Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

CTEVT प्रशासकीय सहायक/लेखापाल परीक्षा - २०८३/०३/२०

  • Ajnabee Khadka
  • July 04, 2026
  • 198

CTEVT प्रशासकीय सहायक/लेखापाल परीक्षा - २०८३/०३/२०

CTEVT Administrative Assistant/Accountant Exam - 2083/03/20

१. कुन राणा प्रधानमन्त्रीको पालामा २० वर्षे आवधिक योजना घोषणा गरिएको थियो?

A) जुद्धशमशेर

B) चन्द्रशमशेर

C) मोहनशमशेर

D) पद्मशमशेर

२. राष्ट्रिय जनगणना २०७८ बमोजिम सबैभन्दा कम साक्षरतादर रहेको प्रदेश कुन हो?

A) कर्णाली

B) सुदूरपश्चिम

C) मधेश

D) लुम्बिनी

३. आर्थिक वर्ष २०८३/८४ को नेपाल सरकारको कुल बजेटमा चालु खर्चतर्फ कति रूपैयाँ विनियोजन गरिएको छ?

A) १३ खर्ब १५ अर्ब १५ करोड

B) १२ खर्ब ७० अर्ब ५८ करोड

C) ११ खर्ब ८० अर्ब ९८ करोड

D) १० खर्ब १५ अर्ब १५ करोड

४. चालु सोह्रौँ योजनाले आ.व. २०८५/८६ सम्ममा नेपालको मानव विकास सूचकाङ्क कति पुऱ्याउने लक्ष्य लिएको छ?

A) ०.६०१

B) ०.६०५

C) ०.६१०

D) ०.६५०

५. नेपालमा इन्टरनेट सेवाको सुरुवात कहिलेदेखि भएको हो?

A) सन् १९९४

B) सन् १९९५

C) सन् १९९६

D) सन् १९९७

६. दिइएका मध्ये कुन प्रविधिले सामुद्रिक पानीमा टर्बाइनहरू स्थापना गरी नवीकरणीय ऊर्जा उत्पादन गर्दछ? 

A) सोलर पावर

B) हाइड्रो पावर

C) अफसोर विन्ड पावर

D) जियोथर्मल पावर

७. जैविक प्रविधि (Biotechnology) को प्रयोग तल दिइएका मध्ये कुन क्षेत्रमा हुन्छ?

A) सवारी साधन निर्माण

B) औषधि उत्पादन

C) सडक निर्माण

D) कम्प्युटर डिजाइन

८. तल दिइएका दिवस र ती दिवस मनाइने मितिबिच जोडा मिलाइ कोडबाट सही उत्तर छनौट गर्नुहोस् ।

दिवस मिति
क) अन्तर्राष्ट्रिय खुसी दिवस १) २१ जुन
ख) अन्तर्राष्ट्रिय योग दिवस २) १५ अप्रिल
ग) विश्व ध्यान दिवस ३) २१ डिसेम्बर
घ) अन्तर्राष्ट्रिय आरोग्य दिवस ४) २० मार्च

A) क-४, ख-१, ग-३, घ-२

B) क-३, ख-२, ग-४, घ-१

C) क-३, ख-४, ग-१, घ-२

D) क-१, ख-३, ग-२, घ-४

९. भ्यागुते रोगका विरुद्ध प्रयोग हुने भ्याक्सिनको नाम के हो?

A) DPT

B) TT

C) BCG

D) Insulin

१०. संरक्षित वन्यजन्तु हाब्रे (Red Panda) विशेषगरी कुन राष्ट्रिय निकुञ्जमा पाइन्छ?

A) सगरमाथा

B) शिवपुरी

C) लाङटाङ

D) रारा

११. वातावरणको क्षेत्रमा PPP को अर्थ के हो?

A) Public Private Partnership

B) Polluter Pays Principle

C) Plan, Policy, Program

D) Pollution Prevention Policy

१२. आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार चालु आर्थिक वर्षमा प्रतिव्यक्ति राष्ट्रिय आय कति अमेरिकी डलर रहने अनुमान छ?

A) १३२५

B) १५३५

C) १९९४

D) २०४४

१३. जैविक विविधतासम्बन्धी जानकारी दिने उद्देश्यले स्थापना गरिएको जैविक विविधता सूचना केन्द्र कहाँ रहेको छ?

A) काठमाडौँ

B) सोलुखुम्बु

C) बर्दिया

D) चितवन

१४. नेपालमा संरक्षित पक्षीहरूको सूचीमा नपर्ने पक्षी तलका मध्ये कुन हो?

A) सेतो सारस

B) डाँफे

C) मुनाल

D) गिद्ध

१५. सार्क बडापत्रमा कतिवटा धाराहरू रहेका छन्?

A) १०

B) २१

C) २५

D) ५१

१६. संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्मा कति राष्ट्रहरू सदस्य रहन्छन्?

A) ३२

B) ४५

C) ५४

D) ५८

१७. सर्वप्रथम नेपाल आउने भारतीय राष्ट्रपति को हुन्?

A) APJ Abdul Kalam

B) Sarvepalli Radhakrishnan

C) Jakir Husain

D) Rajendra Prasad

१८. UNESCO को प्रधान कार्यालय कहाँ रहेको छ?

A) वासिङ्टन डि.सी.

B) न्यूयोर्क

C) जेनेभा

D) पेरिस

१९. ASEAN को सबैभन्दा पछिल्लो सदस्य राष्ट्र कुन हो?

A) कम्बोडिया

B) लाओस

C) पूर्वी टिमोर

D) म्यानमार

२०. इस्लाम धर्ममा उत्तराधिकारीलाई के भनिन्छ?

A) खलिफा

B) हज

C) पैगम्बर

D) हिजरत

२१. बीसौँ एसियाली खेलकुद-२०२६ कुन देशमा आयोजना हुने भएको छ?

A) चीन

B) पाकिस्तान

C) जापान

D) कतार

२२. सबै जिल्लामा स्वास्थ्य बीमा लागु गर्ने पहिलो प्रदेश कुन हो?

A) बागमती

B) कर्णाली

C) लुम्बिनी

D) सुदूरपश्चिम

२३. पागल बस्ती उपन्यासका लेखक को हुन्?

A) सरुभक्त

B) नयनराज पाण्डे

C) ध्रुवचन्द्र गौतम

D) कृष्ण धरावासी

२४. नेपालमा हलो क्रान्ति को सुरुवात कुन जिल्लाबाट भएको हो?

A) लमजुङ 

B) गोरखा

C) स्याङ्जा

D) तनहुँ

२५. अल्बर्ट आइन्स्टाइनलाई कुन आविष्कारका लागि नोबेल पुरस्कार प्रदान गरिएको थियो?

A) Law of Photoelectric Effect

B) Law of Universal Gravitation

C) Theory of Relativity

D) Unified Field Theory

२६. ब्यारोमिटरका आविष्कारक को हुन्?

A) इभान्जेलिस्ता टोरिसेली

B) जोसेफ निप्सी

C) लियोनार्दो दा भिन्ची

D) लुईस बेल

२७. नेपालको महाकाली नदी भारत प्रवेश गरेपश्चात के नामले चिनिन्छ?

A) घाघरा

B) महानन्दा

C) दामोदर

D) शारदा

२८. नेपालको जलवायु विविधताको मुख्य कारण के हो?

A) अक्षांशीय स्थिति

B) समुन्द्रसँगको दूरी

C) वनस्पतिको प्रकार

D) उचाइको भिन्नता

२९. तलका मध्ये नेपालको सबैभन्दा तल्लो स्थानमा रहेको हिमरेखा कुन हो?

A) मासिनराम (धनुषा)

B) रूपिनाला (गोरखा)

C) खुम्बु (सोलुखुम्बु)

D) जासम्बा (सोलुखुम्बु)

३०. सबैभन्दा धेरै वनक्षेत्र भएको प्रदेश देहायका मध्ये कुन हो?

A) सुदूरपश्चिम

B) मधेश

C) कर्णाली

D) गण्डकी

३१. छायाँनाथ राष्ट्रिय निकुञ्ज (मुगु) को क्षेत्रफल कति वर्ग कि.मी. रहेको छ?

A) ५५०

B) ६२७

C) ८४३

D) ९६८

३२. आर्थिक सर्वेक्षण २०८२/८३ बमोजिम २०८२ फागुन मसान्तसम्म कुल जडित विद्युत क्षमता कति मेगावाट रहेको छ?

A) ४१०५

B) ३४३६

C) ३३३६

D) ३२३६

३३. ओलाङचुङगोला घाँटीबाट नेपाल प्रवेश गरेको एकमात्र नदी कुन हो?

A) मादी

B) लिखु

C) दरौँदी

D) तमोर

३४. 'The Spirit of the Laws' का लेखक को हुन्?

A) रूसो

B) केटभली

C) मोन्टेस्क्यु 

D) भोल्टियर

३५. कुन युद्धमा पराजित भएपछि नेपोलियन बोनापार्ट सेन्ट हेलेन निर्वासित भएका थिए?

A) रूस

B) वाटरलु

C) प्रायद्वीप

D) रिमोली

३६. जर्मनीका शासक एडोल्फ हिटलरले जेलमा रहँदा लेखेको पुस्तकको नाम के हो?

A) Long Walk to Freedom

B) Meditations

C) The Consolation of Philosophy

D) Mein Kampf

३७. अमेरिकी स्वतन्त्रता संग्राम कति वर्ष चलेको थियो?

A) ७

B) ८

C) ९

D) १०

३८. पाटनको कृष्ण मन्दिर कसले बनाउन लगाएका थिए?

A) सिद्धिनरसिंह मल्ल

B) लक्ष्मीनरसिंह मल्ल

C) यक्ष मल्ल

D) महेन्द्र मल्ल

३९. लिच्छविकालमा प्रहरी प्रमुखलाई के भनिन्थ्यो?

A) दण्डनायक

B) सर्वदण्डनायक

C) भट

D) बलाध्यक्ष

४०. किराँतकालका अन्तिम राजा को थिए?

A) यलम्बर

B) गस्ती

C) हुमती

D) स्थुको

४१. पञ्चाङ्गको प्रकाशन कसको पालामा सुरु भएको हो?

A) वीरशमशेर

B) देवशमशेर

C) रणोद्दिप सिंह

D) चन्द्रशमशेर

४२. प्रताप मल्लले रानीपोखरीको निर्माण कहिले गरेका थिए?

A) वि.सं. १७१७

B) वि.सं. १७२७

C) वि.सं. १७३७

D) वि.सं. १७४७

४३. पञ्चकन्यामा तलका मध्ये को पर्दैन?

A) तारा

B) कुन्ती

C) द्रौपदी

D) उर्वशी

४४. झौंगड भाषा कुन भाषा परिवारअन्तर्गत पर्दछ?

A) भारोपेली

B) भोटबर्मेली

C) आग्नेय

D) द्रविड

४५. वचनामृत कुन धर्मको धार्मिक ग्रन्थ हो?

A) जैन

B) सिख

C) बौद्ध

D) इस्लाम

४६. गाईजात्राको प्रचलन कुन राजाले चलाएका हुन्?

A) प्रताप मल्ल

B) रणजित मल्ल

C) जगतप्रकाश मल्ल

D) अरि मल्ल

४७. साकेला कुन जातिको प्रमुख नाच हो?

A) तामाङ

B) राई

C) गुरुङ

D) लिम्बु

४८. नेपालको कुन धार्मिकस्थललाई 'हरिहरक्षेत्र' का नामले पनि चिनिन्छ?

A) देवघाट

B) मुक्तिनाथ

C) वराहक्षेत्र

D) रुरुक्षेत्र

४९. नेपालको सबैभन्दा लामो राजमार्ग कुन हो?

A) पूर्व-पश्चिम (महेन्द्र) राजमार्ग

B) मध्यपहाडी (पुष्पलाल) राजमार्ग

C) हुलाकी राजमार्ग

D) मदन भण्डारी राजमार्ग

५०. सोह्रौँ आवधिक योजनाको अन्त्यसम्ममा नेपालको बेरोजगारी दर कति प्रतिशतमा झार्ने लक्ष्य रहेको छ?

A) ३

B) ५

C) ६

D) ७

Categories

  • Current Affairs 727
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 108
  • Nepal Police 8

Latest Blogs

Andy Burnham appointed as new UK Prime Minister
Current Affairs

एन्डी बर्नह्याम (Andy Burnham) बेलायतको नयाँ प्रधानमन्त्रीमा नियुक्त

  • Jul 29, 2026
  • 29
New record set for youngest player to score half-century in international cricket
Current Affairs

अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कान्छो खेलाडीको नयाँ किर्तिमान कायम

  • Jul 29, 2026
  • 21
Continents and their nickname
Others

महादेश र तिनीहरूको उपनाम

  • Jul 29, 2026
  • 90
The world's 5 major oceans and their deepest points
Others

विश्वका ५ प्रमुख महासागर र तिनका सबैभन्दा गहिरा बिन्दुहरू (Deepest Points)

  • Jul 29, 2026
  • 104
World Tiger Day, 2026 (including updated tiger census data for 2082 B.S.)
Current Affairs

विश्व बाघ दिवस, २०२६ (वि.सं. २०८२ को अद्यावधिक बाघ गणनाको तथ्यांकगत अवस्थापनि समावेश!)

  • Jul 29, 2026
  • 83
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA