Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (९ माघ २०८१, बुधबार)

  • Ajnabee Khadka
  • January 22, 2025
  • 673

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (९ माघ २०८१, बुधबार)

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (९ माघ २०८१, बुधबार)

१.  सन् २०२५ जनवरीमा भारतको नयाँ दिल्लीमा सम्पन्न पहिलो खो–खो विश्वकपमा नेपालले कुन स्थान हासिल गर्‍यो ?

➤ दोस्रो (विजेता : भारत) 

  • पुरुष तथा महिला दुवैतर्फ नेपाल उपविजेता बनेको । नेपालले कुनै पनि स्तरको विश्वकपको फाइनल खेलेको यो पहिलो पटक हो । त्यसैले टिम गेममा नेपाली खेलकुदका लागि यो सबैभन्दा ठुलो उपलब्धि हो । 
  • भारत दुवै वर्गमा खो–खो विश्वकपको पहिलो च्याम्पियन बनेको । 
  • नेपालको पुरुष र महिला टिमले खो–खो विश्वकपको पहिलो संस्करणकै फाइनल खेलेर आपूmलाई इतिहासको पानामा सामेल गरेका । 
  • पहिलो खो–खो विश्वकपमा पुरुषतर्फ २० र महिलातर्फ १९ टिमको सहभागिता रहेको । 
  • नेपालको महिला टिम अपराजित रहँदै भारतसँग फाइनल खेलेको थियो । नेपालले फाइनल यात्राको सिलसिलामा सेमिफाइनलमा युगाण्डा, क्वाटर फाइनलमा इरान तथा समूह चरणमा भुटान, जर्मनी, श्रीलङ्का र बङ्गलादेशलाई हराएको थियो । 
  • फाइनलमा नेपालकी मनमती घानी उत्कृष्ट डिफेन्डर घोषित भएकी । त्यसै गरी भारतकी चैत्रा सर्वश्रेष्ठ खेलाडी र अंशु कुमारी सर्वश्रेष्ठ अट्याकर घोषित भएका । 
  • पुरुषतर्फ नेपालका रोहित वर्मा सर्वश्रेष्ठ डिफेन्डर, भारतका सुयस गर्गटे सर्वश्रेष्ठ अट्याकर र मेहुल सर्वश्रेष्ठ खेलाडी घोषित भएका । 

२.  टेस्ट क्रिकेटमा सर्वाधिक शतक बनाउने खेलाडी को हुन् ?

➤ सचिन तेन्दुलकर (भारत) 

  • टेस्ट क्रिकेटमा सर्वाधिक सतक बनाउने सात खेलाडी : 

 

३.  १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना मिति कुन हो ? 

➤ वि.सं. २०८१ चैत्र २३–३०, कर्णाली प्रदेश

  • राष्ट्रिय खेलकुद परिषद् (राखेप) को २०८१ मङ्सिर २१ को ११८ औँ बोर्ड बैठकले १० औँ राष्ट्रिय खेलको सो मिति तय गरेको । यसअघि परिषदले २–९ मङ्सिरसम्म प्रतियोगिता आयोजना गर्ने भनेको थियो । 
  • कर्णालीको सुर्खेतमा आयोजना हुने १० औँ राष्ट्रिय खेलकुदमा ३५ खेल समावेश गरिने जनाइएको । 

४. आवाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले षडानन्द राष्ट्रिय पुरस्कार–२०८१ कसलाई प्रदान गर्यो ? 

➤ प्रा.डा जगदीशचन्द्र रेग्मी

  • पुरस्कार राशि रु. एक लाख रुपियाँ रहेको । 
  • षडानन्द राष्ट्रिय समाजसेवा पुरस्कार साहित्यकार सुश्री भद्रकुमारी घले र षडानन्द क्षेत्रीय पुरस्कार कुन्ता शर्मालाई प्रदान गरिएको । 
  • दुवै पुरस्कारको राशि ५१ हजार रुपियाँ रहेको । 
  • षडानन्दले भोजपुर दिङलामा विसं १९३२ मा संस्कृत विद्यालय स्थापना गरेर तत्कालीन समयमा शिक्षाको ज्योति छर्ने कार्य गरेका । 

५. मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको स्पेसटाउन सहरबिच भगिनी सम्बन्ध कहिले कायम भएको हो ? 

➤ वि.सं. २०८१ मङ्सिर १० (सन् २०२४ नोभेम्बर २५)

६.  उदीयमान अर्थतन्त्र भएका राष्ट्रहरूको समूह ब्रिक्सको नयाँ सदस्यका रूपमा इन्डोनेसिया कहिले प्रवेश गरेको हो ?

➤ सन् २०२५ जनवरी

  • ब्रिक्सको अध्यक्षता गरिरहेको ब्राजिलले सन् २०२५ जनवरी ६ मा इन्डोनेसियाको सदस्यताका लागि दिइएको प्रस्ताव जनवरी १ देखि नै लागु हुने गरी स्वीकृत 
  • गरेको जनाएको । 
  • इन्डोनेसियाले सन् २०२३ को जोहानेसवर्ग शिखर सम्मेलनमा सदस्यताका लागि प्रस्ताव दायर 
  • गरेको थियो । 
  • ब्रिक्स देशहरूले सन् २०२४ मै इन्डोनेसियाको सदस्यता प्रश्तावलाई सर्वसम्मतिले अनुमोदन गरेको थियो । इन्डोनेसियाले त्यस समय नयाँ सरकारको गठनपछि मात्र ब्रिक्समा सामेल हुने जानकारी गराएको थियो । 
  • इन्डोनेसिया दक्षिण पूर्वी एसियाको सबैभन्दा धेरै जनसङ्ख्या र ठुलो अर्थतन्त्र भएको राष्ट्र हो । 

७.  चीनको स्वशासित क्षेत्र तिब्बतको सिगात्सेस्थित डिङ्ग्री काउन्टी अन्तर्गत सोगो सहरलाई केन्द्र बनाई शक्तिशाली भूकम्प कहिले गएको हो ?

➤ सन् २०२५ जनवरी ७ 

  • ६.८ म्याग्निच्युडको सो भूकम्पका कारण कम्तीमा १२६ भन्दा बढी व्यक्तिको निधन भएको र एक हजारभन्दा बढी घर भत्किएका । 
  • चाइना अर्थक्वेक नेटवर्क सेन्टर (सिएएनसी) ले भूकम्पको गहिराइ १० किलोमिटरमुनि र शक्ति ६.८ म्याग्निच्युड मापन गरेको । युएस जिओलोजिकल सर्भेले भने ७.१ मापन गरेको थियो । 
  • नेपाली समय अनुसार ६:५० बजे गएको सो भूकम्पको पूर्वी र मध्यनेपालमा पनि ठुलो झड्का महसुस भएको । 

८.  राष्ट्रिय योग दिवस कहिले मनाइन्छ ?

➤ माघ १

  • वि.सं. २०८१ (दसौँ) को नारा : स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग । 
  • वि.सं. २०७२ श्रावण २८ गतेको मन्त्रीपरिषद्को निर्णय अनुरूप हरेक वर्ष माघ १ (२०७२ देखि) गतेका दिन राष्ट्रिय योग दिवस मनाउँदै आइएको । 
  • संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१५ देखि हरेक वर्ष जुन २१ का दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको । 
  • ‘योगश्चित्तवृत्तिनिरोध’ अर्थात् योगले व्यक्तिका चित्तका वृत्ति निरोध गर्दै शारीरिक स्वास्थ्य, मानसिक शान्ति, भावनात्मक शुद्धता र चेतनाको पूर्ण विकासको मार्ग प्रशस्त गर्ने र पूर्ण स्वास्थ्य आर्जन गर्नमा महìवपूर्ण योगदान पु¥याउने विश्वास गरिन्छ । 

 

९.  योगमाया आयुर्वेदिक विश्वविद्यालयको नाम परिवर्तन गरी के बनाइएको छ ?

➤ विदुषी योगमाया हिमालयन आयुर्वेदिक विश्वविद्यालय

 

१०.  इजरायल र प्यालेस्टिनी समूह हमासबिच युद्धविरामको सहमति कहिले भएको हो ?

➤ सन् २०२५ जनवरी 

  • दुई पक्षबिचको मध्यस्थकर्ता कतार र अमेरिकाका अनुसार हमास र इजरायल दुवैले बन्दी रिहा गर्ने सर्तसहित युद्धविरामको सहमति भएको हो । 
  • युद्ध विराम सन् २०२५ जनवरी १९ देखि लागु । 
  • दुई पक्षबिच सहमति जुटेपछि १५ महिना लामो युद्ध अन्त्य हुन पुगेको । 
  • पहिलो चरणमा छ साताभित्र हमासले महिला, बालबालिका, वृद्धवृद्धा र घाइतेसहित ३३ जनालाई क्रमशः रिहा गर्ने र त्यसको सट्टामा इजरायलले प्यालेस्टिनी बन्दी मुक्त गर्ने सहमति भएको । 
  • प्यालस्टिनी समूह हमासले २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गरेपछि दुई पक्षबिच युद्ध चर्किएको थियो । हमासको आक्रमणबाट अक्टोबर ७ मा करिब १२ सयको ज्यान गएको थियो । 
  • हमासले २५१ जनालाई बन्धक बनाएर लगेको थियो । इजरायली आक्रमणले ४६ हजारभन्दा बढी गाजावासीको ज्यान गएको छ । 

११.  दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक येओल कहिले पक्राउ परेका हुन् ?

➤ सन् २०२५ जनवरी १५

  • उनीमाथि सरकारविरुद्ध विद्रोह भड्काएको आरोप रहेको । 
  • युनमाथिको आरोप प्रमाणित भएमा दक्षिण कोरियाको संविधान अनुसार उनलाई मृत्युदण्ड वा आजीवन काराबास हुन सक्ने । 
  • युनले देशमा सैनिक शासन घोषणा गर्ने प्रयास गरेको भन्दै उनीमाथि संसद्ले महाभियोग लगाएको थियो । उनीविरुद्ध महभियोग लगाउने पक्षमा २०४ र विपक्षमा ८४ मत परेको थियो । महाभियोगपश्चात् उनलाई पदबाट निलम्बित गरिएको थियो ।

१२.  विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल बिनाअक्सिजन आरोहण गरी विश्व कीर्तिमान कायम राख्ने साहसी आरोही को हुन् ?

➤ मिङ्मा जी शेर्पा

  • दोलखाको रोल्बालिङका मिङ्माले सात वटै महादेशका सर्वोच्च शिखर आरोहण गर्ने कीर्तिमान पनि कायम गरेका छन् । 
  • उनले हाल (वि.सं. २०८१ पुस) सम्म विश्वका २० हिमाल ४२ पटक चढिसकेका छन् । तीमध्ये ३० पटक बिनाअक्सिजन र अक्सिजनसहित १२ पटक हिमाल आरोहण गरेका छन् । 

१३.  विश्व चर्चित पत्रिका अमेरिकाको ‘द न्युयोर्क टाइम्स’ ले प्रकाशित गरेको सन् २०२५ मा घुम्नु पर्ने विश्वका उत्कृष्ट ठाउँको सूचीमा बुद्ध जन्मस्थल लुम्बिनी कति औँ नम्बरमा रहेको छ ?

➤ नवौँ

★ सूचीमा परेका पहिलो दस स्थान : 

१.  जेन अस्टिन, इङल्यान्ड 

२.  गालापागोस आइल्यान्ड, इक्वेडर 

३.  न्युयोर्क सिटी म्युजियम्स, अमेरिका

४.  आसाम, भारत 

५.  ह्वाइट लोटस, थाइल्यान्ड

६.  ग्रिनल्यान्ड, डेनमार्क 

७.  आइजेन प्रोभेन्स, फ्रान्स 

८. सन भ्याली, इडाहो 

९. लुम्बिनी, नेपाल 

१०.  सिड्नी, अस्ट्रेलिया

१४.  भूकम्प सुरक्षा दिवस कहिले मनाउने गरिन्छ ?

➤ माघ २

  • वि.सं. २०८१ को नारा : भूकम्पले सिकाएको पाठ : बलिया संरचना र सुदृढ पूर्वतयारीको साथ 
  • वि.सं. १९९० माघ २ गते नेपालमा आएको महाभूकम्पको स्मरण गर्दै विसं २०५५ देखि भूकम्प सुरक्षा दिवस मनाउन थालिएको। 

 

१५.  ग्रिन क्लाइमेट फन्ड (जोसिएफ) बाट मान्यताप्राप्त नेपालकै पहिलो वाणिज्य बैङ्क कुन हो ?

➤ नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्क (एनआइएमबी), सन् २०२५ जनवरी 

  • एनआइएमबीले पाँच करोडदेखि २५ करोड अमेरिकी डलरसम्मका मध्यम आकार वर्गका जलवायु वित्त परियोजना व्यवस्थापन गर्न सक्षम वाणिज्य बैङ्कको मान्यता प्राप्त गरेको हो । 
  • जिसिएफ जलवायु कार्यका लागि संसारकै ठुलो जलवायु प्रतिबद्ध कोष हो । 

१६.  वल्र्ड पपुलेसन डाटा सिट (डब्लुपिडिएस) २०२४ अनुसार विश्व जनसङ्ख्याको मध्यम उमेर (मिडियन एज) कति रहेको छ ?

➤ ३१ वर्ष 

  • सबैभन्दा बढी मध्यम उमेर युरोप (४४.५ वर्ष अर्थात् आधा युरोपियन ४४.५ वर्ष भन्दा माथि उमेरका र आधा त्योभन्दा तलको उमेरका) को रहेको । 
  • सबैभन्दा कम मिडियन एज अफ्रिका (१९.२ वर्ष) को रहेको । 
  • विश्वको सबैभन्दा बढी जनसङ्ख्याको बसोबास गर्ने एसिया महादेशको मिडियन एज ३२.१ वर्ष रहेको । 

 

१७.  बेबी बुम केसँग सम्बन्धित रहेको छ ?

➤ अत्यधिक बालबालिकाको जन्म

  • दोस्रो विश्वयुद्ध रोकिएको केही समयपश्चात् सन् १९४८ देखि संसारभर अत्यधिक बालबालिका जन्मिए जुन त्यसअघि कहिल्यै जन्मेका थिएनन् । जनसङ्ख्याशास्त्रीले अधिक बच्चा जन्मिन थालेको सो घटनालाई ‘बेबी बुम’ को उपमा दिएका । यो क्रम करिब १२ वर्ष अर्थात् सन् १९६० सम्म रहेको थियो । 
  • बेबी बुम विशेष गरी पुर्व युद्धग्रस्त क्षेत्र युरोप, अमेरिका, जापान, कोरियामा सबैभन्दा धेरै थियो ।

 

१८.  संवैधानिक पदहरूमा निर्वाचित, मनोनित वा नियुक्त हुनका निम्ति विदेशको स्थायी आवासीय अनुमतिपत्र त्यागेको कति अवधि पूरा भएको हुनु पर्छ ? 

➤ ३ महिना

 

१९. नेपाली महिला क्रिकेट टोली पहिलो पटक विश्वकपमा कहिले सहभागी भएको हो ?

➤ सन् २०२५ जनवरी 

  • मलेसियामा सन् २०२५ जनवरी १८ देखि सुरु भएको आईसिसी यु–१९ महिला टी–२० विश्वकपमा नेपालको महिला टोलीले खेलेर नेपाली क्रिकेटको उचाइ बढाएको ।

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 728
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 110
  • Nepal Police 8

Latest Blogs

'Padma Shri Literature Award' best five (Shortlist) works public
Current Affairs

'पद्मश्री साहित्य पुरस्कार' उत्कृष्ट पाँच (Shortlist) कृति सार्वजनिक

  • Jul 31, 2026
  • 38
Nepal Engineering Service, Mechanics (Unlisted II) - 2083
Past Questions

नेपाल इन्जिनियरिङ्ग सेवा, मेकानिक्स (अनङ्कित द्वितीय) - २०८३

  • Jul 30, 2026
  • 35
Nepal Health Service, A.N.M. (ANM), 4th - 2083/04/12
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.न.मी. (ANM), चौथो - २०८३/०४/१२

  • Jul 30, 2026
  • 35
Andy Burnham appointed as new UK Prime Minister
Current Affairs

बेलायतको नयाँ प्रधानमन्त्री: एन्डी बर्नह्याम (Andy Burnham)

  • Jul 29, 2026
  • 62
New record set for youngest player to score half-century in international cricket
Current Affairs

अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कान्छो खेलाडीको नयाँ किर्तिमान कायम

  • Jul 29, 2026
  • 90
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA