Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको संघीय प्रादेशिक स्वरूप

  • Ajnabee Khadka
  • May 18, 2026
  • 342

नेपालको संघीय प्रादेशिक स्वरूप

Federal provincial structure of Nepal
  • नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय गरी तीन तहको हुने व्यवस्था गर्दै प्रदेश घोषणा र संरचनाको स्पष्ट संवैधानिक आधार प्रदान गरेको,
  • घोषणा: नेपालको संविधान २०७२ असोज ३ गते जारी भएसँगै विधिवत् रूपमा संघीयता र प्रदेशहरूको व्यवस्था लागू भएको,

१.) प्रदेश घोषणाका प्रमुख संवैधानिक आधारहरू:

संवैधानिक आधारहरू (विषय) प्रमुख संवैधानिक व्यवस्थाहरू
१. राज्यको संरचना (धारा ५६)

 

  • नेपालको संविधानको धारा ५६ (१) अनुसार संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने व्यवस्था,
  • धारा ५६ (३) मा नेपालमा सात प्रदेश रहने र ती प्रदेशहरूमा संविधानको अनुसूची-४ मा उल्लेख भए बमोजिमका जिल्लाहरू रहने स्पष्ट व्यवस्था गरिएको,

 

२. राज्य शक्तिको बाँडफाँड (धारा ५७)
  • संविधान र प्रदेश कानुन बमोजिम हुने गरी प्रदेशको अधिकार संविधानको अनुसूची-६ मा उल्लेख गरिएको,
  • संघ र प्रदेशको साझा अधिकार अनुसूची-७ मा र संघ, प्रदेश तथा स्थानीय तहको साझा अधिकार अनुसूची-९ मा उल्लेख भए बमोजिम हुने संवैधानिक आधार,
३. प्रादेशिक कार्यपालिका र व्यवस्थापिका
  • धारा १६२ ले प्रदेशको कार्यकारिणी अधिकार प्रदेश मन्त्रिपरिषद्मा निहित रहने व्यवस्था गरेको,
  • प्रत्येक प्रदेशमा संघीय सरकारको प्रतिनिधिको रूपमा राष्ट्रपतिबाट नियुक्त एक प्रदेश प्रमुख रहने व्यवस्था धारा १६३ मा,
  • संविधानको धारा १७५ ले प्रदेशमा एक सदनात्मक व्यवस्थापिका (प्रदेश सभा) रहने व्यवस्था गरेको,
४. प्रदेशको नामकरण र राजधानी (धारा २८८ र २९५)
  • धारा २९५ (२) अनुसार प्रदेशको नामकरण सम्बन्धित प्रदेश सभाको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतले गर्ने व्यवस्था,
  • धारा २८८ ले प्रदेशको राजधानी तोक्ने अधिकार पनि सम्बन्धित प्रदेश सभालाई दिएको,
५. आर्थिक अधिकार (धारा ५९ र ६०)
  • प्रदेशले आफ्नो अधिकार क्षेत्रभित्रका विषयमा कानुन बनाउने, वार्षिक बजेट बनाउने, नीति तथा योजना तयार गर्ने र कार्यान्वयन गर्ने आर्थिक अधिकार प्रयोग गर्न सक्छन्,
  • संविधानको धारा ६० ले प्रदेशलाई आफ्नो आर्थिक अधिकार क्षेत्र भित्रको विषयमा कर लगाउन र राजस्व उठाउन सक्ने अधिकार प्रदान गरेको,

२.) प्रदेश सभाको गठन सम्बन्धी प्रमुख तथ्यहरू:

  • नेपालमा सङ्घीयता कार्यान्वयनको ऐतिहासिक चरणका रूपमा वि.सं. २०७४ सालमा पहिलोपटक प्रदेश सभाको गठन भएको,

संवैधानिक आधार:

  • प्रदेश व्यवस्थापिकाको स्वरूप: नेपालको संविधानको धारा १७५ ले प्रत्येक प्रदेशमा एक सदनात्मक व्यवस्थापिका रहने व्यवस्था गरेको छ, जसलाई प्रदेश सभा भनिन्छ,
  • सदस्य संख्या र निर्वाचन प्रणाली: संविधानको धारा १७६ अनुसार प्रदेश सभाको गठन मिश्रित निर्वाचन प्रणालीबाट हुन्छ, जसमा कुल सदस्यको ६० प्रतिशत (पहिलो हुने निर्वाचित हुने - FPTP) र ४० प्रतिशत (समानुपातिक - PR) निर्वाचन प्रणालीमार्फत निर्वाचित हुन्छन्,
  • निर्वाचन क्षेत्र निर्धारण: प्रतिनिधि सभाको निर्वाचन क्षेत्रभित्र दुईवटा प्रदेश सभा निर्वाचन क्षेत्र कायम गरिएको,
  • निर्वाचन आयोगको भूमिका: संविधानको धारा २४६ ले प्रदेश सभा सदस्य लगायत अन्य तहका निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्ने जिम्मेवारी निर्वाचन आयोगलाई प्रदान गरेको,
  • निर्वाचनको अनिवार्यता: संविधानको धारा २९६ (१) को उपधारा (१) अनुसार रूपान्तरित व्यवस्थापिका–संसदको कार्यकाल २०७४ माघ ७ सम्म मात्र रहेकाले सो अवधिभित्रै प्रदेश सभाको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक बाध्यता रहेको,
कानूनी आधारहरू
  • मुख्य ऐन: प्रदेश सभाको निर्वाचन सम्पन्न गर्न "प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४" प्रमुख कानूनी आधारका रूपमा रहेको,
  • निर्वाचन क्षेत्र निर्धारण: निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन, २०७४ का आधारमा प्रदेश सभाका लागि निर्वाचन क्षेत्रहरू तय गरिएका,
  • आचार संहिता: निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन निर्वाचन आयोगले निर्वाचन आचार संहिता, २०७४ जारी गरी लागू गरेको थियो, जुन २०७४ भदौ १४ देखि मंसिर २६ सम्म बहाल रहेको,

पहिलो प्रदेश सभा निर्वाचन (२०७४) र निर्वाचन परिणामपश्च्यातका केही तथ्यहरू:

  • नेपालमा २०७४ सालमा सम्पन्न पहिलो प्रदेश सभा निर्वाचनपश्चात् सातै प्रदेशको कुल सिट सङ्ख्या ५५० कायम भएको,

प्रदेश सभाको कुल ५५० सिटको विभाजन:

प्रदेश
FPTP सिट (६०%)
PR सिट (४०%)
कुल जम्मा सिट
प्रदेश नं. १ (कोशी)
५६
३७
९३ 
प्रदेश नं. २ (मधेश)
६४
४३
१०७
प्रदेश नं. ३ (बागमती)
६६
४४
११० 
प्रदेश नं. ४ (गण्डकी)
३६
२४
६०
प्रदेश नं. ५ (लुम्बिनी)
५२
३५
८७
प्रदेश नं. ६ (कर्णाली)
२४
१६
४०
प्रदेश नं. ७ (सुदूरपश्चिम)
३२
२१
५३ 
कुल जम्मा
३३०
२२०
५५०
  • निर्वाचनको मिति: नेपाल सरकारको निर्णयअनुसार २०७४ मंसिर १० मा पहिलो चरण (हिमाली तथा उच्च पहाडी ३२ जिल्ला) र मंसिर २१ मा दोस्रो चरण (बाँकी ४५ जिल्ला) गरी दुई चरणमा निर्वाचन सम्पन्न भएको,
  • कुल मतदाता: १ करोड ५४ लाख २७ हजार ९ सय ३८ (पुरुष - ७७,७६,६२८, महिला - ७६,५१,१४३ र तेस्रो लिङ्गी - १६७)
  • मतदान केन्द्र: १०,६७१ स्थलमा १९,८०९ वटा केन्द्रहरू
  • उम्मेदवार (FPTP तर्फ): कुल ३,२३८ जना उम्मेदवार कायम (जसमा २४० महिला)
  • उम्मेदवार (PR तर्फ): सातै प्रदेशमा गरी कुल ३,५६६ जना उम्मेदवार बन्दसूचीमा
  • मतपत्र: FPTP का लागि ३३० प्रकारका र PR का लागि प्रदेशगत ७ प्रकारका मतपत्र छपाई गरिएको,
  • मतदान प्रतिशत: दुवै चरणमा गरी औसत ६८.६७ प्रतिशत मतदान भएको,
  • जनशक्ति परिचालन: मतदान कार्यका लागि १,५८,२८३ कर्मचारी र ८०,१४५ स्वयंसेवक गरी कुल २,३८,४२८ जना जनशक्ति खटिएका,
  • पर्यवेक्षण: १८१ जना वैदेशिक पर्यवेक्षक र दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकाय (FEMBoSA) का प्रतिनिधिहरूले निर्वाचनको अवलोकन गरेका,
  • निर्वाचनमा Voter Registration Software र Election Result Information System जस्ता आधुनिक प्रविधिको प्रयोग गरिएको,
  • मंसिर २१ गते दोस्रो चरणको मतदान सकिएपछि मात्र देशभर एकैसाथ मत गणना सुरु गरिएको,
  • निर्वाचनको परिणामपश्चात् मधेश प्रदेशबाहेक अन्य छ वटा प्रदेशमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को गठबन्धनले बहुमत प्राप्त गरी सरकार गठन गरेका,
  • सरकारको सिफारिसमा राष्ट्रपतिले २०७४ माघ ३ गते पहिलो पटक सातै प्रदेशमा प्रदेश प्रमुखहरूको नियुक्ति गरेका,

नेपालका पहिलो प्रदेश प्रमुखहरूको नामावली:

प्रदेश
पहिलो प्रदेश प्रमुख
प्रदेश नं. १ (कोशी)
गोविन्द बहादुर तुम्बाहाङ
प्रदेश नं. २ (मधेश)
रत्नेश्वरलाल कायस्थ
प्रदेश नं. ३ (बागमती)
अनुराधा कोइराला
प्रदेश नं. ४ (गण्डकी)
बाबुराम कुँवर
प्रदेश नं. ५ (लुम्बिनी)
उमाकान्त झा
प्रदेश नं. ६ (कर्णाली)
दुर्गाकेशर खनाल
प्रदेश नं. ७ (सुदूरपश्चिम)
मोहनराज मल्ल
  • वि.सं. २०७४ माघ ७ गते सातै प्रदेशका प्रदेश सभा सदस्यहरूले पहिलोपटक पद तथा गोपनीयताको शपथ लिएका,
  • पहिलो ऐतिहासिक बैठक: वि.सं. २०७४ माघ २१ गते सातै प्रदेशमा एकै दिन पहिलो प्रदेश सभा बैठक बसेर प्रादेशिक संसदको औपचारिक सुरुवात भएको,

नेपालमा २०७४ सालको प्रदेश सभा निर्वाचनपश्चात् सातै प्रदेशको पहिलो मुख्यमन्त्री र उनीहरूको दलीय आवद्धता:

  • प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था बमोजिम पहिलो पटक प्रादेशिक सरकारहरू गठन भएका,
प्रदेश
पहिलो मुख्यमन्त्री
सम्बद्ध राजनीतिक दल
प्रदेश नं. १ (कोशी)
शेरधन राई 
नेकपा (एमाले)
प्रदेश नं. २ (मधेश)
लालबाबु राउत 
संघीय समाजवादी फोरम 
प्रदेश नं. ३ (बागमती)
डोरमणि पौडेल 
नेकपा (एमाले) 
प्रदेश नं. ४ (गण्डकी)
पृथ्वीसुब्बा गुरुङ 
नेकपा (एमाले)
प्रदेश नं. ५ (लुम्बिनी)
शंकर पोखरेल
नेकपा (एमाले)
प्रदेश नं. ६ (कर्णाली)
महेन्द्र बहादुर शाही 
नेकपा (माओवादी केन्द्र)
प्रदेश नं. ७ (सुदूरपश्चिम)
त्रिलोचन भट्ट 
नेकपा (माओवादी केन्द्र)
  • मधेश प्रदेशबाहेक अन्य सबै छ वटा प्रदेशमा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को वाम गठबन्धनले बहुमत प्राप्त गरी सरकार गठन गरेका,

४.) प्रदेशहरूको नामकरण र राजधानी निर्धारण:

क्र.स. प्रदेश नामांकन मिति राजधानी राजधानी घोषणा मिति
१. कोशी २०७९ फागुन १७ विराटनगर, मोरङ २०७६ वैशाख २३
२. मदेश २०७८ माघ ३ जनकपुरधाम, धनुषा  २०७८ माघ ३
३. बागमती २०७६ मंसिर २७ हेटौँडा, मकवानपुर २०७६ पुस २७
४. गण्डकी २०७५ असार २२ पोखरा, कास्की २०७५ असार १८
५. लुम्बिनी २०७७ असोज २० देउखुरी, दाङ २०७७ असोज २०
६. कर्णाली २०७४ फागुन १२ वीरेन्द्रनगर, सुर्खेत २०७४ फागुन १२
७. सुदुर पश्चिम २०७५ असोज १२ गोदावरी, कैलाली २०७५ असोज १२
  • सर्वप्रथम नामकरण गर्ने र राजधानी तोक्ने प्रदेश: कर्णाली प्रदेश (२०७४ फागुन १२)
  • अन्तिममा नामकरण गर्ने र राजधानी तोक्ने प्रदेश: नामकरण गर्ने कोशी प्रदेश र राजधानी तोक्ने मदेश प्रदेश

Categories

  • Current Affairs 722
  • Gorkhapatra 327
  • Others 1121
  • Vacancy 1
  • Past Questions 104
  • Nepal Police 8

Latest Blogs

World Geography Questions Asked by Public Service Commission till Asar 2083 BS
Past Questions

वि.सं. २०८३ असारसम्म लोकसेवाले सोधका विश्वको भूगोल सम्बन्धी प्रश्नहरू

  • Jul 26, 2026
  • 82
Gandaki Province, Mechanical Supervisor (Fifth Level) - 2083/04/07
Past Questions

गण्डकी प्रदेश, मेकानिकल सुपरभाइजर (पाँचौं तह) - २०८३/०४/०७

  • Jul 26, 2026
  • 116
44th Chinnalata Song Awards and Honors
Current Affairs

४४औँ छिन्नलता गीत पुरस्कार एवम् सम्मान

  • Jul 26, 2026
  • 77
Economic Survey 2082/083: Consolidated Table of Key Figures
Current Affairs

आर्थिक सर्वेक्षण २०८२/०८३: मुख्य तथ्याङ्कहरूको एकीकृत तालिका

  • Jul 26, 2026
  • 111
Various tropical cyclones of the world and their regional names
Others

विश्वका विभिन्न उष्णदेशीय चक्रवात आँधीहरू (Tropical Cyclones) र तिनका क्षेत्रीय नाम

  • Jul 24, 2026
  • 113
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA