रिmकेट विधामा मङ्गोलियाविरुद्ध नौ बलमा ५० रन बनाएका  ।

११. नगरकोट क्षेत्रको संस्कृति, प्रकृति एवं इतिहासलाई प्रवर्धन गर्ने उद्देश्यका साथ ‘नगरकोट भ्रमण वर्ष–२०८२’ को सुरुवात कहिलेदेखि भएको हो ? 

➤ वि.सं. २०८२ वैशाख १ 

  • नगरकोट भ्रमण वर्ष उद्घाटन: विसं २०८२ वैशाख १ 
  • को बाट: राष्ट्रपति रामचन्द्र पौडेल 
  • आन्तरिक १० लाख र बाह्य एक लाख पर्यटक भित्राउने लक्ष्य  

१२. जुडशीतल पर्व कहिले मनाइन्छ ? 

➤ वैशाख २ 

  • तराई मधेशका जिल्ला तथा मिथिलाञ्चल क्षेत्रमा वैशाख २ गते मनाइने यस पर्वमा मिथिलावासीले एकअर्कालाई हिलो र पानी छ्याप्ने, लगाउने गर्दछन् । 
  • यसअघि परिवारका श्रेष्ठजनबाट बिहानै टाउकोमा पानी थापेर आशीर्वाद लिने चलन छ । 
  • शरीरमा हिलो र पानी छ्याप्नाले स्वास्थ्य लाभ हुने र छालासम्बन्धी रोग नलाग्ने विश्वास रहेको छ । 
  • शीतलताको प्रतीकका रूपमा यो पर्व मनाउने गरिन्छ ।

 

१३. ‘राष्ट्र–परराष्ट्र’ नामक कृतिका सर्जक को हुन् ? 

➤ डा. भेषबहादुर थापा

 

१४. ‘जोगियाना’ नामक कृतिका लेखक कुमार नगरकोटी हुन् भने ‘कर्मणा’ नामक कृतिका लेखक को हुन् ? 

➤ झमककुमारी घिमिरे 

 

१५. हालै लागुऔषधमुक्त घोषणा गरिएको स्थानीय तह कुन हो ? 

➤ नाम्खा गाउँपालिका, हुम्ला

  • देशकै ठुलो गाउँपालिका लागुऔषधमुक्त स्थानीय तह घोषित भएको  
  • लागुऔषध प्रयोग गर्नेहरू फेला नपरेको र आगामी दिनमा यसको प्रयोग गर्ने वातावरण नबनोस् भन्ने उद्देश्यका साथ २०८१ चैत २७ का दिन लागुऔषधमुक्त पालिका घोषणा गरिएको 

 

१६.  बिम्स्टेकमा सदस्य नभएका सार्क राष्ट्र कुन कुन हुन् ?

➤ अफगानिस्तान, पाकिस्तान र माल्दिभ्स 

  • (सार्क सदस्य नभएका बिम्स्टेक राष्ट्र थाइल्यान्ड र म्यान्मार हुन् ।)

 

१७.  संयुक्त राष्ट्रसङ्घद्वारा अन्तर्राष्ट्रिय पारिस्थितिकीय प्रणालीको पुनस्र्थापना दशकका रूपमा घोषणा गरिएको दशक कुन हो ?

➤ सन् २०२१–२०३०

 

१८. ‘डब्लृुडब्लुएफ’ को आदर्श वाक्य के हो ?

➤ फर नेचर ः फर पिपुल ः फर इभर

 

१९. बाल साहित्यको महत्व उजागर तथा पठन संस्कृति प्रवर्धन गर्ने उद्देश्यसहित राजधानी काठमाडौँमा प्रथम अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन कहिले सम्पन्न भयो ? 

➤ विसं २०८१ असोज ४–५

  • सम्मेलनमा नेपालबाट दुई सयभन्दा बढी र बाहिरबाट १० देशका ३१ जना विदेशी सर्जकको सहभागिता रहेको  
  • नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल बाल साहित्य समाज र रुम टु रिडद्वारा संयुक्त रूपमा आयोजित सम्मेलनमा बाल साहित्यसम्बन्धी पुस्तक प्रदर्शनी, कथा वाचन, बाल चित्रकला प्रदर्शनी तथा समूहगत छलफल गरिएको  

 

२०. सरकारले याक दिवसका रूपमा मनाउन तय गरेको दिन कुन हो ? 

➤ वैशाख ७

  • विसं २०८१ आश्विन २ को मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको  
  • याकलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले संरक्षित वन्यजन्तुको सूचीमा राखेको  
  • याक अनुवांशिक स्रोतकेन्द्रले २०८० वैशाख ७ गते आफ्नो ५० औँ स्थापना दिवस मनाउने सन्दर्भमा याक तथा चौँरीको संरक्षण र संवर्धनका लागि वैशाख ७ लाई राष्ट्रिय याक दिवस घोषणा गरी मनाउने निर्णय गरिएको  

 

२१. राष्ट्र बैङ्कका अनुसार कुन आधार वर्षलाई आधार मानी मूल्य सूचकाङ्क गणना गरिने भएको छ ? 

➤ आर्थिक वर्ष २०८०÷८१

  • हालसम्म आधार वर्ष २०७१÷७२ अनुसार मूल्य सूचकाङ्क गणना हुँदै आएको  
  • चालु आव २०८१÷८२ को साउनदेखि नै नयाँ आधार वर्ष अनुसार उपभोक्ता मूल्य सूचकाङ्क गणना गरिने राष्ट्र बैङ्कले जनाएको (२०८१ असोज ९ मा) 
  • राष्ट्र बैङ्कका अनुसार अब ५२५ वस्तु तथा सेवाका आधारमा मूल्य सूचकाङ्क गणना गरिने छ । हालसम्म ४९६ वटा वस्तु तथा सेवाका आधारमा मूल्य सूचकाङ्क गणना गरिन्थ्यो । केही विलय भएका वस्तु तथा सेवालाई हटाएर थप भएका वस्तु तथा सेवा यसमा जोडिएको  
  • अब ७७ जिल्लाबाट मूल्य सूचकाङ्कको नमुना सङ्कलन गरिने छ । हालसम्म ५० जिल्लाबाट मात्रै मूल्य सूचकाङ्कको नमुना सङ्कलन गरिन्थ्यो ।

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 727
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 110
  • Nepal Police 8

Latest Blogs

Nepal Engineering Service, Mechanics (Unlisted II) - 2083
Past Questions

नेपाल इन्जिनियरिङ्ग सेवा, मेकानिक्स (अनङ्कित द्वितीय) - २०८३

  • Jul 30, 2026
  • 32
Nepal Health Service, A.N.M. (ANM), 4th - 2083/04/12
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.न.मी. (ANM), चौथो - २०८३/०४/१२

  • Jul 30, 2026
  • 33
Andy Burnham appointed as new UK Prime Minister
Current Affairs

बेलायतको नयाँ प्रधानमन्त्री: एन्डी बर्नह्याम (Andy Burnham)

  • Jul 29, 2026
  • 60
New record set for youngest player to score half-century in international cricket
Current Affairs

अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कान्छो खेलाडीको नयाँ किर्तिमान कायम

  • Jul 29, 2026
  • 86
Continents and their nickname
Others

महादेश र तिनीहरूको उपनाम

  • Jul 29, 2026
  • 107
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA