Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

राष्ट्रिय याक दिवस, २०८३

  • Ajnabee Khadka
  • April 24, 2026
  • 464

राष्ट्रिय याक दिवस, २०८३

National Yak Day, 2083

"नेपालको हिमाली जनजीवन, संस्कृति र अर्थतन्त्रको मेरुदण्ड मानिने याक तथा चौँरीको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल सरकारले राष्ट्रिय याक दिवस मनाउन सुरु गरेको हो।"

आधारभूत जानकारी

  • दिवस मनाइने मिति: प्रत्येक वर्षको वैशाख ७ गते
  • निर्णय मिति: वि.सं. २०८१ असोज २ (मन्त्रिपरिषद् बैठक)
  • मनाउन सुरु गरिएको: वि.सं. २०८२ वैशाख ७ गते (प्रथम दिवस)
  • वि.सं. २०८३ को संस्करण: दोस्रो राष्ट्रिय याक दिवस

वर्ष अनुसारका नाराहरू:

वर्ष नारा (Slogan)
२०८२ (प्रथम) "याक चौँरी प्रवर्द्धन : हिमाली जीवन, संस्कृति र पर्यावरण संरक्षण"
२०८३ (दोस्रो) "याक (चौँरी) पालन पेसाको सम्मान : हिमाली संस्कृति को पहिचान, सुरक्षित हिमाल, समृद्ध किसान"

प्राविधिक तथा वैज्ञानिक तथ्यहरू

  • वैज्ञानिक नाम: Bos grunniens
  • भाले र पोथीको नाम: भालेलाई याक र पोथीलाई नाक भनिन्छ,
  • प्रजनन (Cross-breeding):
    • याक (भाले) + पहाडी गाई (पोथी) = चौँरी गाई
    • याक र पहाडी गाई (किर्खो) बाट जन्मने सन्तान = उराङ
  • महत्त्वपूर्ण अङ्ग: याकको पुच्छरलाई चमर भनिन्छ,

संरक्षण र अनुसन्धान केन्द्र

  • संरक्षित स्थिति: "राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९" ले याकलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको,
  • याक आनुवंशिक स्रोत केन्द्र: स्याङ्बोचे, सोलुखुम्बु
  • स्थापना: वि.सं. २०३० वैशाख ७ गते (यही केन्द्रको स्थापना दिवसलाई आधार मानेर राष्ट्रिय याक दिवस घोषणा गरिएको)

आर्थिक तथा सांस्कृतिक महत्त्व

  • दुग्ध परिकार: विश्व प्रसिद्ध याक चिज (ओमेगा-३ फ्याट्टी एसिडको स्रोत), छुर्पी र दही,
  • आम्दानीको स्रोत: हिमाली क्षेत्रका किसानहरूको जीविकोपार्जन र राष्ट्रिय आय वृद्धिको प्रमुख माध्यम,
  • बहुउपयोगिता: सामान ढुवानी (हिमाली जहाज), पर्यटन आकर्षण, र खेतबारी जोत्न प्रयोग,
  • निर्यात सम्भावना: याकको छाला, पुच्छर (चमर) र चिजको अन्तर्राष्ट्रिय बजारमा उच्च माग,

Categories

  • Current Affairs 689
  • Gorkhapatra 317
  • Others 1075
  • Vacancy 1
  • Past Questions 89
  • Nepal Police 7

Latest Blogs

Top scorer in FIFA World Cup history: Lionel Messi
Current Affairs

फिफा विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता: लियोनल मेसी

  • Jun 23, 2026
  • 54
International Widows' Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय एकल महिला दिवस, २०२६

  • Jun 23, 2026
  • 35
Lab Technician (5th Level) Written Examination, 2083/03/08
Past Questions

ल्याब टेक्निसियन (५औं तह) लिखित परीक्षा, २०८३/०३/०८

  • Jun 23, 2026
  • 89
COP Conference
Others

कोप (COP) सम्मेलन

  • Jun 22, 2026
  • 78
Gorkhapatra Administration Officer Examination, 2083/03/07
Past Questions

गोरखापत्र प्रशासन अधिकृत परीक्षा, २०८३/०३/०७

  • Jun 22, 2026
  • 228
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA