महालेखापरीक्षकको वार्षिक प्रतिवेदन २०८२ को महत्वपूर्ण तथ्यांकहरु
- कति औं प्रतिवेदन: ६२ औं
- नेपालको संविधानको धारा २४१ बमोजिम आ.व. २०८०/०८१ को लेखापरीक्षण सम्पन्न गरी धारा २९४(१) बमोजिम प्रतिवेदन पेश भएको,
- निम्न प्रकारका लेखापरीक्षण गर्ने गरिएको;
- वित्तीय लेखापरीक्षण
- कार्यमूलक लेखापरीक्षण
- वातावरणीय लेखापरीक्षण
- सूचना प्रविधि लेखापरीक्षण
- विशेष लेखापरीक्षण
- कुल बेरुजु: ९१ अर्ब ५९ करोड ७९ लाख
- असुल गर्नुपर्ने: ३२.८९ प्रतिशत
- नियमित गर्नुपर्ने: ६१.२७ प्रतिशत र
- पेश्की: ५.८४ प्रतिशत रहेको
- लेखापरीक्षण अङ्कको तुलनामा बेरुजु प्रतिशत;
- सङ्घ: १.५४%
- प्रदेश: १.३६%
- स्थानीय तह: २.२६%
- समिति र अन्य संस्था: २.७४%
- औसत बेरुजु: १.८१%
- लेखापरीक्षण अंकको तुलनामा बेरुजु प्रतिशत बढी र कम हुने प्रदेश;
- बढी: मधेश (२.५७ प्रतिशत)
- कम: बागमती (०.८२ प्रतिशत)
- लेखापरीक्षण अंकको तुलनामा बेरुजु प्रतिशत बढी र कम हुने स्थानीय तह;
- शून्य बेरुजु हुने स्थानीय तह: महाभारत गाउँपालिका, काभ्रेपलाञ्चोक
- बढी बेरुजु हुने स्थानीय तह: विष्णुपुर गाउँपालिका, सप्तरी (१४.३३%)