फिफा विश्वकप, २०२६ सुरु हुनु अघि जान्नुपर्ने कुराहरू!
- उत्तर अमेरिकी महाद्वीपमा आयोजना हुन लागेको फिफा २०२६ विश्वकप फुटबल इतिहासकै सबैभन्दा ठूलो र भव्य प्रतियोगिता हुने,
- आयोजक राष्ट्र: अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा
- मिति: जुन ११, २०२६ मा मेक्सिको सिटीको ऐतिहासिक एस्टेका रंगशालाबाट सुरु र फाइनल खेल जुलाई १९, २०२६ मा न्यु जर्सी (MetLife Stadium) मा
- टोलीहरू र खेलको संख्या: विश्वकप फुटबल इतिहासमै पहिलो पटक, ४८ राष्ट्रहरू (३२ बाट बढेर) ले कुल १०४ खेलहरूमा प्रतिस्पर्धा गर्ने,
फिफा विश्वकप २०२६: छनोट भएका टोलीहरू:
| महादेश (Confederation) | छनोट भएका देशहरू |
| आयोजक राष्ट्रहरू (Co-hosts) | क्यानडा, मेक्सिको, संयुक्त राज्य अमेरिका (USA) |
| एसिया (AFC) | अस्ट्रेलिया, इराक, इरान, जापान, जोर्डन, दक्षिण कोरिया, कतार, साउदी अरब, उज्वेकिस्तान |
| अफ्रिका (CAF) | अल्जेरिया, केप भर्डे, डिआर कंगो, आइभरी कोस्ट, इजिप्ट, घाना, मोरक्को, सेनेगल, दक्षिण अफ्रिका, ट्युनिसिया |
| उत्तर तथा मध्य अमेरिका (Concacaf) | कुराकाओ, हाइटी, पानामा |
| दक्षिण अमेरिका (CONMEBOL) | अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, इक्वेडर, पाराग्वे, उरुग्वे |
| ओसेनिया (OFC) | न्युजिल्याण्ड |
| युरोप (UEFA) | अस्ट्रिया, बेल्जियम, बोस्निया र हर्जगोभिना, क्रोएसिया, चेकिया, इङ्ल्यान्ड, फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स, नर्वे, पोर्चुगल, स्कटल्याण्ड, स्पेन, स्वीडेन, स्विट्जरल्याण्ड, टर्की |
- समूह विभाजन: ४८ टोलीलाई १२ समूह (प्रत्येक समूहमा ४ टोली) मा विभाजन गरिने
- नकआउट चरण: समूहका शीर्ष दुई टोली र उत्कृष्ट ८ वटा तेस्रो स्थानका टोलीहरू 'राउन्ड अफ ३२' मा प्रवेश गर्ने,
- प्रतियोगिता १६ वटा सहरहरूमा खेलाइने;
- अमेरिका (११ सहर): एटलान्टा, बोस्टन, डल्लास, ह्युस्टन, कान्सास सिटी, लस एन्जलस, मियामी, न्युयोर्क/न्यु जर्सी, फिलाडेल्फिया, सान फ्रान्सिस्को, र सिएटल
- मेक्सिको (३ सहर): ग्वाडालजारा, मेक्सिको सिटी, र मोन्टेरे
- क्यानडा (२ सहर): टोरन्टो र भ्यान्कुभर
- फिफा विश्वकप २०२६ को आधिकारिक खेल बल: ट्रियोन्डा (TRIONDA)
- फिफा विश्वकप २०२६ को शुभंकर (Mascots): "Maple, the Moose" (क्यानेडा), "Zayu, the Jaguar" (मेक्सिको) र "Clutch, the Bald Eagle" (संयुक्त राज्य अमेरिका)
- फिफाले २०२६ विश्वकप खेल्न रोक लगाएको राष्ट्र: रूस, पाकिस्तान र कङ्गो
- २०२६ को विश्वकप बहिष्कार गर्ने राष्ट्र: इरान