Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

हवाई यातायात

  • Bikash Shrestha
  • August 13, 2025
  • 617

हवाई यातायात

Air transport

 

नेपालको भौगोलिक अवस्था र भूपरिवेष्ठित स्वरूपका कारण आन्तरिक तथा बाह्य सम्पर्कका लागि हवाई यातायात अत्यन्तै महत्वपूर्ण माध्यम बनेको छ। प्रारम्भिक पूर्वाधारहरू निर्माण र आधुनिक प्रविधिको प्रयोग गर्दै छोटो तथा लामो दूरीका हवाई सेवा सञ्चालन गर्न सक्ने विमानस्थलहरूको विकास गरिँदै आएको छ। अन्तर्राष्ट्रिय मापदण्डअनुसार उड्डयन तथा हवाई सुरक्षा सुनिश्चित गर्दै— सुरक्षित, सुलभ, मितव्ययी, बजारमुखी, भरपर्दो र प्रभावकारी हवाई यातायातका माध्यमबाट पर्यटन र व्यापार प्रवर्द्धनमा योगदान पुर्याउन निजी क्षेत्रको सहभागितामा यसको विकास प्रारम्भ भएको हो।

नेपालमा हवाई यातायातको प्रारम्भ
नेपालमा हवाई यातायातको सुरुवात सन् १९४९ मा भएको हो, जब भारतीय राजदूत श्री शरतसिंह महाठियाले ४ सिटको Beechcraft Bonanza विमानमा काठमाडौंको गौचर विमानस्थलमा अवतरण गर्नुभयो।

सन् १९५० मा Himalaya Airways ले पहिलो वाणिज्यिक हवाई उडान सञ्चालन गर्दै गोरखा (गौचर)देखि पोखरा र तत्पश्चात काठमाडौंसम्मको सेवा दियो।

सन् १९५५ मा राजा महेन्द्रले गौचर विमानस्थलको औपचारिक उद्घाटन गर्नुभयो। घाँसे मैदान रहेको उक्त विमानस्थललाई Royal Nepal Airlines Corporation ले कालापत्रे (पिच) गरेर सञ्चालनयोग्य बनायो। विमानस्थलहरूको नियमन तथा विकासका लागि सन् १९५७ मा नेपाल नागरिक उड्डयन प्राधिकरण (Civil Aviation Authority of Nepal) स्थापना भयो, जसलाई सन् १९९८ मा स्वायत्त संस्था घोषणा गरियो।

विमानस्थल नियमनका लागि Civil Aviation Act, 2015 B.S. लागू गरियो। यस प्राधिकरणले विमानस्थल र विमान सञ्चालक दुवैको नियमन गर्दै आएको छ।

अन्तर्राष्ट्रिय स्तरमा सहभागिता
सन् १९६० मा नेपाल International Civil Aviation Organization (ICAO) को सदस्य राष्ट्र बन्यो। Nepal Airlines Corporation Act, 2019 B.S. लागू भई सन् १९५८ मा नेपालको ध्वजावाहक Nepal Airlines स्थापना भयो।

सन् १९६४ मा गौचर विमानस्थललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नामकरण गरियो। सन् १९६७ मा ३७५० फिट लम्बाइको धावनमार्गलाई विस्तार गरी ६६०० फिट बनाइयो।

त्यसै वर्ष जर्मन विमान Lufthansa पहिलोपटक यहाँ अवतरण भयो। सन् १९७२ मा नेपाली Royal Nepal Airlines को Boeing Jet विमानले पहिलोपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्‍यो।

भारतीय प्राविधिक सहयोगबाट सञ्चालन हुँदै आएको हवाई सेवा केही वर्षपछि नेपालले आफैं सञ्चालन गर्न थाल्यो।

Categories

  • Current Affairs 733
  • Gorkhapatra 329
  • Others 1130
  • Vacancy 1
  • Past Questions 114
  • Nepal Police 8

Latest Blogs

10 longest rivers in the world
Others

विश्वका १० सबैभन्दा लामा नदीहरू

  • Aug 03, 2026
  • 52
Major country borders separated by rivers
Others

नदीद्वारा छुट्टाइएको प्रमुख देशको सिमानाहरू

  • Aug 03, 2026
  • 56
Environmental Performance Index (EPI), 2026
Current Affairs

पर्यावरण प्रदर्शन सूचकांक (EPI), २०२६

  • Aug 03, 2026
  • 60
Gandaki Province, Dentistry (Dental Hygienist), 2083/04/14
Past Questions

गण्डकी प्रदेश, डेन्टिष्ट्री (डेन्टल हाइजिनिष्ट), २०८३/०४/१४

  • Aug 02, 2026
  • 87
Gandaki Province, Pharmacy Supervisor, 2083/04/17
Past Questions

गण्डकी प्रदेश, फार्मेसी सुपरभाइजर, २०८३/०४/१७

  • Aug 02, 2026
  • 148
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA