Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

वैदेशिक रोजगारी,कारण र चुनौतिहरु

  • Prija Shrestha
  • April 29, 2023
  • 973

वैदेशिक रोजगारी,कारण र चुनौतिहरु

वैदेशिक रोजगारी,कारण र चुनौतिहरु

वैदेशिक रोजगारी

कुनै एक देशको श्रमशक्ति अर्को देशमा गई आम्दानी सहितको काममा सहभागि हुनु वैदेशिक रोजगारी हो । यो देशको सीमा पार गरी अन्य मुलुकहरूमा गरिने रोजगारी हो । बैदेशिक रोजगारीबाट प्राप्त आय विप्रेषण (Remitance) हो ।

  • वैदेशिक रोजगार ऐन, २०६४ को दफा २ (क) मा वैदेशिक रोजगार कामदारले विदेशमा पाउने रोजगार सम्झनुपर्दछ भनिएको छ। विकासोन्मुख देशहरूवाट विकाँशत देशहरूतर्फ र गैर औद्योगिक देशहरूबाट औद्योगिक देशहरूतर्फ वैदेशिक रोजगारीको लागि श्रमशक्ति जाने गर्दछन्‌ ।
  • नैपालको संविधानले वैदेशिक रोजगारीबाट आर्जन भएको पुँजी, सीप, प्रविधि र अनुभवलाई स्वदेशमा उत्पादनमुलक लगाउन प्रोत्साहन गर्ने नीति अंगिकार गरेको छ ।

हरेक वर्ष असंख्य नेपाली युवाहरू रोजगारीका लागि बिदेसिनुका कारणहरू

नेपालमा वि. स. २०५० वाट सशस्त्र द्वन्द्व शुरू भएदेखि आजपर्यन्त वैदेशिक रोजगारीमा जानेको संख्या तीव्र रूपमा बढिरहेको छ। सन्‌ २०२३ शुरूवाती तथ्याङक अनुसार प्रतिदिन २००० जनाभन्दा बढी व्यक्ति वैदेशिक रोजगारीमा गइरहेको देखिन्छ । वैदेशिक
रोजगार विभागका अनुसार हाल १७८ वरा मुलुकहरूमा व्यक्तिगत रूपमा र १११ मुलुकहरूमा औपचारिक तवरले नेपालीहरू वैदेशिक रोजगारीको लागि गइरहेका छन्‌ । अनौपचारिक हिस्साले वैदेशिक रोजगारीमा जानेको संख्या झान वेसी रहेको छ । हरेक वर्ष नेपाली युवाहरू रोजगारीका लागि बिदेसिनुका कारणहरू निम्नानुसार छन्‌ ।

क ) विकर्षण गर्ने वा धकेल्ने कारणहरु तत्वहरु (push factors)

  • राजनीतिक परिद्श्यले सिर्जना गरेको वितृष्णा
  • भविष्य अनिश्चित हुने जोखिमको आंकलन
  • रोजगारीका अवसरको कमी र उपलब्ध अवसर पनि कम आकर्षक
  • भ्रष्टाचार, चाकडवाद, प्रणालीविहिनता
  • सामाजिक मनोविज्ञान अर्थात छिमेकौ, साथि, आफन्त गएकोले जाने
  • सरकारी नीति नै बैदेशिक रोजगार प्रवर्दूघन गर्ने
  • असुरक्षा
  • सापेक्ष र निरपेक्ष गरिबी
  • विद्यमान शिक्षा प्रणाली
  • कमजोर शासन

ख )आकर्षण गर्ने वा तान्ने कारणहरु तत्वहरु (pull factors)

  • रोजगार र तलब सुविधाको सुनिश्चितता
  • सम्मानजनक तलब सुविधा
  • उन्नत काम र आधुनिक प्रविधि
  • प्रणालीद्ध शासन व्यवस्था
  • शान्ति सुरक्षा
  • सामाजिक मनोविज्ञान
  • साथीभाइ र पारिवारिक प्रभाव
  • बलियो शासन प्रणाली

विदेशमा नेपालीहरूले सामना गर्नु परेका चुनौतिहरू

  • वैदेशिक रोजगारीमा गएको जनशक्तिमा शारिरिक र मानसीक समस्याहरू देखा परेका छन ।
  • कामदारले सम्झौता बमोजिमको काम र ज्याला नपाउएको,
  • अत्यधिक श्रम लगाइएको
  • वैदेशिक रोजगारीको शिलशिलामा अकालमै मृत्यु हुने गरेको ।
  • पारिवारीक तथा सामाजिक विखन्डन र द्धन्द्ध वढेको छ।
  • विदेशमा नेपालीको सुरक्षा कमजोर रहेको : Gang Fight,Crime हत्या, लुटपाट समेत हुने गरेको ।
  • सामाजिक-सास्कृतिक विकृति एवं विसंगती वढेका ।
  • विदेशीएका कामदारहरू कहिल्यै मातृभूमि फर्कन नसक्ने गरी विदेशी भूमिमा नै अलपत्र परेका छन ।
  • विदेशी मुलुकमा बगाएको पसिनाको स्वदेशमा सही मूल्याकन हुन सकेको छैन ।

अन्त्यमा,

वैदेशिक रोजगारीलाई अन्तर्राष्ट्रिय अस्थायी बसाई सराईके एक रूप मानिन्छ । वैदेशिक रोजगारीका केही अल्पकालीन फाइदा भए पनि यो विकासको दीर्घकालीन स्रोत भने होइन । त्यसैले स्वदेशका युवाहरूलाई स्वदेशमा नै रोजगारीको अवसर दिई स्वदेशी पसिनाको आफ्नै देशमा उपयोग गर्ने सकेमा देशको आर्थिक र सामाजिक अवस्थामा परिवर्तन आउने देखिन्छ ।

Categories

  • Current Affairs 743
  • Gorkhapatra 333
  • Others 1139
  • Vacancy 1
  • Past Questions 123
  • Nepal Police 8

Latest Blogs

Collection of National and International Records (2083 BS)
Current Affairs

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान संगालो (वि.सं. २०८३)

  • Aug 14, 2026
  • 340
Current affair events of Asar 2083
Current Affairs

असार २०८३ का समसामयिक घटनाक्रमहरू

  • Aug 14, 2026
  • 406
World Calligraphy Day, 2026
Current Affairs

विश्व सुलेखन दिवस, २०२६

  • Aug 14, 2026
  • 100
Geographical records of Nepal
Others

नेपालको भौगोलिक कीर्तिमान

  • Aug 14, 2026
  • 124
Deserts of the world
Others

विश्वका मरुभूमिहरु

  • Aug 12, 2026
  • 131
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA