Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

नेपाल स्वास्थ्य सेवा नरसिङ समूह तर्फ लोकसेवाले सोधेको GK प्रश्न २०८१/०३/९

  • Engineering Nepal
  • June 23, 2024
  • 435

नेपाल स्वास्थ्य सेवा नरसिङ समूह तर्फ लोकसेवाले सोधेको GK प्रश्न २०८१/०३/९

नेपाल स्वास्थ्य सेवा नरसिङ समूह तर्फ लोकसेवाले सोधेको GK प्रश्न २०८१/०३/९

१. पानीको संरचना सम्बन्धी सिद्धान्तका प्रतिपादक को हुन्?
a) केल्भिन
b) साइयव लेक
c) हेनरी केभिन डिस
d) एमिल बर्लिनर

२. राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको हिमाली क्षेत्रको जनघनत्व कति रहेको छ?
a) ३२
b) ३३
c) ३४
d) ३५

३. नेपालको सोह्रौँ योजनाको अवधारणा पत्र अनुसार सोच के रहेको छ?
a) सुशासन
b) सामाजिक न्याय
c) समृद्धि
d) माथिका सबै

४. श्री भोगिनी अङ्कित मुद्रा कुन राजाको पालामा तयार भएको थियो?
a) मानदेव
b) अंशु वर्मा
c) नरेन्द्रदेव
d) जयदेव द्वितीय

५. चितवन जिल्लामा अवस्थित ताल तलकामध्ये कुन हो?
a) ठाडादह
b) बुलबुले
c) बीस हजारी
d) मौवा

६. निम्न भनाइहरू अध्ययन गर्नुहोस् र सही विकल्प छान्नुहोस्।
क) प्रत्येक नागरिकले संविधान र कानुनको पालना गर्नुपर्नेछ।
ख) प्रत्येक नागरिकले राज्यले चाहेका बखतमा अनिवार्य सेवा गर्नुपर्नेछ।
a) क र ख दुवै ठिक
b) क ठिक ख बेठिक
c) क बेठिक ख ठिक
d) क र ख दुवै बेठिक

७. नेतृत्वमा देहाएका मध्ये कुन गुणको प्रधानता रहँदैन?
a) रणनीतिक कौशलता
b) अग्रसरता लिइ आदेश गर्नसक्ने
c) नियन्त्रण गर्ने क्षमता
d) निश्चित उमेर पूरा भएको

८. सार्वजनिक वडापत्रमा देखाएको मध्ये के पर्दैन?
a) सेवाको प्रकार परिमाण समय एवं जिम्मेवार व्यक्ति
b) सेवा प्रवाहका लागि समूह
c) कार्य उजुरी गर्ने तथा सुन्ने निकाय
d) सेवा प्रदान गर्ने निकाय वा व्यक्तिको ठेगाना

९. नेपालका सरकारी कार्यालयहरूमा कम्तिमा एकपटक सार्वजनिक सुनवाई कति कति महिनामा गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ?
a) एक
b) दुई
c) तीन
d) चार

१०. शान्ति सुरक्षा रक्षा राजस्व जस्ता विषयको सेवा प्रवाह तलकामध्ये कुन सार्वजनिक सेवा प्रवाह अन्तर्गत पर्दछन्?
a) आकस्मिक
b) कल्याणकारी
c) परम्परागत
d) आधारभूत

११. सरकारी निकायको अन्तिम लेखा परीक्षण गर्ने निकाय तलकामध्ये कुन हो?
a) महालेखा परीक्षकको कार्यालय
b) महालेखा नियन्त्रकको कार्यालय
c) कोष तथा लेखा नियन्त्रक कार्यालय
d) अर्थमन्त्रालय

१२. तलकामध्ये कुन संवैधानिक निकाय होइन?
a) राष्ट्रिय महिला आयोग
b) आदिवासी जनजाति आयोग
c) राष्ट्रिय दलित आयोग
d) राष्ट्रिय सूचना आयोग

१३. निजामती कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी हटाउने अवस्था कुन होइन?
a) राजनीतिमा भाग लिएमा
b) बराबर अनुशासनहीन काम गरेमा
c) आफ्नो पदको जिम्मेवारीको बराबर व्यवस्था गरेमा
d) भ्रष्टाचार गरेमा

१४. निर्वाचन आयोगको सम्पर्क महाशाखाको रूपमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कुन महाशाखाले कार्य गर्दछ?
a) संघीय मामला महाशाखा
b) कर्मचारी प्रशासन महाशाखा
c) योजना तथा विकास सहायता समन्वय महाशाखा
d) स्थानीय तह क्षमता विकास महाशाखा

१५. दिएका भनाइहरूबाट गलत भनाई पत्ता लगाउनुहोस्।
a) चिठीपत्रको दायाँ भागको छेउमा चलानी नम्बर राखिन्छ।
b) टिप्पणी लेख्दा विषयवस्तुसँग सम्बन्धित विषयमा भएका कानुनी व्यवस्था उल्लेख गर्नुपर्दछ।
c) सङ्ग्रहालय अभिलेखालयमा कागजात राख्नु पनि अभिलेख व्यवस्थापन अन्तर्गत पर्दछ।
d) कार्यालयका स्रोत साधनहरूको मितव्ययी रूपले प्रयोग गर्नुपर्दछ।

१६. तनहुँको आबु खैरेनी गाउँपालिका र चीनको साओसान सहरबीच भगिनी सम्बन्ध कहिले कायम भएको हो?
a) २०८१ वैशाख
b) २०८० वैशाख
c) २०८१ जेठ
d) २०८० जेठ

१७. नेपाल र युरोपेली सङ्घ बीच कूटनीतिक सम्बन्ध कहिले कायम भएको?
a) सन् १९७४
b) सन् १९७५
c) सन् १९७६
d) सन् १९७७

१८. नेपाल संयुक्त राष्ट्रसङ्घको कतिऔँ सदस्य राष्ट्र हो?
a) ७०
b) ७१
c) ७२
d) ७३

१९. औषधि र विषादी सम्बन्धी कार्य कुन तहको अधिकारको सूचीमा पर्दछ?
a) संघ
b) प्रदेश
c) संघ र प्रदेश
d) स्थानीय तह

२०. Ebola Virus ले शरीरको कुन अङ्गलाई बढी असर गर्दछ?
a) दिमाग
b) स्नायु
c) मुटु
d) कलेजो

Categories

  • Current Affairs 577
  • Gorkhapatra 302
  • Others 965
  • Vacancy 1
  • Past Questions 69

Latest Blogs

Major theories and proponents of science
Others

विज्ञानका प्रमुख सिद्धान्त र प्रवर्तकहरू

  • Apr 29, 2026
  • 116
Description of the major cultures of science
Others

विज्ञानका प्रमुख Culture हरुको विवरण

  • Apr 29, 2026
  • 115
Nepal's Current Economic Situation, 2083
Current Affairs

नेपालको वर्तमान आर्थिक स्थितिपत्र, २०८३

  • Apr 29, 2026
  • 114
Constitution of Nepal: Important Questions and Answers
Others

नेपालको संविधान: महत्वपूर्ण प्रश्नोत्तर

  • Apr 29, 2026
  • 108
Prime Minister's Cup One-Day National Cricket 2026
Current Affairs

प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२६

  • Apr 29, 2026
  • 92
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA