लुम्बिनी प्रदेशको चौथो ANM २०८२/०१/२०

नेपालको संविधानमा उल्लेख गरिए बमोजिम स्वास्थ्य कुन तहको अधिकारको सूचीमा रहेको छ ?
A. संघ
B. प्रदेश
C. स्थानीय तह
D. संघ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूची
सार्क बडापत्रमा कति धारा रहेका छन् ?
A. ७
B. ९
C. १०
D. १२
दान, दातव्य, उपहार वा चन्दा लिने राष्ट्रसेवकलाई कसुरको मात्रा अनुसार कति सजाय हुने व्यवस्था छ ?
A. एक महिनादेखि तीन महिनासम्म कैद
B. दुई महिनादेखि चार महिनासम्म कैद
C. तीन महिनादेखि पाँच महिनासम्म कैद
D. तीन महिनादेखि छ महिनासम्म कैद
कागबेनी कुन नदीको किनारमा अवस्थित छ ?
A. कमला
B. कालीगण्डकी
C. तमोर
D. बागमती
नेपाल जीवनस्तर सर्वेक्षण, २०२२ / २३ अनुसार नेपालको साक्षरता दर कति प्रतिशत पुगेको देखाएको छ ?
A. ६६.४
B. ६८.४
C. ७७.४
D. ७९
चार शहीद मध्ये सबैभन्दा कम उमेरमा मृत्युदण्ड पाउने शहीद को हुन् ?
A. गंगालाल श्रेष्ठ
B. शुक्रराज शास्त्री
C. धर्मभक्त माथेमा
D. दशरथ चन्द
नेपालमा कफ उत्पादनका लागि प्रसिद्ध जिल्ला कुन हो ?
A. पाल्पा
B. गुल्मी
C. प्यूठान
D. कपिलवस्तु
सोह्रौं योजना कुन आर्थिक वर्षदेखि सुरु भएको हो ?
A. २०७९/८०
B. २०८०/८१
C. २०८१/८२
D. २०८२/८३
'कार्यालय' भन्नाले के बुझिन्छ ?
A. व्यवसायिक संगठन
B. सेवा प्रवाह र व्यवस्थापन केन्द्र
C. कर्मचारीहरूको मनोरञ्जन केन्द्र
D. माथिका कुनै पनि होइन
कार्यालय संचारको मौखिक माध्यम तलकामध्ये कुन होइन ?
A. छलफल
B. वार्तालाप
C. गोष्ठी सेमिनार
D. प्रतिवेदन