Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

लोकसेवा उपयोगी महत्त्वपूर्ण समसामयिक प्रश्नहरू

  • Ritisha Shakya
  • January 31, 2025
  • 1517

लोकसेवा उपयोगी महत्त्वपूर्ण समसामयिक प्रश्नहरू

लोकसेवा उपयोगी महत्त्वपूर्ण समसामयिक प्रश्नहरू

१. सैन्य शक्ति सूचकांक, २०२४ मा नेपाल कति औं स्थानमा रहेको छ ?

(A) १०८ औं

 (B) १२८ औं

 (C) १०९ औं

(D) ८० औं

भ्रष्टाचार सूचकांक, २०२४ १०८ औं

नवप्रर्वतन सूचकांक, २०२४ १०९ औं

 आत्म हत्या गर्ने, २०२४ ६९ औं

सैन्य शक्ति सूचकांक, २०२४ १२८ औं

Social progress इन्डेक्स २०२४ ११० औं

Health care इन्डेक्स २०२४ ७० औं

Global Tourism Index २०२४ ८० औं

२. वि.स.२०८१ को निजामती सेवा दिवस कति औं हो ?

(A) २० औं

(B) २१ औं

(C) २२ औं

 (D) २३ औं

  • वि.स.२०१३ भदौ २२ गते प्रधानमन्त्री टंकप्रसाद आचार्यको पालामा पहिलोपटक निजामती सेवा ऐन जारी भएको सम्झनामा मनाइने ।
  • वि.स.२०६१ देखी मनाउन थालिएको। २०८१ को २१ औं निजामती सेवा दिवस हो ।
  • नारा : २०७८-२०८२ : व्यावसायिक र सिर्जनशील प्रशासन विकास, समृद्धि र सुशासन

निजामती सेवा दिवसको अवसरमा प्रदान गरिने पुरस्कार:

  • सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार १ जनालाई, जनही रु २ लाख

  • उत्कृष्ट निजामती सेवा पुरस्कार १० जनालाई, जनही रु १ लाख

  • निजामती सेवा पुरस्कार : ३० जनालाई, जनही रु. ५० हजार

  • मुख्यसचिवको संयोजकत्वमा ५ सदस्यीय समितिले पुरस्कारको सिफारिस गर्ने ।

३. WTO को कान्छो सदस्य कुन हो ?

(A) अफगानिस्तान

(B) लाइबेरिया

(C) कोमोरोस

 (D) टिमोर लिष्टे

  • १६६ औं : टिमोर लिष्टे सन् २०२४ अगष्ट ३०
  • १६५ औं : कोमोरोस सन् २०२४ अगष्ट २१
  • १६४ औं : अफगानिस्तान सन् २०१६ जुलाई २९
  • १६३ औं : लाइबेरिया सन् २०१६ जुलाई १४

४. विश्व वातावरण दिवस, २०२४ को नारा के रहेको छ ?

(A) Make everyday Earth Day

 (B) Go green and save green

(C) Pollution is never a solution

(D) Our land. Our future.

  • कहिले मनाइन्छ ? जुन ५
  • सन् २०२४ को नारा के हो ? हाम्रो भूमि, हाम्रो भविष्य (आवर ल्याण्ड, आवर फ्युचर)

५. मिस्टर नेपाल वर्ल्ड २०२४ को उपाधि कस्ले जितेका हुन् ?

(A) योगेश श्रेष्ठ

 (B) रमेश कार्की

 (C) सन्तोष लिम्बु

 (D) आयुष दुलाल

शौन्दर्य प्रतियोगिता २०२४

  • मिस्टर नेपाल वर्ल्ड २०२४ सन्तोष लिम्बु
  • मिस्टर ग्लोबल नेपाल२०२४ योगेश श्रेष्ठ
  • म्यान अफ दि वर्ल्ड नेपाल २०२४ आयुष दुलाल
  • मिस युनिभर्स नेपाल २०२४ सम्पदा घिमिरे
  • मिस नेपाल वर्ल्ड २०२३ आश्मा कुमारी केसी
  • मिस नेपाल अर्थ २०२४ सुमना केसी
  • मिस नेपाल इन्टरनेश्नल २०२४ करुणा रावत

६. हालसालै वाणिज्य बैंकको शाखा पुगेको नेपालको ७५३ औं स्थानिय तह कुन हो ?

(A) सैपाल गाउँपालिका

 (B) रुविभ्याली गाउँपालिका

 (C) व्यास गाउँपालिका

 (D) भुमे गाउँपालिका

नेपालको ७५३ वटै स्थानीय तहमा पुग्यो वाणिज्य बैंकको शाखा :

  • २०८१ असोज ०९ गते बझाङको सैपाल गाउँपालिकामा एभरेष्ट बैंकको शाखा पुगेको
  • ७५२ औं : धादिङको रुविभ्याली गाउँपालिका रहेको

७. आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार कुल गार्हस्थ्य उत्पादनमा शिक्षा क्षेत्रको योगदान कति रहेको छ ?

(A) १३.८४ प्रतिशत

(B) ७.२८ प्रतिशत

 (C) ८.५० प्रतिशत

(D) १.८७ प्रतिशत

  • विद्युत् क्षेत्रको GDP मा योगदान 1.81 प्रतिशत
  • व्यापार क्षेत्रको GDP मा योगदान 13.84 प्रतिशत
  • यातायात तथा भण्डारण क्षेत्रको GDP मा योगदान 7.28 प्रतिशत
  • सूचना तथा सञ्चार क्षेत्रको GDP मा योगदान 1.94 प्रतिशत
  • शिक्षा क्षेत्रको GDP मा योगदान 8.50 प्रतिशत
  • स्वास्थ्य तथा सामाजिक क्षेत्रको GDP मा योगदान 1.87 प्रतिशत

८. पेरिस ओलम्पिक २०२४ मा पदक तालिकामा पहिलो स्थान रहेको मुलुक कुन हो ?

(A) स्पेन

(B) चीन

(C) जापान

 (D) अमेरिका

  • पेरिस ओलम्पिक २०२४ मा सबैभन्दा धेरै स्वर्णपदक जित्ने दुई देश कुन कुन हुन् ?
    • संयुक्त राज्य अमेरिका र चीन, ४० स्वर्ण
  • पदक तालिकामा पहिलो स्थान अमेरिका १२६ पदक
  • दोस्रो स्थान चीन ९१ पदक
  • तेस्रो स्थान जापान, २० स्वर्ण सहित ४५ पदक
  • पेरिस ओलम्पिक २०२४ मा फुटबल तर्फको स्वर्ण पदक कुन देशले जितेको छ ?
    • स्पेन (उपविजेताः फ्रान्स)

९. प्रथम खो-खो विश्वकप, २०२५ उपविजेता मुलुक कुन हो ?

(A) भारत

(B) नेपाल

 (C) बंगलादेश

 (D) पाकिस्तान

प्रथम खो-खो विश्वकप, २०२५

वर्ग विजेता उपविजेता अन्तिम नतिजा सहभागी टिम
पुरुष भारत नेपाल भारत ५४-३६ नेपाल २०
महिला भारत नेपाल भारत ७८-४० नेपाल १९

थप जानकारीः

    • मिति र स्थानः जनवरी १३-१९, २०२५, इन्दिरा गान्धी इन्डोर हल, भारत
    • प्रत्येक टिममा १२ खेलाडी हुन्छन्, तर एक पटकमा ९ जना मात्र खेल्छन्

Here is the text from the image you provided:

१०. पानी सम्मेलन, २०२४ कहाँ सम्पन्न भयो ?

(A) टोकियो

(B) बाकु

 (C) बाली

 (D) माले

पानी सम्मेलन, २०२४  

  • २०२४ को पानी सम्मेलन कति औं हो ? १० औं
  • पानी सम्मेलन, २०२४ कहिले र कहाँ सम्पन्न भएको हो ? सन् २०२४ मे १८-२५, इन्डोनेसियाको बाली
  • पानी सम्मेलन, २०२४ को नारा के हो ? 'साझा समृद्धिका लागि पानी'

११. नागढुंगा-सिस्नेखोला सुरुङमार्गको ब्रेक ध्रु कसले गरे ?

(A) २०८१ वैशाख १

(B) २०८१ वैशाख २

(C) २०८१ वैशाख ३

 (D) २०८१ वैशाख ४

नागढुंगा-सिस्नेखोला सुरुङमार्गको ब्रेक ध्रु

    • कसले गरे ? पुष्पकमल दाहाल प्रचण्ड
    • कहिले भयो ? वि.सं. २०८१ वैशाख ३
    • मुख्य सुरुङको लम्बाई कति रहेको थियो ? २.६८८ कि.मि.

१२. १९ औं एसियाली खेलकुद प्रतियोगितामा पदक जित्ने नेपाली खेलाडी को हुन् ?

(A) एरिका गुरुङ

 (B) निमा मगर

 (C) बिर ब. महरा

(D) पविना शेर्पा

  • १९ औं एसियाली खेलकुद प्रतियोगिता २०२३ सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको हाङभाउमा भएको थियो। जसमा ४५ देशका १२ हजार खेलाडी सहभागी थिए । नेपालबाट २९ खेलमा २५३ खेलाडीको सहभागिता रहेको जसमा नेपालले २ पदक जितेको नेपाललाई करातेमा एरिका गुरुङले रजत पदक र महिला कबड्डी टोलीले कास्य पदक दिलाए थिए।

१३. राष्ट्रिय वाघ गणना, २०२२ अनुसार चितवन राष्ट्रिय निकुञ्जमा कति वटा बाघ रहेको छन् ?

(A) १३० वटा

 (B) १२५ वटा

 (C) १२८ वटा

 (D) १२२ वटा

  • बाघ गणना २०२२ अनुसार नेपालका बाघको संख्या : ३५५ वटा
  • २०२२ को बाघ गणना कति औं हो? : चौंथो
  • बाघ गणना कति वर्षको अन्तरमा गरिन्छ ? : ४ वर्षको
  • २०१८ मा बाघको संख्या कति रहेको छ? : २३५ वटा
  • २०२२ को गणना नतिजा कस्ले सार्वजानिक गर्यो ? शेर ब. देउवा
  • बाघ गणना २०२२ को गणना कहिले भयो ? २०७८ मंसिर १९ देखी फागुन १८

१४. १६ औं योजनाले मुख्य प्राथमिकतामा राखेको २ विषय कुन कुन हुन् ?

(A) डिजिटल डाटाबेस र ई-गभर्नेन्स

 (B) सुशासन र सबल लोकतन्त्र

 (C) स्वस्थ र सन्तुलित पर्यावरण

(D) राष्ट्रिय एकता, सुरक्षा र सम्मान

  • कूल अनुमानित लागत रु. १ सय ११ खर्ब ८४ अर्ब २३ करोड
  • लगानिका क्षेत्रहरू सार्वजनिक (३३ खर्ब ७७ अर्ब) सहकारी (२ खर्ब ९० अर्ब) निजी (७५ खर्ब १५ अर्ब) 

१५. २०२४ मा जम्मा कति पटक भिटो प्रयोग भएको छ ?

(A) ५ पटक

(B) ७ पटक

(C) ९ पटक

 (D) ११ पटक

  • २०२४ मा जम्मा : ७ पटक र सन् २०२३ मा ५ पटक भिटो प्रयोग भएको छ।

१६. पद्मश्री गौरव पुरस्कार-२०८० कसलाई प्रदान गरियो ?

(A) कृष्ण गौतम

(B) मुकेश कायस्थ

(C) केदारभक्त माथेमा

 (D) पवन कु.चाम्लिङ

  • पद्मश्री साहित्य पुरस्कार-२०८०:  प्रा. कृष्ण गौतम (उपन्यास: अद्वैतका लागि)
  • पद्मश्री साधना सम्मान २०८०:  पवनकुमार चाम्लिङ (सिक्किमका पूर्वमुख्यमन्त्री)
  • पद्मश्री गौरव पुरस्कार -२०८०:  प्रा. केदारभक्त माथेमा
  • लोकतन्त्र योद्धा सम्मान २०८०:  मुकेश कायस्थ

१७. सार्वजनिक संस्थान वार्षिक स्थिती समिक्षा, २०८१ अनुसार सबैभन्दा धेरै नाफा रहेको सार्वजनिक संस्थान कुन हो?

(A) राष्ट्रिय वाणिज्य बैंक

 (B) दूर सञ्चार कम्पनी

 (C) नेपाल विद्युत् प्राधिकरण

 (D) नेपाल आयल निगम

सबैभन्दा बढी नाफामा रहेका संस्थान  सबैभन्दा बढी घाटामा रहेका संस्थान
१. नेपाल आयल निगम १. नेपाल वायुसेवा निगम ४. उदयपुर सिमेन्ट
२. नेपाल विद्युत प्राधिकरण २. नेपाल खानेपानी संस्थान ५. नेपाल टेलिभिजन

३. नेपाल दुरसञ्चार कम्पनी

४. नागरिक लगानी कोष

५. निक्षेप तथा कर्जा लगानी कोष

३. दुग्ध विकास संस्थान  

१८. नेपाल प्रिमियर लिग (NPL) को पहिलो संस्करण कहिले सुरु भएको हो ?

(A) ३० नोभेम्बर २०२४

 (B) २८ नोभेम्बर २०२४

 (C) १ डिसेम्बर २०२४

(D) ५ डिसेम्बर २०२४

(३० नोभेम्बरदेखि २१ डिसेम्बर २०२४) २०८१ मंसिर १५ देखि पुस ६

१९. राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालमा हाल सक्रिय जनसंख्या कति प्रतिशत रहेको छ ?

(A) ६०.१६ प्रतिशत

 (B) ६२.१६ प्रतिशत

 (C) ६१.१६ प्रतिशत

(D) ६३.१६ प्रतिशत

  • नेपालको राष्ट्रिय जनगणना, २०७८ अनुसार कूल जनसंख्याको कति प्रतिशत १५ देखि ५९ वर्ष उमेरका रहेका छन् ? ६१.१६ (Kharidar, 2081)
  • राष्ट्रिय जनगणना, २०७८ बमोजिम नेपालको जनसंख्या कति रहेको छ ? २,९१,६४,५७८

२०. वर्तमान प्रधानन्यायधिश नेपालका कति औं प्रधानन्यायधिश हुन् ?

(A) ३२ औं

(B) ३३ औं

 (C) ३४ औं

 (D) ३५ औं

  • प्रधानन्यायधिशमा प्रकाशमान सिंह राउत कहिले नियुक्त भए ? २०८१ असोज २०
  • उनी नेपालको कति औं प्रधानन्यायधिश हुन् ? ३२ औं
  • उनले राष्ट्रपति समक्ष पद तथा गोपनियताको शपथ कहिले खाए ? २०८१ असोज २०

 

Categories

  • Current Affairs 633
  • Gorkhapatra 308
  • Others 1030
  • Vacancy 1
  • Past Questions 78
  • GK Loksewa Past Question Collection 0
  • Nepal Police 4

Latest Blogs

Detailed chronological table of educational history during the Rana period
Others

राणाकालीन शैक्षिक इतिहासको विस्तृत कालक्रमिक तालिका

  • May 26, 2026
  • 2498
The Fourth Five-Year Plan in the History of Nepal's Planned Development
Others

नेपालको योजनावद्ध विकासको इतिहासमा चौथो पञ्चवर्षीय योजना

  • May 26, 2026
  • 67
Historical development of the establishment of the United Nations
Others

संयुक्त राष्ट्र संघको स्थापनाको ऐतिहासिक विकासक्रम

  • May 26, 2026
  • 68
Titles of creators in the fields of Nepali literature, art, and music
Others

नेपाली साहित्य, कला र सङ्गीत क्षेत्रका स्रष्टाहरूका उपाधि

  • May 26, 2026
  • 1997
What is the Police Act, 2012? (Police Public Service Blog #3)
Nepal Police Others

के हो प्रहरी ऐन, २०१२? (प्रहरी लोकसेवा blog #3)

  • May 25, 2026
  • 57
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA