Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

सिँचाइ

  • Bikash Shrestha
  • August 14, 2025
  • 503

सिँचाइ

Irrigation


आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार नेपालमा हरेक वर्ष सिँचाइ सुविधा विस्तार भइरहेको छ। २०७९ फागुनसम्म, कुल सिँचाइयोग्य जमिन १७ लाख ६० हजार हेक्टर मध्ये ८८.५ प्रतिशत क्षेत्रमा सिँचाइ सुविधा पुगेको थियो।
त्यस्तै, कुल कृषियोग्य जमिन २६ लाख ४० हजार हेक्टर मध्ये ५९ प्रतिशत क्षेत्रमा सिँचाइ सुविधा पुगेको थियो। २०८० असार मसान्तसम्म १५ लाख ५५ हजार ५ सय ८ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुगेको थियो।


आर्थिक वर्ष २०८०/८१ को फागुनसम्म, संघीय आयोजना मार्फत:

  • सतह सिँचाइ — ६२० हेक्टर

  • लिफ्ट सिँचाइ — २७० हेक्टर

  • भूमिगत सिँचाइ — ७०० हेक्टर

  • जलाशय — ५० हेक्टर

जम्मा १,६४० हेक्टर क्षेत्रमा नयाँ सिँचाइ सुविधा थपिएको छ। यससँगै २०८० फागुनसम्म कुल १५ लाख ५७ हजार १ सय ४८ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ।
भूमिगत सिँचाइमा, १३ वटा डिप बोरिङ प्रणालीमार्फत ५२० हेक्टरमा सिँचाइ विस्तार भएको थियो। आर्थिक वर्ष २०८०/८१ मा थप ६ बोरिङमार्फत ३०० हेक्टरमा सिँचाइ सुविधा पुर्‍याइएको छ।
हाल नेपालमा कुल सिँचित क्षेत्रमध्ये करिब एक-तिहाइ भूभागमा मात्र वर्षैभरि सिँचाइ सुविधा उपलब्ध छ। दिगो, न्यायोचित र सन्तुलित क्षेत्रीय विकासका लागि समावेशी तथा साझेदारी व्यवस्थापनको आधारमा, सतह र भूमिगत दुवै प्रकारका जलस्रोतको अधिकतम उपयोग गर्दै वर्षैभरि सिँचाइ सुविधा पुर्‍याउने पूर्वाधार विकास गर्नु आजको आवश्यकता हो। यसबाट कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि, गरिबी न्यूनीकरण र समृद्धितर्फको अग्रगमन सम्भव हुन्छ।

Categories

  • Current Affairs 734
  • Gorkhapatra 329
  • Others 1132
  • Vacancy 1
  • Past Questions 116
  • Nepal Police 8

Latest Blogs

Major National Days of BS 2083: From Baisakh to Shravan
Current Affairs

वि.सं. २०८३ का प्रमुख राष्ट्रिय दिवस: वैशाख देखि श्रावनसम्म

  • Aug 04, 2026
  • 169
Major capital cities of the world and the rivers they are located on
Others

विश्वका प्रमुख राजधानी सहरहरू र ती अवस्थित नदी किनारहरू

  • Aug 03, 2026
  • 127
The world's oceans and the major countries/regions they touch
Others

विश्वका महासागरहरू र तिनीहरूले छुने प्रमुख राष्ट्रहरू/क्षेत्रहरू

  • Aug 03, 2026
  • 63
10 longest rivers in the world
Others

विश्वका १० सबैभन्दा लामा नदीहरू

  • Aug 03, 2026
  • 73
Major country borders separated by rivers
Others

नदीद्वारा छुट्टाइएको प्रमुख देशको सिमानाहरू

  • Aug 03, 2026
  • 71
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA