Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

ओजोन तहको बारेमा जान्नपर्ने सम्पूर्ण तथ्यहरु

  • Ajnabee Khadka
  • July 16, 2026
  • 430

ओजोन तहको बारेमा जान्नपर्ने सम्पूर्ण तथ्यहरु

All the facts you need to know about the ozone layer

ओजोन तह (Ozone Layer) को आधारभूत तथ्यहरु:

  • परिभाषा: ओजोन (O₃) तीनवटा अक्सिजनका परमाणुहरू मिलेर बनेको एक प्राकृतिक ग्यास
  • वायुमण्डलमा ओजोन अत्यन्तै न्यून मात्रामा पाइन्छ (हावाका प्रति १ करोड (१० मिलियन) अणुहरूमध्ये केवल ३ वटा अणु ओजोनको हुने गरेको,)
  • मापन एकाइ: ओजोनको कुल मात्रालाई डोब्सन एकाइ (Dobson Unit - DU) मा मापन गरिन्छ,
  • औसत मोटाइ: यदि वायुमण्डलमा छरिएर रहेको सबै ओजोनलाई सङ्कलन गरेर पृथ्वीको सतहमा ल्याउने हो भने, यो केवल ३ मिलिमिटर (०.१२ इन्च) बाक्लो वा ३०० DU बराबरको तह मात्र हुने,
  • ओजोन तह मुख्यत वायुमण्डलको समताप मण्डल (Stratosphere) क्षेत्रमा पाइन्छ;
  • पृथ्वीको वायुमण्डलमा रहेको कुल ओजोनको करिब ९०% भाग  समताप मण्डल (Stratosphere) मा पाइन्छ र बाँकी १०% ओजोन पृथ्वीको सतह नजिकको तह अर्थात् क्षोभ मण्डल (Troposphere) मा पाइन्छ,
  • ओजोन तह मुख्यतया पृथ्वीको सतहबाट १५ देखि ३५ किलोमिटर (९ देखि २२ माइल) को उचाइमा रहेको,
  • ओजोन ग्यास (Ozone Gas) को पहिचान: जर्मन-स्विस रसायनशास्त्री क्रिश्चियन फ्रेडरिक शोनबाइन (Christian Friedrich Schönbein) द्वारा; उनले प्रयोगशालामा विभिन्न प्रक्रियाका क्रममा एक अद्वितीय गन्ध आउने ग्यास फेला पारे र ग्रीक शब्द 'ozein' जसको अर्थ 'to smell' बाट यसको नाम 'Ozone' राखेका,
  • ओजोन तह (Ozone Layer) को खोज: फ्रान्सेली भौतिकशास्त्री चाल्र्स फेब्री (Charles Fabry) र हेनरी बुइसन (Henri Buisson)
  • वायुमण्डलमा ओजोनको कुल मात्रा नाप्ने यन्त्र: डब्सन ओजोन स्पेक्ट्रोफोटोमिटर (Dobson Ozone Spectrophotometer); सन् १९२० को दशकमा बेलायती वैज्ञानिक गर्डन डब्सन (Gordon Dobson) द्वारा विकसित,
  • ओजोन तहको महत्त्व र कार्य (Importance and Functions of Ozone Layer)
    • सूर्यबाट आउने अत्यधिक हानिकारक पराबैजनी किरणहरू (Ultraviolet Rays) लाई सोसेर पृथ्वीको सतहसम्म आउन नदिनु यसको मुख्य कार्य
    • यसले छाता जस्तै काम गरी पृथ्वीका सम्पूर्ण चर, अचर, मानव र वनस्पतिको रक्षा गर्ने भएकाले यसलाई "पृथ्वीको सुरक्षा कवच (Earth's protective shield)" वा "पृथ्वीको छाता (Earth's Umbrella)" भनिन्छ,
    • जीवका लागि अत्यन्तै घातक मानिने परावैजनी-सी (UV-C) विकिरणलाई पूर्ण रूपमा अवशोषण गरी पृथ्वीको सतहसम्म आउन दिँदैन,
    • समताप मण्डल (Stratosphere) मा सूर्यको विकिरण सोसेर तापक्रमको सन्तुलन कायम राख्छ जसले गर्दा वायुमण्डलीय परिसञ्चरण प्रक्रिया नियमित भई पृथ्वीको मौसम (Weather) र जलवायु चक्र (Climate Cycle) सुचारु रहन मद्दत पुग्दछ,

परावैजनी किरण (Ultraviolet Rays - UV Rays) को वर्गीकरण र ओजोनको भूमिका:

क्र.सं परावैजनी विकिरणको प्रकार विस्तृत विवरण (प्रकृति, ओजोनको भूमिका र असरहरू)

१.

UV-C

  • यो सबैभन्दा छोटो तरंगदैर्ध्य (Wavelength) भएको र सबैभन्दा उच्च ऊर्जा युक्त विकिरण
  • यो मानव र अन्य सबै जीवका लागि अत्यन्तै घातक
  • ओजोनको भूमिका: ओजोन तहले UV-C विकिरणलाई पूर्ण रूपमा अवशोषण गर्छ, जसले गर्दा यो पृथ्वीको सतहसम्म कहिल्यै आइपुग्दैन,
  • ओजोन निर्माणमा योगदान: सूर्यको यही UV-C विकिरणले समताप मण्डलमा रहेका अक्सिजनका अणु (O₂) लाई विच्छेद गरी परमाणु (O) मा बदल्छ, जुन पछि अन्य अक्सिजन अणुसँग मिलेर ओजोन (O₃) बन्दछ

२.

UV-B

  • यो विकिरणले मुख्यतया सूर्यको जलन (Sunburn) गराउँछ र लामो समयसम्म यसको सम्पर्कमा रहँदा मानव स्वास्थ्य, जनावर र वनस्पतिलाई क्षति पुर्‍याउँछ,
  • ओजोनको भूमिका: ओजोन तहले सूर्यबाट आउने UV-B विकिरणको अधिकांश भाग सोसेर लिन्छ, तर यसको केही अंश पृथ्वीको सतहमा आइपुग्छ,
  • असरहरू: ओजोन तहको क्षयीकरण भएमा पृथ्वीमा UV-B को मात्रा बढ्छ, जसका कारण मानिसमा छालाको क्यान्सर, आँखाको मोतिबिन्दु र रोग प्रतिरोधात्मक क्षमतामा हानी पुग्छ; यसले बालीनालीको उत्पादन र सामुद्रिक पारिस्थितिक प्रणालीमा पनि नकारात्मक असर पार्छ,

३.

UV-A

  • यो सबैभन्दा कम ऊर्जा भएको परावैजनी विकिरण
  • ओजोनको भूमिका: ओजोन तहले UV-A विकिरणलाई निकै कम मात्रामा मात्र सोस्छ वा खासै प्रभाव पार्दैन,
  • असरहरू: यो विकिरण ओजोन तहबाट सहजै पार भएर पृथ्वीसम्म पुग्छ; यसको धेरै सम्पर्कले छाला समय भन्दा अगावै चाउरी पर्ने (Premature aging) र केही प्रकारका छालाका क्यान्सरहरू हुन सक्छन्,

ओजोन तहको क्षयीकरण (Ozone Depletion):

  • परिभाषा: मानव निर्मित रासायनिक ग्यासहरूको उत्सर्जनका कारण समताप मण्डल (Stratosphere) मा रहेको ओजोनको मात्रा पातलिँदै जानुलाई ओजोन तहको क्षयीकरण अर्थात् Ozone Depletion  भनिन्छ,
  • ओजोन तह पूर्ण रूपमा प्वाल पर्ने नभई यसको घनत्व २०० डब्सन युनिट (DU) भन्दा कम हुनुलाई प्राविधिक रूपमा 'ओजोन प्वाल (Ozone Hole)' भनिन्छ,
  • ओजोन तहको घनत्व २०० डब्सन युनिट (DU) भन्दा तल झरेमा त्यसलाई ओजोन प्वाल मानिन्छ,
  • नाइट्रोजन अक्साइडको प्रतिक्रियाले ओजोन तहलाई हानी पुर्‍याउन सक्ने तथ्य प्रस्तुत: सन् १९७० मा वैज्ञानिक पाल क्रुत्जेन (Paul Crutzen) द्वारा 
  • मानव निर्मित क्लोरोफ्लोरोकार्बन्स (CFCs) ले समताप मण्डलमा पुगेर ओजोन तहलाई नष्ट गरिरहेको भनी विश्वलाई पहिलो पटक सचेत गराउने वैज्ञानिकहरु: शेरउड रोल्याण्ड (Sherwood Rowland) र मारियो मोलिना (Mario Molina) - उनीहरूले CFCs बाट निस्कने एउटा क्लोरिन परमाणुले एक लाख ओजोनका अणुहरूलाई नष्ट गर्न सक्छ भन्ने तथ्य पुष्टि गरेका,
  • "ओजोन प्वाल (Ozone Hole)" को ऐतिहासिक घोषणा: ओजोन क्षयीकरणको सबैभन्दा ठूलो र प्रत्यक्ष प्रमाण सन् १९८५ मा प्राप्त भएको;  बेलायती अन्टार्कटिक सर्वेक्षण (British Antarctic Survey) का वैज्ञानिकहरू (फारम्यान (Joe Farman), ब्रायन गार्ढिनर (Brian Gardiner) र जोनाथन शङ्कलिन (Jonathan Shanklin)) ले अन्टार्कटिकाको 'ह्याली बे (Halley Bay)' केन्द्रबाट गरेको अध्ययनमा त्यहाँको ओजोन तहमा ४०% सम्मको कमी आएको पत्ता लगाएका,
  • ओजोन प्वाल सर्वप्रथम फेला परेको स्थान: अन्टार्कटिका माथि
  • वायुमण्डलीय रसायन विज्ञान, विशेष गरी ओजोनको निर्माण र विनाशको संयन्त्र पत्ता लगाएकोमा सन् १९९५ मा नोबेल पुरस्कारबाट पुरस्कृत वैज्ञानिकहरु: पाल क्रुत्जेन (Paul Crutzen), मारियो मोलिना (Mario Molina) र शेरउड रोल्याण्ड (Sherwood Rowland)
  • ओजोन तहको विनाशमा सबैभन्दा बढी जिम्मेवार तत्व: Chlorofluorocarbons (CFCs)
  • ओजोन विनासक पदार्थहरू (Ozone Depleting Substances - ODSs)
    • Chlorofluorocarbons (CFCs): रेफ्रिजेरेटर, एयर कन्डिसनर र स्प्रे क्यानमा प्रयोग हुने,
    • Halons: आगो निभाउने यन्त्र (Fire Extinguishers) मा प्रयोग हुने,
    • Carbon Tetrachloride (CCl₄): औद्योगिक घोलक (Solvent) का रूपमा प्रयोग हुने,
    • Methyl Chloroform: सफाइ गर्ने तत्वको रूपमा प्रयोग हुने,
    • Hydrochlorofluorocarbons (HCFCs): CFCs को विकल्पका रूपमा आएका तर ओजोनलाई कम मात्रामा हानी गर्ने रसायन
    • Methyl Bromide: कृषिमा किटनाशक (Fumigant) का रूपमा प्रयोग हुने,
  • ओजोन तहको क्षयीकरणका असरहरू:
    • परावैजनी विकिरणको अत्यधिक सम्पर्कले घातक मानिने 'मेलानोमा (Melanoma)' लगायत विभिन्न प्रकारका छालाका क्यान्सरहरूको जोखिम बढाउँछ,
    • यसले आँखामा मोतिबिन्दु (Cataracts) गराउने र दृष्टिमा क्षति पुर्‍याउने मुख्य कारकको रूपमा कार्य गर्दछ,
    • ओजोन क्षयीकरणले मानव शरीरको प्राकृतिक रोग प्रतिरोधात्मक प्रणाली (Immune System) लाई कमजोर बनाउँछ,
    • उच्च स्तरको UV-B ले वनस्पतिहरूको वृद्धि प्रक्रियालाई सुस्त बनाउँछ र तिनीहरूको भौतिक आकारमा परिवर्तन ल्याउँछ,
    • यसले बिरुवाहरूको प्रकाश संश्लेषण (Photosynthesis) प्रक्रियामा हानी पुर्‍याउँछ, जसका कारण बालीनालीको उत्पादन र गुणस्तरमा गिरावट आउँछ,
    • सामुद्रिक खाद्य श्रृंखलाको आधार मानिने 'फाइटोप्लाङ्कटन (Phytoplankton)' परावैजनी किरणका कारण नष्ट हुन्छन्, जसले गर्दा सम्पूर्ण सामुद्रिक जीवन प्रणाली प्रभावित हुन्छ,
    • यसले माछाका फुलहरू, साना माछा, गँगटो र अन्य सामुद्रिक जीवहरूको प्रारम्भिक विकास चरणमा क्षति पुर्‍याउँछ,
    • परावैजनी किरणले गर्दा बाहिरी वातावरणमा प्रयोग हुने प्लास्टिक, रबर, काठ, र पेन्टहरू छिटो खुइलिने, चर्किने र कमजोर हुने हुन्छन्,
    • ओजोन क्षयीकरणले बिरुवाहरूको कार्बन सोस्ने क्षमता घटाउँछ, जसले गर्दा वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा बढ्न गई विश्वव्यापी तापक्रम वृद्धि (Global Warming) लाई थप सहयोग पुग्छ,
    • अन्टार्कटिक ओजोन प्वालले दक्षिणी गोलार्धको वायुमण्डलीय परिसञ्चरण (Circulation) र वर्षाको ढाँचामा परिवर्तन ल्याएको अध्ययनहरूले देखाएका,
    • परावैजनी विकिरणमा हुने परिवर्तनले वायुमण्डलमा हुने रासायनिक प्रतिक्रियाहरूमा प्रभाव पारी तल्लो तहको वायु प्रदूषण (Photochemical Smog) लाई थप जटिल बनाउन सक्छ,

ओजोन तह संरक्षणका प्रमुख अन्तर्राष्ट्रिय प्रयासहरू:

महासन्धि / सन्धि / प्रयास
विस्तृत विवरण र मुख्य तथ्यहरू
१. भियना महासन्धि (Vienna Convention, 1985)
  • प्रकृति: यो ओजोन तह संरक्षणका लागि गरिएको पहिलो "ढाँचा महासन्धि (Framework Convention)"
  • यो गैर-कानुनी (Non-binding) सम्झौता
  • हस्ताक्षर र कार्यान्वयन: यो सन् १९८५ मार्च २२ मा पारित भएको र सन् १९८८ सेप्टेम्बर २२ बाट कार्यान्वयनमा आएको,
  • मुख्य उद्देश्य: ओजोन तहको अवस्थाका बारेमा व्यवस्थित अवलोकन, अनुसन्धान र सूचना आदानप्रदानमा राष्ट्रहरूबीच सहयोग बढाउनु,
  • सदस्यता: यो संयुक्त राष्ट्र संघका सबै सदस्य राष्ट्रहरूद्वारा अनुमोदित भई विश्वव्यापी अनुमोदन (Universal Ratification) प्राप्त गर्ने पहिलो महासन्धि,
  • नेपालको अवस्था: नेपालले १९९४ जुलाई ६ मा यस महासन्धिलाई अनुमोदन गरेको,
२. मोन्ट्रियल अभिसन्धि (Montreal Protocol, 1987)
  • प्रकृति: ओजोन विनासक पदार्थहरू (ODSs) को उत्पादन र खपत नियन्त्रण गर्ने कानुनी रूपमा बाध्यकारी ऐतिहासिक सन्धि
  • यसलाई विश्वको सबैभन्दा सफल वातावरणीय सन्धि मानिन्छ,
  • हस्ताक्षर र कार्यान्वयन: यो सन् १९८७ सेप्टेम्बर १६ मा हस्ताक्षर भई सन् १९८९ जनवरी १ बाट कार्यान्वयनमा आएको,
  • ओजोन दिवस: यसै सन्धिको हस्ताक्षर भएको दिन (सेप्टेम्बर १६) को सम्झनामा हरेक वर्ष सेप्टेम्बर १६ का दिन विश्व ओजोन तह संरक्षण दिवस (International Day for the Preservation of the Ozone Layer) मनाइन्छ,
  • उपलब्धि: यस सन्धिको सफल कार्यान्वयनका कारण हालसम्म करिब ९९% ओजोन विनासक पदार्थहरू (CFCs, Halons, आदि) विस्थापन भइसकेका,
  • वित्तीय संयन्त्र: विकासोन्मुख देशहरूलाई प्रविधि र आर्थिक सहयोग गर्न सन् १९९० मा बहुपक्षीय कोष (Multilateral Fund) को स्थापना गरिएको,
  • नेपालको अवस्था: नेपालले १९९४ जुलाई ६ मा यसलाई अनुमोदन गरेको,
३. किगाली संशोधन (Kigali Amendment, 2016)
  • प्रकृति: मोन्ट्रियल प्रोटोकलमा गरिएको पाँचौं र पछिल्लो संशोधन
  • यो ओजोन प्रोटोकल अन्तर्गत जलवायु संरक्षणका लागि गरिएको पहिलो प्रयास
  • हस्ताक्षर र कार्यान्वयन: सन् २०१६ अक्टोबर १५ मा रुवाण्डाको किगालीमा पारित भई सन् २०१९ जनवरी १ बाट विश्वव्यापी रूपमा लागू भएको,
  • मुख्य लक्ष्य: ओजोन तहलाई हानी नगर्ने तर 'हरितगृह प्रभाव (Green House Effect)' पार्ने HFCs (Hydrofluorocarbons) ग्यासको प्रयोगलाई आगामी ३० वर्षमा ८०% भन्दा बढीले घटाउने,
  • जलवायु फाइदा: यसको पूर्ण कार्यान्वयन भएमा यो शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम वृद्धि ०.३ देखि ०.५ डिग्री सेल्सियस सम्म कम हुने अपेक्षा,
  • नेपालको अवस्था: नेपालले सन् २०२५ अगस्ट ६ मा किगाली संशोधनलाई आधिकारिक रूपमा अनुमोदन गरेको,
  • वैज्ञानिक प्रक्षेपण अनुसार ओजोन तहको पुनरुत्थान भइरहेको छ र यो १९८० अघिको अवस्थामा पुग्न निम्न समय लाग्ने अनुमान;
    • अन्टार्कटिकामा: सन् २०६६ सम्म
    • आर्कटिकमा: सन् २०४५ सम्म
    • बाँकी विश्वमा: सन् २०४० सम्म

Categories

  • Current Affairs 727
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 108
  • Nepal Police 8

Latest Blogs

Andy Burnham appointed as new UK Prime Minister
Current Affairs

एन्डी बर्नह्याम (Andy Burnham) बेलायतको नयाँ प्रधानमन्त्रीमा नियुक्त

  • Jul 29, 2026
  • 25
New record set for youngest player to score half-century in international cricket
Current Affairs

अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कान्छो खेलाडीको नयाँ किर्तिमान कायम

  • Jul 29, 2026
  • 17
Continents and their nickname
Others

महादेश र तिनीहरूको उपनाम

  • Jul 29, 2026
  • 81
The world's 5 major oceans and their deepest points
Others

विश्वका ५ प्रमुख महासागर र तिनका सबैभन्दा गहिरा बिन्दुहरू (Deepest Points)

  • Jul 29, 2026
  • 98
World Tiger Day, 2026 (including updated tiger census data for 2082 B.S.)
Current Affairs

विश्व बाघ दिवस, २०२६ (वि.सं. २०८२ को अद्यावधिक बाघ गणनाको तथ्यांकगत अवस्थापनि समावेश!)

  • Jul 29, 2026
  • 76
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA